आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको छ । आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा धेरै हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा… Continue reading आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

यूरोकपमा जर्मनीको सानदार सुरुवात

काठमाडौं । आयोजक जर्मनीले युरो–२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले हराउन सफल भयो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जमाल मुसिएलाले… Continue reading यूरोकपमा जर्मनीको सानदार सुरुवात

दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले हारेको छ । योसँगै नेपालको सुपर ८ यात्रा रोकिएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन हाने । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले… Continue reading दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल

बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ। नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो। नेपाललाई विश्वकपको दोस्रो चरणमा… Continue reading बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या

काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।… Continue reading बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या

‘फ्लोर क्रस’ गर्ने देवकोटामाथि माओवादीको कारबाही

काठमाडौं । फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेकपा (माओवादी केन्द्र)का सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन्। गण्डकी प्रदेश सभाको शुक्रबार अपराह्न ४ बजे बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले सांसद देवकोटालाई कारबाही गरिएको सम्बन्धी जानकारी गराएका छन्। माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरिएको पत्र शुक्रबार नै प्रदेश… Continue reading ‘फ्लोर क्रस’ गर्ने देवकोटामाथि माओवादीको कारबाही

सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ । ई–गेट पास प्रणाली लागूभए सँगै सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन्… Continue reading सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक… Continue reading असार ३ गते सार्वजनिक बिदा

सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा –११ थानाभर्‍याङमा ४०० केभी हेटौडा सबस्टेसन निर्माण कार्य… Continue reading सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन

दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार वडा नम्बर ३ की अञ्जली बेस्रा छोराहरू ८ वर्षीय विशाल र २ वर्षीय आयुष बेस्रासहित मृत फेला परेकी हुन् । आमा झुन्डिएको अवस्थामा भेटिएकी छन् भने छोराहरु ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। घरभित्र बान्तासमेत गरेको देखिएकाले… Continue reading दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला

पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ

काठमाडौं । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा… Continue reading पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ

कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा… Continue reading कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो(२०२४ शुक्रबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्ने छन्, आयोजक जर्मनी र स्कटल्यान्ड । एलिनाज एरेनामा हुने खेलसँगै एक महिना लामो प्रतियोगिता सुरु हुनेछ । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । साविक विजेता इटली र स्पेन एकै समूहमा परेका… Continue reading यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै

ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

file

काठमाडौं । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । गाउँपालिका अध्यक्ष… Continue reading ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित… Continue reading रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयले भाडामा दिएका सटरमा ताला नलगाउन अन्तिरिम आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले महानगरलाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बलजफ्ती बन्द गर्ने/गराउने कार्य नगर्न आदेश दिएको हो । महानगरको सामुदायिक विद्यालयका सटरहरू धमाधम बन्द गर्न थालेपछि मंगलबार तुलसीप्रसाद अगस्तीले उच्च अदालतका… Continue reading विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी गरिएको हो । गत २४ जेठको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि… Continue reading यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । राष्ट्रपतिको सचिवका… Continue reading राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित

काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र… Continue reading नेपालमा चर्को गर्मीले जनजिवन प्रभावित

पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल०, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको… Continue reading पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

Vehicles are parked next to a building damaged following a deadly fire, in Mangaf, southern Kuwait, June 12, 2024. REUTERS/Stringer

काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन्… Continue reading कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते

Vehicles are parked next to a building damaged following a deadly fire, in Mangaf, southern Kuwait, June 12, 2024. REUTERS/Stringer

काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र… Continue reading कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते

सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो। पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना… Continue reading सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका… Continue reading विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ

श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका… Continue reading श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

काठमाडौं । असार १ गतेदेखि भदौ मसान्त (३ महिना)सम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो । वर्षायाममा सडक खन्दा तत्कालै मर्मत… Continue reading अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने

काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक

काठमाडौं । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। गत जेठ ८ गते महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा ६१ वर्षीय मानबहादुर बल… Continue reading काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो… Continue reading पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते

यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय… Continue reading यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत