आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक… Continue reading आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

पोखरामा सुरु हुँदै सावर बन्जी

काठमाडौं । पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु गर्ने भएको छ । बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले… Continue reading पोखरामा सुरु हुँदै सावर बन्जी

भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक मंगलवार बिहान भएको दुर्घटनामा सात नेपालीसहित ७ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। मृतक… Continue reading भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी केन्द्रित शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम भएको छ । मंगलबार दिउँसो ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

काठमाडौं । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ । राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले… Continue reading राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए… Continue reading राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै… Continue reading बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो… Continue reading डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै… Continue reading सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी–२० खेलका लागि काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी–२० खेल खेल्न नेपाल आउने बताएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुने भएको छ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले… Continue reading टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

नेशनल मेडिकल कलेजमा छापा, एमडी सहित दुई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ पर्नेमा पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।

डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् । आगलागीमा परि गम्भीर घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । गम्भीर घाइते भएकाहरुको… Continue reading डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । केही दिनअघि वर्षाले सफा भएको काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो । सोमबार बिहान १२ बजेको रेकर्डअनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६५ रहेको छ । सूचीको पहिलो… Continue reading काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त ऋण प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । यस्तै, सरकारले… Continue reading साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

काठमाडौं । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले… Continue reading प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त भएका छन् । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणलाई ध्यानमा राखी नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको हो । इस्टविकले लामो समय वेस्ट इन्डिजको सियिनर टोलीमा रहेर काम गरेका छन् । ‘‘नेपालको राष्ट्रिय… Continue reading वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

Gorakhapatra

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार)… Continue reading कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी हुन् । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको समेत प्रहरीले जानकारी दिएको छ । जाहेरी आएपछि… Continue reading एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौं । अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । आइतबार एक सूचना प्रेसित गर्दै सूचीकृत नभएका शिक्षण संस्थाहरूलाई प्रचलित… Continue reading अनुमति नलिएका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा मन्त्रालयको आह्वान

मुटुरोग विशेषज्ञ डा.ओममूर्तिले पुस्तक बिक्रीको रकम विद्यार्थीलाई दिने

काठमाडौं । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। ‘डा ओम फाउण्डेशन’ द्वारा आइतबार जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा… Continue reading मुटुरोग विशेषज्ञ डा.ओममूर्तिले पुस्तक बिक्रीको रकम विद्यार्थीलाई दिने

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । नेपाली… Continue reading गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टी २० प्रतियोगिताअन्तर्गत आज उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो । शुक्रबार सम्पन्न चौथो… Continue reading फ्रेण्डसिप कप उपाधी भिडन्त आज, नेपाल र गुजरात भिड्दै

गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

काठमाडौं । गाजाँसँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा… Continue reading गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का… Continue reading धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ४२ बलमा… Continue reading राजस्थानको लगातार चौथो जित, बेंग्लोर हार्यो

नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो ।… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल

इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा… Continue reading इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका… Continue reading इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्… Continue reading इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर