रविलाई पुनः हिरासतमा लिइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो । काठमाडौं जिल्ला अदालतबाट उनलाई प्रहरीले लगेको हो । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जनाएको छ । सोमबार पुनः अदालत पेस… Continue reading रविलाई पुनः हिरासतमा लिइयो

नाइजेरियामा डाकाहरुको आक्रमणमा कम्तिमा २१ सरकारी लडाकु मारिए

file

काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् । कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए। “दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु… Continue reading नाइजेरियामा डाकाहरुको आक्रमणमा कम्तिमा २१ सरकारी लडाकु मारिए

समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु

काठमाडौं । स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ । स्पेनको क्यानरी टापुमा उद्धारकर्मीहरूले लान्जारोट टापुको नजिक ६० जना मानिससहितको डुङ्गा फेला पारेका थिए, जसमा १४ महिला र चार बालबालिका थिए। पछिल्लो समय अफ्रिकी मुलुकबाट यूरोप छिर्नेहरुको ठूलो ताँती देखिन्छ ।

वनमा वेथिति : ७ करोडको काठ कार्यालयमा कुहिँदै

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ। लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए। दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी… Continue reading वनमा वेथिति : ७ करोडको काठ कार्यालयमा कुहिँदै

नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्था थपिएका छन् । स्रोतका अनुसार पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा छैन वा… Continue reading नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

आज नेपालमा मौसम बदली, केही स्थानमा पानी पर्न सक्ने

काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने… Continue reading आज नेपालमा मौसम बदली, केही स्थानमा पानी पर्न सक्ने

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

Venezuelan President Nicolas Maduro salutes supporters on his inauguration day for a third term at Miraflores presidential palace in Caracas, Venezuela, Jan. 10, 2025. (AP Photo/Cristian Hernandez)

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो । मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको… Continue reading अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेको छ । लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण… Continue reading भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक… Continue reading राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

गैरआवासीय नेपालीले नेपालमा बस्न अब १० वर्ष सम्म नि:शूल्क भिसा पाउने

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् । सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो… Continue reading गैरआवासीय नेपालीले नेपालमा बस्न अब १० वर्ष सम्म नि:शूल्क भिसा पाउने

नेपाल–भारत संयुक्त व्यापार मञ्चको बैठक सम्पन्न, के भयो सहमति ?

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा लगानी र व्यापारमा दुवै देशले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा… Continue reading नेपाल–भारत संयुक्त व्यापार मञ्चको बैठक सम्पन्न, के भयो सहमति ?

गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ । जसमा गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिएको हो गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको… Continue reading गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् । समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको… Continue reading पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

विपिनको रिहाईमा पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह

काठमाडौं । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त… Continue reading विपिनको रिहाईमा पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

मूल्यवृद्धि १४ महिनायताकै उच्च

काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ को… Continue reading मूल्यवृद्धि १४ महिनायताकै उच्च

दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । इभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ ।… Continue reading दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

१ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ… Continue reading १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

BBC

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । २७ पुसमा पृथ्वी जयन्ती पर्छ । पूर्वराजा… Continue reading पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने आज काठमाडौं जिल्ला अदालतमा… Continue reading रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको… Continue reading अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ । समितिको निर्णयमा… Continue reading निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने… Continue reading धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत… Continue reading कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

रविले आजै बुझाए धरौटी

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख,… Continue reading रविले आजै बुझाए धरौटी

रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५… Continue reading रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा… Continue reading अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही… Continue reading रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२-०५१ प ७६३५… Continue reading मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर… Continue reading दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर