काठमाडौं । सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। पछिल्लो समय मणिपाल ९पोखरा, माडी ९चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी… Continue reading सरकार र चिकित्सकबीच सहमति
Category: समाचार
बाढीले जिप बगाउँदा तीन जना वेपत्ता
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका… Continue reading बाढीले जिप बगाउँदा तीन जना वेपत्ता
खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा
काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात्… Continue reading अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा
प्रधानमन्त्री स्वदेश फर्किदैं
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । उनी स्वदेश प्रस्थान गरेका छन् । असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले… Continue reading प्रधानमन्त्री स्वदेश फर्किदैं
एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम… Continue reading एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
आजबाट सुरु भयो सोह्र श्राद्ध
काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण,… Continue reading आजबाट सुरु भयो सोह्र श्राद्ध
पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु
पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो । महानगरले बसपार्कमा बनेका हरेक संरचनाहरू काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गर्दै आएको… Continue reading पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
सरकार र राहतका शिक्षकबीच सहमति,आन्दोलन फिर्ता
काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए ।सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित… Continue reading सरकार र राहतका शिक्षकबीच सहमति,आन्दोलन फिर्ता
नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या
काठमाडौं । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता ९जिटुजी० मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल… Continue reading नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या
एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा… Continue reading एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन
झापामा एक युवकको विभत्स हत्या
काठमाडौं । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतलार्ई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखा पत्रले लेखेको छ । रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको… Continue reading झापामा एक युवकको विभत्स हत्या
एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो। समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले… Continue reading एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश
तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका छन्। उनीसँग तीनमन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव लगायत अधिकारी छन्। दाहाल नेतृत्वको जम्बो टोली चिनियाँ अधिकारीसँग द्विपक्षीय भेटवार्ताको तालिका सकिएपछि मंगलबारदेखि घुमघाममा रमाइरहेको छ। असोज… Continue reading तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन
जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्थे । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत… Continue reading जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन
दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक
काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ । रोक लगाइएकामा गोर्खा आयुर्वेद, गोरखाबाट उत्पादित पुनर्नवादी मण्डूरको ब्याच नम्बर ०५ र भारतको डाबर इन्डिया लिमिटेडको मकरध्वज वटीको ब्याच नम्बर एसबी ००१६४ छन् । उक्त, बनावट भएका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागले बुझाउन… Continue reading दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक
भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण
काठमाडौं । हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यू रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो । नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५… Continue reading भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण
काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो… Continue reading काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा
गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले अब कार्यालय सुरु हुनु भन्दा अगाडी अब १५ मिनेट योगा गर्नु पर्ने भएको छ । बुधबार आफ्ना कर्मचारीलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न गृहले परिपत्र गरेको हो । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट… Continue reading गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन
अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच ४ बुँदे सहमति भएसँगै अभियान्ता ईःको आन्दोलन फिर्ता भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ईःले आन्दोलन स्थगित गरेका छन् । सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन… Continue reading अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता
ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ई: लाई सम्बोधन गर्दै ७ बुँदे धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा ‘पत्र’को शैलीमा सन्देश लेख्दै बालेनले सडक तथा फुटपाथमा व्यवसाय गर्न दिने वा त्यस्ता व्यवसायीको व्यवस्थापन गर्ने अधिकार महानगरसँग नभएको बताएका छन्। बालेन र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउँदै राष्ट्रिय सभागृहबाहिर अभियन्ता ई: लगायत ९… Continue reading ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा
उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं । पछिल्ला केही दिनयता डेंगु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन् । हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०,… Continue reading उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे । प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड ल्हासामा
प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् । सिचुवन एयरलाइन्स मार्फत ल्हासा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रधानमन्त्रीको… Continue reading प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै
बारामा गोली प्रहारबाट एक जनाको मृत्यु
काठमाडौं । बारामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ। पचरौता नगरपालिका ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो। नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी… Continue reading बारामा गोली प्रहारबाट एक जनाको मृत्यु
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै
काठमाडौं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा… Continue reading आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै
प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन
डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने
काठमाडौं । गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार… Continue reading डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने
जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिवद्धता पालना गर्नुपर्ने बताएका छन् ।उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् । एसियाली पूर्वाधार लगानी बैंकको… Continue reading जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री