काठमाडौँ, १ फागुन, स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको… Continue reading इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
Category: समाचार
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
म्याग्दी, १ फागुन । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ… Continue reading एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
रासस१ फागुन, दैलेख : यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ… Continue reading दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै
काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले सभाको अधिवेशनको अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।… Continue reading राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै
विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
काठमाडौँ, २९ माघः विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो । उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न… Continue reading विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
ट्याक्टरको रोटाभेटरमा परी दुई बालिकाको मृत्यु
जलेश्वर (महोत्तरी), २९ माघः महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा गाउँमा आज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ ।आज दिउँसो रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । ज१त ९७८२ नम्बरको… Continue reading ट्याक्टरको रोटाभेटरमा परी दुई बालिकाको मृत्यु
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौँ, २९ माघ । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधिमण्डलले भेट गरेका छन् । सो समारोहमा सहभागी हुन आएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्गेल तथा माल्दिभ्सका… Continue reading प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
मध्यविन्दु (नवलपरासी), २९ माघः नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले… Continue reading नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
चक्कु प्रहार गरेर किशोरको हत्या
दैलेख, २९ माघः दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा सङ्लग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको… Continue reading चक्कु प्रहार गरेर किशोरको हत्या
प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा… Continue reading प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन
सोलुखुम्बु, २९ माघः प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन् । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले… Continue reading सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन
कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन
२९ माघ, काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी… Continue reading कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन
फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो
मनिला, २९माघ (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा मा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्नुका साथै २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) ले बुधबार जनाएको छ । विभिन्न पक्षसँगको प्रमाणिकरणको आधारमा, एमभी त्रिशा केस्र्टिन–३ डुङ्गामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि भएको पीसीजीले उल्लेख गरेको छ, जसले डुङ्गा डुब्ने घटनाको… Continue reading फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो
अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित
न्यूयोर्क,२९ माघ (रासस–एपी) । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि… Continue reading अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित
दबाबबीच इरानमा क्रान्ति दिवस
दुबई, २९ माघ (रासस–एपी) । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने सङ्केत गरेका छन् । इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।… Continue reading दबाबबीच इरानमा क्रान्ति दिवस
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
ढाका, २९ माघ (रासस–एएनआई) । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले ले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ । स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४०… Continue reading निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय
श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजायकोलम्बो, २९ माघ (रासस–सिन्ह्वा) । श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालिन सांसद अमराकिर्थी अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ । हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि… Continue reading श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, २९ माघः आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसङ्घको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज,… Continue reading हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, २९ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
काठमाडौँ, २९ माघः नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताएका हुन् । आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै… Continue reading क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै
२९ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ ।समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको… Continue reading विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् ।… Continue reading निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली
काठमाडौँ, २८ माघः संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुडदल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली आज मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।… Continue reading दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली
विद्युतीय सवारीको भाडादर घटाउने तयारी
काठमाडौँ, २८ माघः यातायात व्यवस्था विभागले विद्युतीय सवारी ९इभी०को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ । हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा इभी बसको सञ्चालन… Continue reading विद्युतीय सवारीको भाडादर घटाउने तयारी
देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने
गण्डकी, २८ माघ (रासस) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गरेका छन् । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरे । सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर… Continue reading देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने
हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि
काठमाडौँ, २८ माघः आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव’ त्रिशूली नदीमा आयोजना हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज ९नारा० ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र… Continue reading हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि
यस वर्ष रासायनिक मल कम आयात हुने
काठमाडौँ, २८ माघ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयात गर्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो । सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार… Continue reading यस वर्ष रासायनिक मल कम आयात हुने
निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन
काठमाडौँ, २८ माघ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना… Continue reading निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
ढोरपाटन (बागलुङ), २८ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताएका छन् । आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताए । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको… Continue reading वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा
वासिङ्टन, २८ माघ (रासस–एपी) । संयुक्त राज्य अमेरिकाले प्रतिबन्धित तेल ढुवानी गर्ने जहाज नियन्त्रणमा लिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका अनुसार यो जहाजलाई कारिबियन समुद्रमा ट्र्याक गरी बोर्डिङ गरिएको हो । जहाजले प्रतिबन्ध पालना नगरेको आशङ्का गरिएको थियो र यसलाई नियन्त्रणमा लिनु आवश्यक देखियो । अमेरिकी अधिकारीहरूले जहाजले हाल कुनै तेल नबोकेको… Continue reading समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा