अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

File

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ । पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको… Continue reading अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

रास्वपा केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने छ । काग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा… Continue reading रास्वपा केन्द्रिय समिति बैठक बस्दै

उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

Agency

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ । कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ… Continue reading उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै… Continue reading प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दावि गरेका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला… Continue reading केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

काठमाडौं । नेकपा एमालेले बुधबारसम्म राजीनामा दिई मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो । एमालेले कांग्रेससँग भएको सहमति अनुसार… Continue reading बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

बढ्यो नूनको मूल्य

काठमाडौं । सरकारले नुनको मूल्य वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक… Continue reading बढ्यो नूनको मूल्य

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्ने भन्दै हेर्दाहेर्दैमा राख्ने… Continue reading सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक… Continue reading एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई… Continue reading कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार मध्यरातमा नेपाल कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाइएको हो । कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ । हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा सहमतिको हस्ताक्षर भएको छ । उनीहरुबीचमा… Continue reading कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।… Continue reading आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

काठमाडौं । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६ बजेतिर माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी… Continue reading रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको हो । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको छ । समझदारीलाई अन्तिम रुप… Continue reading एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सममति बनेको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने सहमति जुटेको नेताहरुले बताएका छन् । संविधानको धारा ७६ (२) अन्तर्गतबाटै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेको… Continue reading संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो… Continue reading कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई… Continue reading रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे । सोमबार… Continue reading के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा… Continue reading ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक

रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका ३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई… Continue reading रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई… Continue reading नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर ,… Continue reading रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा… Continue reading श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता

नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले… Continue reading नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’

काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी भएको छ । २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी… Continue reading ३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’

‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेकोमा चित्त दुखाएका छन् । आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीले यसमा पुनर्विचार गर्न आग्रह गरे । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको उद्घाटन समारोहमा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा… Continue reading ‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’

रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म र मृत्युबीचको संस्कार तथा शुभकार्य, जात्रा, पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेय पदार्थ (अयला, ठोँ) लाई… Continue reading रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन

काठमाडौं । प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन् । गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आइतबार भएको छलफलमा उनीहरुले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञा आदिका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको धारणा राखेका हुन् । आयोग बनेपछि पनि… Continue reading मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन

रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो । जसमा २४० भन्दा बढी… Continue reading रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

एसईईको पुरक परीक्षा २३ साउनबाट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो । ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका… Continue reading एसईईको पुरक परीक्षा २३ साउनबाट