निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल… Continue reading निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ । लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको… Continue reading पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १… Continue reading राष्ट्रिय सभामा प्रस्तुत हुँदै अध्यादेश

प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत १४ पुसमा सहकारीसम्बन्धी केही… Continue reading प्रतिनिधि सभाबाट स्वीकृत भए पाँच अध्यादेश

नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक… Continue reading नयाँ बजेट बनाउन अर्थले थाल्यो मन्त्रालयगत छलफल

पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी… Continue reading पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा… Continue reading प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

काठमाडौं । आधिकारिक कागजात बिना नै अमेरिकामा रहेका ८ नेपाली निष्कासनमा परेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको छ । सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय… Continue reading अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो

प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची… Continue reading प्रतिनिधि सभा बैठकमा आज ५ अध्यादेश अगाडी बढाईंदै

कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

काठमाडौं । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै… Continue reading कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

अर्थ मन्त्रालयले दियो पौने ४ अर्ब रुपैयाँ बराबर निकासा

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्। जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका… Continue reading अर्थ मन्त्रालयले दियो पौने ४ अर्ब रुपैयाँ बराबर निकासा

ग्यास उद्योगी र सरकारबीच के भयो सहमति ?

file

काठमाडौं । ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकले पाँच बुँदे सहमति गरेको हो। सरकार र ग्यास उद्योगीबीच सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगम र उद्योग संघबीच प्रतिसिलिण्डर… Continue reading ग्यास उद्योगी र सरकारबीच के भयो सहमति ?

थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु थाई एयरवेजको उडान नं.… Continue reading थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित काठमाडौं विमानस्थलबाट २ जना पक्राउ

खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

काठमाडौं । खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं… Continue reading खैरो हेरोइनसहित चार जना कलंकीबाट पक्राउ

अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने समेत अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो । युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने… Continue reading अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, भयो जलमग्न

काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् । वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट,… Continue reading थापाथलीमा फुट्यो मेलम्चीको पाइप, भयो जलमग्न

नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही… Continue reading नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँग बाझाबाझ भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत गएका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र जेलेन्स्कीबीच भएको भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ । ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।… Continue reading युक्रेनका रास्ट्रपति बेलायत पुगे, सैन्य सहायतामा सम्झौता

ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा

काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन… Continue reading ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा

सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।   राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको… Continue reading सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का

आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन समिति गठन

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्… Continue reading आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन समिति गठन

म्यानमारमा अलपत्र दुई नेपाली युवाको उद्धार

file Photo: AFP

काठमाडौं । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यान्मारको मेवाडीबाट उद्धार गरेर स्वदेश फिर्ता पठाएको हो । ती युवा बैङ्ककमा आकर्षक रोजगारी र कमाइ हुने प्रलोभनमा परेर तीन महिनापहिला त्यहाँ पुगेको पाइएको… Continue reading म्यानमारमा अलपत्र दुई नेपाली युवाको उद्धार

थाइल्याण्डमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु… Continue reading थाइल्याण्डमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै

काठमाडौं । दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा… Continue reading रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै

इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन… Continue reading इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । नेपाल २–० गोलले पराजित भएको हो । यससँगै १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको… Continue reading अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुगेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा… Continue reading राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । “पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने, पीडित पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए । दक्षिणी कान्दाहारमा… Continue reading अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु

राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी हुँदैछन् । दिवसमा सहभागी हुन बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा पुग्ने तालिका छ । त्यस्तै राष्ट्रपति पौडेल पशुपतिको दर्शन गर्न पनि जानेछन् । महाशिवरात्रिको अवसरमा उनी पशुपति दर्शनका लागि जान लागेका हुन्। उनी साढे ४ बजे पशुपति जाने तालिका छ ।… Continue reading राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै

महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने

काठमाडौं । महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार(प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि… Continue reading महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने