कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

काठमाडौं । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको… Continue reading कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान… Continue reading हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

कोप-२८ किन महत्वपूर्ण छ ?

काठमाडौं । संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने दुबईमा भेला भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनमा नेपालको नेतृत्व गर्दै छन्। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप-२८ वा २८औँ विश्व जलवायु सम्मेलन हुन लागेको हो।… Continue reading कोप-२८ किन महत्वपूर्ण छ ?

मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा ८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो। सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली… Continue reading मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको… Continue reading विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ… Continue reading ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो । सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले… Continue reading नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

काठमाडौं । मलेसियन कम्पनी आजियाटाले नेपाल छाड्दैछ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताइएको छ । सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले… Continue reading एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

टोपबहादुरसहित ९ जनालाई पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीप धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने… Continue reading टोपबहादुरसहित ९ जनालाई पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीप धरौटीमा छाड्न आदेश

रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो । मन्त्रालयका सह–सचिव राजिव पोखरेलले… Continue reading रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

काठमाडौं । ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइटको औपचारिक उद्घाटन भएको छ । विहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरेको हुन् । महानगरपालिकाले ‘ललितपुर स्र्माट स्ट्रिट लाईट परियोजना’ अन्तर्गत दोस्रो चरणमा १ हजार ४१२ वटा स्मार्ट स्ट्रिट लाइट… Continue reading ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

निगमले घटायो पेट्रोल र डिजलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर,… Continue reading निगमले घटायो पेट्रोल र डिजलको मूल्य

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै… Continue reading एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

गाजामा कहालीलाग्दो भोकमरी

REUTERS

काठमाडौं । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजरायल र हमासबिच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ । पछिल्लो समय… Continue reading गाजामा कहालीलाग्दो भोकमरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी… Continue reading इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाका… Continue reading कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका… Continue reading विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो । यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।… Continue reading रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने… Continue reading टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य… Continue reading धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो… Continue reading काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा… Continue reading प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम… Continue reading रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

प्रधानमन्त्री आज यूएई जाँदै

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै… Continue reading प्रधानमन्त्री आज यूएई जाँदै

उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

काठमाडौं । उत्तराखण्डको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ। उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको… Continue reading उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको बताइएको छ ।उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार… Continue reading डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए… Continue reading एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

देशभरका कारागारमा योग शिविर संचालन गरिने

काठमाडौं । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई,… Continue reading देशभरका कारागारमा योग शिविर संचालन गरिने

प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो

काठमाडौं । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर ठिमी स्थित घरमा फिर्ता पठाइएको हो । आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश अनुसार तीनवटै गाडी फर्काइएको प्रहरीले जनाएको छ । गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र… Continue reading प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो