इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्… Continue reading इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर
Category: समाचार
सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी… Continue reading सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११… Continue reading नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । इलाम-२ र बझाङ १ (१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तापश्चता आजै साँझ नै मनोनयन सूची प्रकाशन… Continue reading उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
आइपीएल : चेन्नईको लगातार दोस्रो हार
काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१,… Continue reading आइपीएल : चेन्नईको लगातार दोस्रो हार
राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व… Continue reading राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई
सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त
काठमाडौं । सुनसरी प्रशासनले दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ । बिहीबार एसइईको परीक्षा हुँदै गर्दा सुनसरीको हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा भएको कुटपिटपछि दुई समूहबीच तनाव उत्पन्न भएको… Continue reading सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा, भुटाहा तनावग्रस्त
बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्। गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त… Continue reading बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन
गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र… Continue reading गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित
काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा १७ बलमा ३… Continue reading आइपीएल : गुजरातमाथि पञ्जावको प्रभावशाली जित
भारतमा बरोडा र नेपाली टीम बीच आज खेल
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले… Continue reading भारतमा बरोडा र नेपाली टीम बीच आज खेल
नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल
काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम… Continue reading नेपाल ए र आयरल्याण्ड ए बीच आज खेल
आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् । सचिवहरू तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको सुझाव सुनेपछि अर्थमन्त्री पुनले… Continue reading आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल
‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट
काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य चार- पाँच जना रिहा भएको प्रहरीले बताएका छन् । आइन्दा त्यस्तो… Continue reading ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट
कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह
काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले इलाम क्षेत्र नम्बर-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री… Continue reading कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा खड्का बझाङमा सिंह
गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा
काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले… Continue reading गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा
चितवनमा भाले गैडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले… Continue reading चितवनमा भाले गैडा मृत फेला
दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर… Continue reading दिल्लीविरुद्ध कोलकाताको प्रभावशाली जित
एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई… Continue reading एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य
ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?
काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी… Continue reading ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?
भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको… Continue reading भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा
साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला
काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे । अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि… Continue reading साझाको पेट्रोल पम्प २४ सै घण्टा खुला
पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन
काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने… Continue reading पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन
सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति
काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो । सरकारको सो निर्णय विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सपना प्रधान मल्लको संयुक्त इजलासले सयातायात व्यवसायीको पक्षमा फैसला सुनाएको हो… Continue reading सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने भए… Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु
काठमाडौं । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको… Continue reading इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु
कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक… Continue reading कर्णाली प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल
काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल
नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।… Continue reading नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य
लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए… Continue reading लगानी आकर्षित गर्न एक दर्जन कानून संशोधन गरिने