जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

२५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए । “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम… Continue reading जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

२५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु… Continue reading ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

२५ साउन, धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका… Continue reading सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

२५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा… Continue reading रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

file

२५ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी… Continue reading कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

२५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका… Continue reading एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

२५ साउन, काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा… Continue reading रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

एजेन्सी२५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट… Continue reading न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराए । प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद… Continue reading प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

२४ साउन, काठमाडौं । “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक ।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा… Continue reading असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

file

लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४… Continue reading पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

नदीले बगाएर एक जना बेपत्ता

file

२४ साउन, दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी… Continue reading नदीले बगाएर एक जना बेपत्ता

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

२३ साउन, नारायणगढ । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले… Continue reading स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

२३ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं… Continue reading तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

२३ साउन, गण्डकी । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले… Continue reading घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

(photo via AP)

एजेन्सी२३ साउन, काठमाडौं । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् । हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ… Continue reading ‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा हुनुहुन्छ र उहाँले तत्काल राजीनामा दिनुपर्छ,” सिनेटर टम कटनले इन्टेललाई पत्र लेखेर कार्यकारी प्रमुख लिप–बु टान र चिनियाँ कम्पनीबीचको सम्बन्धबारे प्रश्न उठाएको बताएको एक दिनपछि ट्रम्पले आफ्नो… Continue reading तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

२३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर… Continue reading समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

२२ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव १६ मा पुगेको छ । कूल दुई करोड ५४ लाख तीन हजार… Continue reading नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

विपक्षी दलले भने : राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ स्वीकार्य छैन

राष्ट्रिय समाचार समिति२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका विपक्षी दलहरुले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बहुदलीय लोकतन्त्रको बर्खिलाप गर्ने उद्देश्यबाट प्रेरित रहेको जनाउँदै उक्त कार्यविधि स्वीकार्य नभएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको सो कार्यविधि सम्बन्धमा साझा धारणा व्यक्त गर्दै उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक… Continue reading विपक्षी दलले भने : राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ स्वीकार्य छैन

शिक्षा विधेयकः उपसमितिको प्रतिवेदनमाथि छलफल सकियो

file

राष्ट्रिय समाचार समिति२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथिको छलफल सकिएको छ । सिंहदरवारमा आज बसेको बैठकमा विधेयकका सम्बन्धमा समिति परामर्श तथा समन्वय उपसमितिको प्रतिवेदनमाथिको छलफल सकिएको हो । विधेयकमाथिको छलफल सकिएसँगै विधेयकसम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको समितिका सभापति अमरबहादुर थापाले जानकारी दिए… Continue reading शिक्षा विधेयकः उपसमितिको प्रतिवेदनमाथि छलफल सकियो

नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

राष्ट्रिय समाचार समिति२२ साउन, काठमाडौं । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमा एक सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए)बीच आज नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक समझदारी पत्रमा… Continue reading नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

राष्ट्रिय समाचार समिति२२ साउन, काँक्रेविहार । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको… Continue reading भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

२२ साउन, म्याग्दी । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । यस साउन १८ र १९ गते काठमाडाँैमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी… Continue reading सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

२२ साउन, गलकोट । यहाँको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन् । तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे । साउदी सरकारले व्यक्तिको विवरण पत्ता लगाउन नसक्दा भएको समस्या केन्द्रले… Continue reading वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

२२ साउन, निजगढ । यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु… Continue reading फलामले लागेर क्रेन अपरेटरको मृत्यु

घानामा हेलिकप्टर दुर्घटना, दुई मन्त्रीसहित ८ जनाको ज्यान गयो

In this image taken from video, people work at the site of a military helicopter crash in Sikaman near Adansi, Ashanti region, Ghana, Wednesday, Aug. 6, 2025. (AP Photo/Hafiz Tijani)

२२ साउन, काठमाडौं । घानामा एक सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । जसमा परी दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । घानाको दक्षिणी असान्ती क्षेत्रमा दुर्घटना भएको खबर छ । दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदको ज्यान गएको छ । हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु… Continue reading घानामा हेलिकप्टर दुर्घटना, दुई मन्त्रीसहित ८ जनाको ज्यान गयो

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

२२ साउन, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको… Continue reading देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

फ्रान्समा भीषण डढेलो : एक जनाको मृत्यु, नौ जना घाइते

This photo provided by the Securite Civile shows an aerial view of the wildfire in a Mediterranean region near the Spanish border, southern France, Tuesday, Aug. 5, 2025. (Securite Civile via AP)

२२ साउन, पेरिस । फ्रान्सको दक्षिणी क्षेत्रमा फैलिएको एक भीषण डढेलोलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रकहरू खटिएका छन् । उक्त आगलागीबाट एक जना नागरिकको ज्यान गएको छ भने नौ जना घाइते भएको पुष्टि गरिएको छ । अड प्रिफेक्चरकी महासचिव लुसी रोएस्चका अनुसार, “डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र हालको मौसमीय अवस्था—खडेरी, तीव्र गर्मी र… Continue reading फ्रान्समा भीषण डढेलो : एक जनाको मृत्यु, नौ जना घाइते

उत्तराखण्डमा पहिरो र बाढीको प्रकोप : यसरी हुँदैछ उद्धार

(photo via AP)

२२ साउन, काठमाडौं । हिमालय क्षेत्रमा आएको विनाशकारी बाढीपछि हराइरहेका कैयौं व्यक्तिहरूको खोजीका लागि भारतीय सेनाले बुधबार तालिमप्राप्त कुकुर, मानवरहित यन्त्र, ठूला मेसिन र उद्धार टोली परिचालन गरेको छ । उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा हिजो परेको ठूलो पहिरो र बाढीका कारण कम्तीमा चार जनाको ज्यान गएको र ५० जना भन्दा बढी अझै सम्पर्कविहीन… Continue reading उत्तराखण्डमा पहिरो र बाढीको प्रकोप : यसरी हुँदैछ उद्धार