ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

काठमाडौं । सरकारको म्यादसम्बन्धी निर्णयप्रति निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारी निर्णयले वास्तविक म्याद थप नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । असार २१ मा राजपत्रमा प्रकाशित म्याद थपसम्बन्धी आदेशले निर्माण उद्योगलाई थप अस्थिर बनाउने महासंघको दाबी छ । काम गरेको रकमसमेत सरकारले भुक्तानी दिन नसकेर उल्टै निर्माण व्यवसायीलाई अन्याय हुने गरी म्याद थपको प्रावधान ल्याइएको… Continue reading ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

file

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ… Continue reading भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

REUTERS\BBC

काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्। क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने… Continue reading युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

RSS

काठमाडौं । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भू-भागतर्फ… Continue reading आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

बहालवाला सचिव परे सिआइबीको फन्दामा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनलाई जोगाएको थियो । भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्नता पुष्टि… Continue reading बहालवाला सचिव परे सिआइबीको फन्दामा

काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। पक्राउ पर्नेहरुमा रामेछाप, लिखु गाउँपालिका- १ स्थायी घर भई काठमाडौं, हाँडी गाउँ बस्ने ३२ वर्षीय दमाई, धरान- ८ घर भई काठमाडौं, चाबहिल बस्ने… Continue reading काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ

नयाँ बानेश्वर पूर्णरूपमा धूमपान निषेधित क्षेत्र

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भोलिदेखि ‘स्मोकिङ जोन’ छुट्याइएका ठाउँहरू बाहेक अन्य क्षेत्रमा धूमपान गर्न निषेध गरिएको छ । निषेधित क्षेत्रमा चुरोट, सुर्ती तथा कुनैपनि सुर्तीजन्य पदार्थ खान र फाल्न पाइने छैन । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, छक्कुबक्कु मन्दिर संरक्षण समिति, हाम्रो बानेश्वर, वडा नम्बर ३० का स्थानीय, नयाँ मार्ग टोल विकास समिति… Continue reading नयाँ बानेश्वर पूर्णरूपमा धूमपान निषेधित क्षेत्र

नक्कली भुटानी शरणार्थी प्रकरण:आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ। राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । त्यही निवेदनमाथि… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरण:आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।

संसदको अवरोध हटाउन तीन दलबीच सहमति, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अवरोध हुँदै आएको संसद सुचारु गर्न सहमति भएको छ । सिंहदरबारमा भएको छलफलमा तीन दलबीच सहमति जुटेको हो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमति भएको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै… Continue reading संसदको अवरोध हटाउन तीन दलबीच सहमति, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

अधिकांश स्थानमा आज पनि भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई… Continue reading अधिकांश स्थानमा आज पनि भारी वर्षा

नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

file

काठमाडौं । नारायणघाट-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए। यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका ६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा… Continue reading नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

काठमाडौं । सुडानमा हवाई हमला भएको छ । जसमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक… Continue reading सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ शनिबार चीन प्रस्थान गरेका हुन् । उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् । कार्यक्रममा विश्व… Continue reading राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६–६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘सामान्यतया यो मोर्चाको ६–६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि… Continue reading समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने

काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट… Continue reading भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने

रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने

file

काठमाडौं । नेपाल(चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको गुनासो बढेपछि रसुवा जिल्लाबाट… Continue reading रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलंकामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पूनरागमन गरेका छन् । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी बाहिरिएका छन् । क्यानडामा आयोजना… Continue reading इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।… Continue reading कस्तो रहनेछ आजको मौसम ?

असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने

काठमाडौं । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो… Continue reading असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने

मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मनहरी गाउँपालिका ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको… Continue reading मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि उनले अनुरोध गरे । बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले यस्तो अनुरोध गरेको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले निर्देशिका… Continue reading एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री

घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट… Continue reading घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका मालिक एलन मस्कले केही दिनअघि सार्वजनिक भएको थ्रेड्स एप माथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । आफ्ना पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाएको आरोपमा एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो । ट्वीटरको प्रतिनिधित्व गर्ने वकिल एलेक्स स्पिरोले बुधबार मेटाका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र पठाएको… Continue reading जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् । दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जिपिए ल्याएर उत्तीर्ण भए । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा… Continue reading पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त, एमालेले गर्‍यो बहिष्कार

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद… Continue reading कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त, एमालेले गर्‍यो बहिष्कार

एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा १५ वर्षीया किशोरीलाई प्रवेश गराएरको आरोपमा रुदिललाई पक्राउ गरिएको हो । यसअघि सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल मादक पदार्थ खुवाई ती बालिकालाई ललितपुर पुर्‍याएर बलात्कार… Continue reading एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले… Continue reading ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य

file

काठमाडौं । राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना ल्याएको छ । यस अनुसार वार्षिक १ लाखका दरले बेरोजगारी घट्नु पर्छ । अहिले देशैभर ९ लाख बेरोजगार रहेको अनुमान छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत… Continue reading वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य

मनसुनले देशैभर वर्षाको सम्भावना

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली… Continue reading मनसुनले देशैभर वर्षाको सम्भावना