६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६… Continue reading ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा… Continue reading सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र… Continue reading काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ । हालै सम्पन्न लोकसभा चुनावमा मोदी… Continue reading भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

मोदीले गरे नेहरुसँग बराबरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी

भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जारी छ । १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् । नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ । नेपालले विश्वकप खेलेको… Continue reading विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद

काठमाडौं । टी-२० विश्वकपका लागि नेपाली टीमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

file

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने देखिएको छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण… Continue reading यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका… Continue reading खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १… Continue reading विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस… Continue reading क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने… Continue reading ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय… Continue reading गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले महारनगरलाई क्षतिपूर्ति भराउनेगरी न्यूरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ। महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको… Continue reading सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै आलोचना गरेका हुन् । उनले भनेका छन् ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।’ यस्तो छ बालेनको स्ट्याटस झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र… Continue reading बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो । गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी… Continue reading निर्देशक सुदर्शन थापा पक्राउ

श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी… Continue reading आज कस्तो रहनेछ मौसम ?

विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा वेस्ट इण्डिजले विजयी सुरूवात गरेको छ। गतराति भएको खेलमा वेस्ट इण्डिजले पपुवा न्युगिनीलाई पाँच विकेटले पराजित गर्दै विश्वकपममा विजयी सुरुवात गरेको हो। पपुवा न्युगिनीले दिएको १३७ रनको लक्ष्य वेस्ट इण्डिजले ५ विकेट गुमाएर ६ बल बाँकी छँदै पूरा गर्‍यो। त्यस क्रममा रोष्टन चेस ४२ रन बनाएर नट आउट रहे। उनले… Continue reading विश्वकप क्रिकेट : वेस्ड इन्डिजको विजयी सुरुवात

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

काठमाडौं । नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा पुगेको छ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी प्रतियोगिताको फाइनल पुगेको हो । ढाकामा आइतबार भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९.५ ले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त… Continue reading बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुग्यो नेपाल

सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो । पूर्वमुख्यमन्त्री… Continue reading सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

जेल फर्किए केजरीवाल

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । २१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन… Continue reading जेल फर्किए केजरीवाल

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उलंघन गरेबापत कुनै पनि नागरिकलाई सडकमा खटाउन नपाउने गरी सरकारलाई कारण सोध्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो। कृष्ण बिकसमेत ७ जनाले संविधानले… Continue reading ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउन नपाइने

‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने बताएका हुन् । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद… Continue reading ‘मन्त्रीको मौखिक निर्देशनका भरमा नागरिकलाई सडकमा उभ्याउने कानूनमा कहाँ छ’ ?

पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

काठमाडौं । पर्यटक आवगमनमा उत्साह कायमै रहेको छ । सन् २०२४ को पहिलो ५ महिनामा औसतमा १ लाख बढी पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २११ पर्यटक… Continue reading पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३. ०४ विन्दुमा पुगेको हो । यसदिन ३२५ कम्पनीको ४ अर्ब ३१ करोड १० लाख १५ हजार २२९ रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच भएको छ । आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर… Continue reading आज कस्तो रहनेछ मौसम ?

मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर… Continue reading मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् ।… Continue reading भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा