८ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम… Continue reading मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी
Category: समाचार
संसद बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार, नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा… Continue reading संसद बैठक बस्दै, के छन् एजेण्डा ?
चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
८ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा… Continue reading चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट
७ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र… Continue reading १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट
अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती
७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई… Continue reading अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती
पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले
७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् । आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस… Continue reading पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले
प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्
७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा… Continue reading प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्
काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो
७ साउन, काठमाडौं । माल्दिभ्समा भएरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कांस्य जितेको छ । मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गरेको हो । लिग चरणमका हेल्प नेपाल तेस्रो र पोर्ट अथुरिटी चौथो नै भएको थियो । यही दुई… Continue reading काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो
यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान
७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बिहान सातै प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको साढेपानीमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै टीकापुरमा १९.६ मिलिमिटर वर्षा मापन भएको… Continue reading यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान
पाथिभरामा बनाइयो घण्टी गेट
७ साउन, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार… Continue reading पाथिभरामा बनाइयो घण्टी गेट
संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन्… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय
७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए । दुई दिनसम्म चलेको चलेको केन्द्रीय कमिटी बैठकको समापनमा मध्यराती बोल्ने क्रममा अध्यक्ष ओलीले… Continue reading एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय
फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार
६ साउन, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो। उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर… Continue reading फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार
हनी ट्र्यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ
६ साउन, काठमाडौं । ‘हनी ट्र्याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् । नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् । उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी०… Continue reading हनी ट्र्यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ
नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ
६ साउन, काठमाडौं । नेटवर्किङ बिजनेसको आडमा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । बेरोजगार युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला… Continue reading नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ
रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्मा अवरोध नगरिदिनुस्
६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आग्रह गरेका छन् । मंगलबार दिउँसो सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान… Continue reading रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्मा अवरोध नगरिदिनुस्
बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो
६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम… Continue reading बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो
चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु
६ साउन, काठमाडौं । जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका(११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका १ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।… Continue reading चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु
आज ४३औं बीपी स्मृति दिवस मनाइँदै
६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४… Continue reading आज ४३औं बीपी स्मृति दिवस मनाइँदै
करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
६ साउन, किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर… Continue reading करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी
६ साउन, चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् ।… Continue reading चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी
लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो
६ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०–८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।गत आर्थिक वर्ष २०८१–८२ भएका तीन हजार ४७९ सवारी… Continue reading लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो
तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
५ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए । तिलमाया गए रातिदेखि… Continue reading तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको… Continue reading अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या
५ साउन, महेन्द्रनगर । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।… Continue reading जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या
नेप्से परिसूचक २१ अङ्कले बढ्यो
५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ । आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब… Continue reading नेप्से परिसूचक २१ अङ्कले बढ्यो
पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु
५ साउन, भरतपुर । नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो । उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए ।… Continue reading पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु
एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने
५ साउन, काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष… Continue reading एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने
एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन
५ साउन, गोरखा । गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए । आव २०८०–८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।… Continue reading एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन
कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट
५ साउन, काँक्रेविहार । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १०… Continue reading कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट