काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२… Continue reading सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ
Category: समाचार
रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी… Continue reading रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने
नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
काठमाडौं । नेपाल पहिलोपटक १९ वर्ष मुनिको महिला विश्वकपमा प्रवेश गरेको छ । बुधबार निर्णायक खेलमा युएइलाई हराउदै नेपाल पहिलोपटक यु १९ विश्वकप पुगेको हो । युएइले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि सना प्रविनले सर्वाधिक ३५ रन बनाइन । विश्वकप आगामी वर्ष… Continue reading नेपाल पहिलो पटक यु-१९ महिला विश्वकप प्रवेश
नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगेको हो । फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि… Continue reading नेपाली फूटबल टोली आज ताजिकिस्तानसँग भिड्दै
विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ… Continue reading विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र यूएई भिड्दै
ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित
काठमाडौं । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ । सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी… Continue reading ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित
जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्रलाई २० हजार रुपैयाँ र कम्प्युटर अपरेटर विकास पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने… Continue reading जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ
उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको… Continue reading उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै
कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलले नेपालका एजेन्डा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । ‘हिमालको… Continue reading कोप सम्मेलनमा राष्ट्रपतिको सम्बोधन, हिमाल बचाउन आह्वान
रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो… Continue reading रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने
दीपक मनाङ्गे कारागार चलान
काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सानो भर्याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार पक्राउ गरेको हो । मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइयो ।… Continue reading दीपक मनाङ्गे कारागार चलान
चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी घुसाएका थिए । अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी… Continue reading चीनमा भीडमा कार गुडाइयो, कम्तिमा ४३ जनाको मृत्यु
कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान
काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् । योसँगै कतार… Continue reading कतार एयरवेजले थाल्यो भैरहवामा नियमित उडान
आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै
काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात्… Continue reading आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै
अरब देशले गरे इजरायलको निन्दा
काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलको ‘नरसंहार’बारे निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार सम्पन्न अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिए । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् । सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट,… Continue reading अरब देशले गरे इजरायलको निन्दा
कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?
काठमाडौं । बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी… Continue reading कोप सम्मेलन सुरु, नेपालका एजेण्डा के ?
ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।… Continue reading ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक
श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने
काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने… Continue reading श्रम स्वीकृति भएका नेपाली भारत हुँदै तेस्रो मुलुक जाँदा एनओसी नचाहिने
यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष… Continue reading यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने
अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । द वासिङ्टन पोस्टमा प्रकाशित समाचारका अनुसार आफ्नो चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो स्टेटबाट फोनमार्फत कुराकानी गर्दै उक्त कुरा राखेका हुन्। ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, “हामी राष्ट्रपति… Continue reading अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?
काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । शहरी योजना आयोगका सहायक विज्ञ… Continue reading काठमाडौं महानगरले ११ हजार विद्यार्थीबाट खेलाडी छान्ने
यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण
काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने… Continue reading यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण
लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए
काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त… Continue reading लेवनानमा इजरायली आक्रमण, कम्तिमा २३ जना मारिए
रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख… Continue reading रुस र युक्रेनबीच ड्रोन हमला बढ्यो
टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय
काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता उठाउने निर्णय गरेको छ । ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आयोगकै प्रतिवेदनले… Continue reading टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय
हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली
काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी… Continue reading हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँझ अजरबैजान प्रस्थान गरेका छन् । उनी अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप(२९) मा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ… Continue reading राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक… Continue reading कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरि कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको छ । उनिमाथी सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान… Continue reading रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति
मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनिमाथि मानव तस्करीको आरोप लागेको छ । उनलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न… Continue reading मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ