काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी भए । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो… Continue reading विश्व बैंकको नेपालमा आयोजित आइडीए बैठक सम्पन्न
Category: समाचार
कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउन पहल थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले यही विषयमा उच्चस्तरीय छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे सुझाव लिएका हुन् । छलफलमा… Continue reading दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्रीको पहल
जेठसम्म साढे १४ खर्ब बराबरको आयात
काठमाडौं । नेपालमा जेठ महिनासम्म १४ खबए ५३अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । एक महिनामा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । वैशाख मसान्तसम्म १३ खर्ब ३… Continue reading जेठसम्म साढे १४ खर्ब बराबरको आयात
सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । कांग्रेस निकट पूर्वमुख्यसचिव रेग्मी एमालेको जोडबलमा राजदूत भएका हुन् । मुख्य… Continue reading सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे
साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
काठमाडौं । साउदी अरेवियाा भिषण गर्मीका कारण कम्तिमा ५६२ हजयात्रुको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अधिक गर्मी र सेवा सुविधाको कमीले हजयात्रुको ज्यान गएको हो । यसले प्रशासनको चर्को आलोचना भएको छ । कतिपय सञ्चारमाध्यमले मर्नेको संख्या १ हजार माथि पुगेको समेत बताएका छन् । यसरी मारिनेमा अधिकांश इजिप्टका हजयात्रु छन् । पाकिस्तान… Continue reading साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै
काठमाडौं । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड… Continue reading आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र वाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… Continue reading यस्तो रहनेछ आजको मौसम
इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा
काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १–० ले हराएकाृे छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।… Continue reading इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा
कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्यो। ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए ।… Continue reading कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात
उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।… Continue reading उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
आइतबारसम्म देशैभर मनसुन
काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो ।… Continue reading आइतबारसम्म देशैभर मनसुन
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८–८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ ।… Continue reading २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा
काठमाडौं । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र परेका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा छन् । नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आएका तनहुँका… Continue reading नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा
‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै नेपाल ल्याउँछौं’
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो । फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय… Continue reading ‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो छिट्टै नेपाल ल्याउँछौं’
पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण… Continue reading पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा
सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग… Continue reading सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’
आज कस्तो रहनेछ नेपालको मौसम ?
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका… Continue reading आज कस्तो रहनेछ नेपालको मौसम ?
भारतमा बाढी, कम्तिमा ३१ जना मारिए
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । भारतीय सञ्चारमध्यमका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण… Continue reading भारतमा बाढी, कम्तिमा ३१ जना मारिए
मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध
काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही… Continue reading मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध
यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो
काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा… Continue reading यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो
दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो
काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू–१९ क्रिकेट खेलेका थिए… Continue reading दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो
जर्मनी यूरोकपको अन्तिम १६ मा
काठमाडौं । आयोजक जर्मनी लगातार दोस्रो खेल जित्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं… Continue reading जर्मनी यूरोकपको अन्तिम १६ मा
किम र पुटिनबीच के भयो सहमति ?
काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त… Continue reading किम र पुटिनबीच के भयो सहमति ?
मेलम्ची शुक्रबारबाट बन्द हुँदै
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको… Continue reading मेलम्ची शुक्रबारबाट बन्द हुँदै
प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीसहित उच्च प्रहरी अधिकृतले गरे योग अभ्यास
काठमाडौं । नेपाल प्रहरीले १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर योगाभ्यास कार्यक्रमको आयोजना गरेको छ । शिविरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले योग अभ्यास गरेका छन् । यद्यपी अन्तर्राष्ट्रिय योग दिवस जुन २१ मा मनाइँदैछ । पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा आज प्रहरी प्रधान कार्यालयमा भएको योगाभ्यास कार्यक्रममा… Continue reading प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीसहित उच्च प्रहरी अधिकृतले गरे योग अभ्यास
‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्नेकुराको सरकारसँग जवाफ माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’ ‘राज्यले… Continue reading ‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?
स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार विहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेको हो। राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री… Continue reading स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत
‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित
काठमाडौं । न्यूरोडका व्यापारीहरू सवारी निषेधित क्षेत्र (नो भेहिकल जोन)को विरोधमा आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने तयारी थालेपछि न्यूरोड क्षेत्रका व्यवसायीहरू बुधबार सडक प्रदर्शनमा उत्रिएका हुन् । व्यवसायीहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘प्राचिन व्यापारिक थलो मास्न पाइँदैन’, ‘से टु भेहिकल फ्री न्यूरोड’, ‘सवारी… Continue reading ‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित
उत्तर कोरियाको राजधानी पुगे पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन