काठमाडौं महानगरले भन्यो -‘कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को प्रावधान अनुरुप अनिवार्य पठनपाठन गर्न गराउन आग्रह गर्दै महानगरका सबै विद्यालयले नेपालभाषा अध्यापन गर्ने शिक्षकको… Continue reading काठमाडौं महानगरले भन्यो -‘कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउनू’

गर्मीसँगै बागमती नदीमा दुर्गन्ध बढ्यो, आसपासका बासिन्दालाई सास्ती

काठमाडौं । बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने बागमती नदीमा दुर्गन्ध बढ्न थालेको छ । गर्मी सुरुभएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीय बताउँछन् । दुर्गन्धका कारण बागमती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र बागमती नदीको दोभान छ… Continue reading गर्मीसँगै बागमती नदीमा दुर्गन्ध बढ्यो, आसपासका बासिन्दालाई सास्ती

‘रास्वपा नागरिकता विधेयकको विपक्षमा छैन, गलत बाटोबाट गएकाले विरोध गरेका हौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए । ‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ’ रविले भने,… Continue reading ‘रास्वपा नागरिकता विधेयकको विपक्षमा छैन, गलत बाटोबाट गएकाले विरोध गरेका हौं’

मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका हुन् । उनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएका छन् । शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो… Continue reading मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ… Continue reading कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका… Continue reading लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ । नेपाली टोली अघिल्लो… Continue reading नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

१ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

File

काठमाडौं । सरकारले असार १ गतेदेखि दुई महिनाका लागि सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न… Continue reading १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको… Continue reading अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

हरेक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने, कम्तीमा १० वर्ष लाग्ने

काठमाडौं । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा… Continue reading हरेक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने, कम्तीमा १० वर्ष लाग्ने

अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गरिन् । ‘अब त अर्को वर्ष तपाईंले सासमा पनि कर लगाउनु हुन्छ… Continue reading अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

काठमाडौं महानगरको निर्देशन-‘एसईईको नतिजा नआएसम्म भर्नासम्बन्धी प्रक्रिया नथाल्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा) १० को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन परिपत्र गरेको छ। महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयलाई परिपत्र जारी गर्दै कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न/नगराउन अनुरोध गरेको हो। शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशित गरेको भन्ने उजुरीका सम्बन्धमा… Continue reading काठमाडौं महानगरको निर्देशन-‘एसईईको नतिजा नआएसम्म भर्नासम्बन्धी प्रक्रिया नथाल्नू’

बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर शाह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट-२०२३ मा… Continue reading बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किएको छ । यसबाट हजारौं मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्तिमा पनि ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि… Continue reading युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं… Continue reading असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

काठमाडौं । चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो । दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग निरश… Continue reading ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।… Continue reading सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । तत्काललाई यो व्यवस्था खारेज भएको एमालेका पदाधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले… Continue reading एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास, ५ जना पक्राउ

काठमाडौं । दाङमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये २ जना १६ वर्ष मुनिका नाबालक छन्। बाँकी ३ जनामा दाङको गढवा गाउँपालिका–६ बस्ने १८ वर्षीय दिसान अहमद, गढवा–५ का २० वर्षीय सोहोल भनिने सहले खान र कपिलवस्तुको शिवराज नगरपालिका–११ मैतहवा घर भइ गढवा–६ बस्ने ३०… Continue reading १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास, ५ जना पक्राउ

कोशीबाट बाहिरियो माओवादी, कार्की नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । गएको पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले)का कार्कीलाई अब… Continue reading कोशीबाट बाहिरियो माओवादी, कार्की नेतृत्वको सरकार अल्पमतमा

अर्थमन्त्रीको स्पष्टीकरण-‘आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको हो’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् । स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उनले बताए । उनले त्यहाँ रामकृष्ण… Continue reading अर्थमन्त्रीको स्पष्टीकरण-‘आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको हो’

एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

एजेन्सी । एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट – एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ। रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१… Continue reading एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गरे । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री… Continue reading छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

‘ प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखाउन चिज नै नभएको दाबी गरेका हुन् । ‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर… Continue reading ‘ प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन्’

‘बंगलादेश जाने बाटो सट्टापट्टाको विषय होइन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले भने, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन… Continue reading ‘बंगलादेश जाने बाटो सट्टापट्टाको विषय होइन’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताए । नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै… Continue reading प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली

एमालेलाई प्रधानमन्त्रीको प्रश्न- तपाईंले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयकको बचाउ गरेका छन् । सदनमा नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि सहमतिमै भएका निर्णय कार्यान्वायन गर्ने क्रममा प्रतिपक्षीले अनावश्यक बखेडा झिकेको तर्क गरे ।उनले भने, ‘नागरिकताको विषयलाई ढंगले अनावश्यक रुपमा विवादित बनाउनु जनताले कसरी बुझ्ने र तपाई हामीले के गरी… Continue reading एमालेलाई प्रधानमन्त्रीको प्रश्न- तपाईंले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक ?

‘कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

काठमाडौं । प्रधानन्त्रधी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ‘बंगलादेश मोडल’ अपनाउन सकिन्छ भनेर नबोलेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले विज्ञले यस्ता सुझाव पनि राखेका छन् मात्र भनेको भन्दै त्यसलाई नै अतिरञ्जित नबनाउन आग्रह गरे । ‘कालापानीबारे मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेको छैन प्रष्ट होस्। मैले नेपालको भूमि नेपालकै हुनुपर्छ… Continue reading ‘कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ७६० वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ ।

तराई भेगमा बढ्न थाल्यो तातो हावा

काठमाडौं । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा… Continue reading तराई भेगमा बढ्न थाल्यो तातो हावा