काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०-१३२-३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा… Continue reading कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो
Category: समाचार
नेपालमा हिँउदे वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम… Continue reading नेपालमा हिँउदे वर्षाको सम्भावना
वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ
काठमाडौं । रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।‘त्यहाँबाट ३ जना… Continue reading वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ
देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी… Continue reading देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज विशेष अदालत काठमाडौंमा रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्रनारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरी, वडा नं. ३ का तत्कालीन वडा… Continue reading रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु
काठमाडौं । काठमाडौंमा बटुवा आफैले बटम थिचेर सडक बत्ति बाल्ने प्रणाली जडान थालिएको छ । पहिलो चरणमा बबरमहलमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । अब बटुवा आफैँले बटन थिचेर सवारी साधनका लागि रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रणाली जडान गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडि जेब्राक्रसमा पोलमा राखिएको बटन थिच्दा… Continue reading काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु
हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात
काठमाडौं । इजरायल र हमासबीचको युद्ध बिरामको तेस्रो दिनसम्म प्यालेस्टाइनी समूह हमासले ५४ बन्धक मुक्त गरेको छ। आइतबार हमासले थप १३ बन्धकलाई मुक्त गरेको छ । शनिबार १७ र शुक्रबार २४ बन्धक छाडिएको थियो । उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाई… Continue reading हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात
योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर… Continue reading योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार
दुर्गा प्रसाईंले फिर्ता लिए सर्वोच्चमा हालेको रिट
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो । राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमाम… Continue reading दुर्गा प्रसाईंले फिर्ता लिए सर्वोच्चमा हालेको रिट
काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक छलफल पछि सर्वसम्मतले… Continue reading काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित
काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु
काठमाडौं । सूर्यविनायकरत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क(सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन्… Continue reading काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु
उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या
काठमाडौं । भारतको उत्तरकाशीमा एक निर्माणाधिन सुरुंग भत्किएपछि ४१ जना मजदुर फसेको १५ दिन बितेको छ । भारतीय सेनाले उनीहरुको उद्दारका लागि निरन्तर काम गरिरहेको छ । तर, अझै सफलता हात परेको छैन । भारतीय सञ्चारमाध्यमहरुका अनुसार १५ दिनसम्म पनि मजदुर सुरुंग भित्र सकुसल छन् । उनीहरुलाई निकाल्ने क्रममा वैकल्पिक स्थानबाट जमिन ड्रिल गरिएको छ… Continue reading उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या
युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक
काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन प्यालेस्टाइन र इजरायलका तर्फबाट ५६ कैदी\बन्धक छुटेका छन् । हमासले १७ बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको हो । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि… Continue reading युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक
हमासले रिहा गरेका २४ बन्धक को हुन् ?
काठमाडौं । हमासले १३ इजरेली ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। हमासले चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन। कतारले मध्यस्थता गरेको सहमतिपछि इजरेल र हमासबीच चारदिने सङ्घर्षविराम सुरु भएको… Continue reading हमासले रिहा गरेका २४ बन्धक को हुन् ?
गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा… Continue reading गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस
उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको… Continue reading उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु
टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री डा. महतले भने, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट… Continue reading टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि
हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट
काठमाडौं । हङकङका नेपाली युवाले बनाएको फिल्म बोजू हङकङकै फिल्म फेस्टिभल अल अबाउट अस फिल्म फेस्टिभल २०२३ मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । फिल्ममा नाती र हजुरआमा (बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन्… Continue reading हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट
हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै
काठमाडौं । हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन पहिलो चरणमा हिजो २४… Continue reading हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै
बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।… Continue reading बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु
साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
काठमाडौं । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका १३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए… Continue reading साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली
काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे । पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र… Continue reading मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली
ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा… Continue reading ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर
जाजरकोट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको थियो भने ३४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक… Continue reading भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर
श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिने २ जना विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रीमानले नै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि रामेछापको मन्थली नगरपालिका वडा नं।३ का तत्कालीन वडा सचिव… Continue reading श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिने २ जना विरुद्ध मुद्दा दायर
इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु
काठमाडौं । इजरायल र हमासबीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ। दोहास्थित विदेश मन्त्रालयका एक प्रवक्ताले मानवीय सहायताको आपूर्ति चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताएका छन्। हमास र इजरायलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले मध्यस्थता गरेको… Continue reading इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु
उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा मौसम आंशिकरुपमा बदली भएको हो ।… Continue reading उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते
काठमाडौं । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छ जनाको काठमाडौँ… Continue reading दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते
चार महिनामा १२ अर्बको विद्युत निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात… Continue reading चार महिनामा १२ अर्बको विद्युत निर्यात
निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने
काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले… Continue reading निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने