२८ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१र८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घररकोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी… Continue reading एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना
Category: समाचार
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराए । “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड… Continue reading भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात हुने
जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
२८ साउन, म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन् । दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३… Continue reading जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि
२८ साउन, काठमाडौं । किमाथाङ्का । यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल… Continue reading सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि
‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’
२८ साउन, देउखुरी । पंछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले भने,… Continue reading ‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’
पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए
२८ साउन, काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहत्थियार तथा बमको… Continue reading पाकिस्तानमा सशस्त्र आक्रमण, बलोचिस्तानमा ९ सैनिक मारिए
अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु
२८ साउन, काठमाडौं । टेक्सास स्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन… Continue reading अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु
गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा
२८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ । इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ,… Continue reading गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा
कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा
२७ साउन, दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए । सभापति देउवाले भने, “पार्टीका… Continue reading कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा
सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज
२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन… Continue reading सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज
जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण
२७ साउन, धनुषा । जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । गुठी संस्थानले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो । महासङ्घले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले… Continue reading जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण
भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी
२७ साउन, काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । उत्तरकाशीमा जनकबहादुर शाही,… Continue reading भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टी
सुनको मूल्यमा सामान्य गिरावट
२७ साउन, काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३०० ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य… Continue reading सुनको मूल्यमा सामान्य गिरावट
पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै
२७ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ। असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण… Continue reading पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै
दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
२७ साउन, काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ । गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार… Continue reading दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश
२७ साउन, काठमाडौं । कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमबार सार्वजनिक सुरक्षाको चिन्तालाई उद्धृत गर्दै राजधानीबाट दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ । भारत लाखौँ बेवारिसे कुकुरहरूको घर हो र सहरको मिडियाहरूले विशेष गरी बालबालिका र वृद्धहरूमाथि घातक आक्रमणहरूबारे नियमित रूपमा रिपोर्ट गर्छन् । उपलब्ध सबैभन्दा पछिल्लो तथ्याङ्क अर्थात सन् २०१२ को… Continue reading दिल्लीमा बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश
दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी
एजेन्सी२६ साउन, काठमाडौं । दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाँय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्नासम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो । शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा… Continue reading दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी
मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत
एजेन्सी२६ साउन, काठमाडौं । मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अंकले कमी हो। मलेसियाको तथ्यांक विभागले सोमबार प्रकाशित गरेको विवरणअनुसार, यो परिवर्तन देशको श्रम बजारमा देखिएको सकारात्मक प्रगतिलाई संकेत गर्छ। उक्त अवधिमा श्रम शक्तिको संख्या ०.८ प्रतिशतले वृद्धि भई एक करोड ७३ लाख… Continue reading मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते
२६ साउन, बरहथवा । सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा… Continue reading मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते
तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै
२६ साउन, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहँुदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् । पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत… Continue reading तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै
सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत
२६ साउन, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय… Continue reading सुनसरी दुर्घटना अपडेटः मृतक तीनजनाको सनाखत
नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।… Continue reading नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बसमा अचेत भेटिएका वृद्धको मृत्यु
२६ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसबाट… Continue reading बसमा अचेत भेटिएका वृद्धको मृत्यु
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट
२६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो । आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू… Continue reading नेप्से परिसूचकमा २७ अङ्कको गिरावट
अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै
२६ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सन् २०२५ अगस्ट १५ मा अलास्कामा महत्वपूर्ण शिखर सम्मेलनको आयोजना हुन गइरहेको छ । उक्त बैठकमा युक्रेनमा युद्धविरामका सम्भावनाहरू छलफल गरिनेछ । यो सन् २०२१ पछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन… Continue reading अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै
नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु
एजेन्सी२५ साउन, काठमाडौं । नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् । शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा… Continue reading नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु
जनकपुरमा रेल र कार ठोक्किए
२५ साउन, महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१ ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले… Continue reading जनकपुरमा रेल र कार ठोक्किए
महाकालीमा दुई बालिका बेपत्ता
२५ साउन, दोधारा चाँदनी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् । “महाकालीमा नुहाउने क्रममा… Continue reading महाकालीमा दुई बालिका बेपत्ता
गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता
२५ साउन, रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेप्त्ता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच… Continue reading गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता
जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ
२५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए । “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम… Continue reading जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ