Category: समाचार

  • स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

    स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

    काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका थिए ।

    त्यही बेला भीडबाट आक्रमण भयो । पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । उनको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।

  • कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

    कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

    काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ।

    राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुको गुनासो छ।

  • दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

    दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

    काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो ।

    भारतबाट फूपूको घरमा आएका दाजुभाइको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । रासस

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

    बुधबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

    कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

    काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ ।

    महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ। हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे।

    राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए।

  • सन्दीपको मुद्दामा आज आउला फैसला ?

    सन्दीपको मुद्दामा आज आउला फैसला ?

    काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार समेत सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको थियो । तर सुनुवाइ सकिएको थिएन ।

    सुनुवाइ बुधबार समेत हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।

  • लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

    लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

    काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४ र क्विन्टन डी ककले १२ रन बनाए । दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक–एक विकेट लिए । दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ । यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।

  • काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

    काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए। उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको बताए।

    उनले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए।बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरूरी रहेको बताए। उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो। जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन। हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौं। राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरून्।’

    सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ। यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्। बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्।

  • नीति तथा कार्यक्रम : ‘प्रधानमन्त्री छोरी’ आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने

    नीति तथा कार्यक्रम : ‘प्रधानमन्त्री छोरी’ आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

    नीति तथा कार्यक्रममा बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखनलगायतका छुवाछूत, लागूपदार्थ दुर्व्यसन, छाउपडी, दाइजोजस्ता सामाजिक विकृति अन्त्य गरिने उल्लेख छ ।

  • हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ

    हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ । ‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ । अघिल्लो वर्षको सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएको थियो । जनयुद्ध शब्दले माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई सम्झाउने गर्थ्यो । एमाले र रास्वपा प्रवेश गरेपछि सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटेको छ भने ‘सशस्त्र संघर्ष’ शब्दावलीले प्रवेश गरेको छ ।

  • इतिहासकार ज्ञानमणि नेपालको निधन

    इतिहासकार ज्ञानमणि नेपालको निधन

    काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।

  • कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

    कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् । महोत्सव तीन दिनसम्म आयोजना हुने छ ।

    नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको छ । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को) ले नेपालको राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ का रूपमा गत कात्तिकमा सूचीकृत गरिसकेको छ । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक सदस्य हो ।

    कान्स नगरका नगर प्रमुख लिसनार्डले बालेनलाई पठाएको निम्तो पत्रमा यस चलचित्र महोत्सवले फिल्मको दुई रचनात्मक सहर काठमाडौँ र कान्सलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मे १४ देखि २५ सम्म आयोजना हुने यस चलचित्र महोत्सवमा नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड र नेपाली भाषाको फिल्म ‘तारा ः अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएको जनाइएको छ । उक्त महोत्सवमा नेपालबाट कुनै चलचित्र छनोट भएको छैन ।

  • भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

    भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाका कारण ठूलो धनमाल क्षति भएको छ । गएराति भएको यो घटनामा कम्तिमा चार जना मारिएको विवरण आएको छ । ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।
    घटनास्थलमा राति अबेरसम्म उद्धार र राहतको काम भएको बीबीसी हिन्दीले जनाएको छ । भाजपाका पूर्व सांसद किरिट सोमैयाले खसेको होर्डिङ बोर्ड अवैध रहेको भन्दै यसलाई हटाउन आफूले अस्ति आइतवार मात्रै आदेश दिएको बताएका छन् । दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । बेमौसमी वर्षा र हावाहुरीका कारण मुम्बईबाट उडान अवतरण पनि प्रभावित भएको थियो भने मेट्रो पनि केही समय बन्द गर्नु परेको थियो ।

  • गुजरात र कलकाताको खेलमा वर्षा बाधक

    गुजरात र कलकाताको खेलमा वर्षा बाधक

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको प्लेअफ सम्भावना समाप्त भएको छ । घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे ।

    यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ । यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

    यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।

  • संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

    संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

    काठमाडौं । संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सक्रियता कायम राखेका छन् । उनले नेपाली कांग्रेसका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । उनले मंगलबार बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।

    सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ ।

    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त आज बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ । त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन् ।सोमबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेसँग पनि छलफल गरेका थिए ।

    छलफलमा लामिछानेले आफूमाथि लागेको आरोपबारे एक पटक संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए । एमाले अध्यक्ष ओलीले भने कांग्रेसको माग अनुसार व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने बताएका थिए । ओलीको अडान सुनेपछि कांग्रेस संसदीय दलको बैठकपछि फेरि छलफल गर्ने गरी नेताहरु उठेका थिए ।

  • नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

    नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । अपरान्ह बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ ।

    संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

    सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ । संसदमा कांग्रेसको अवरोध जारी छ । सोहीकारण नीति तथा कार्यक्रम के हुने भन्ने अन्यौल जारी छ ।

  • स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

    स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् ।

  • १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

    १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब ७४ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो । यो वर्ष कुल ३ सय ७ उद्योग दर्ता भएको तथ्यांकमा छ ।

    गत वर्ष २ सय १९ मात्र उद्योग दर्ता भएका थिए । यस वर्ष वैशाखमा मात्र ३८ उद्योग दर्ता भएका छन् । जसमार्फत ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबर वैदेशिक लगानी स्वीकृत भएको छ । तथ्यांक अनुसार सरकारले गरेको लगानी सम्मेलनको प्रभाव एफडीआईमा समेत देखिएको छ ।

    पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल स्वीकृत एफडीआई ४ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार यस वर्ष १० महिनामा साना उद्योगमा बढी लगानी केन्द्रित भएको देखिएको छ । वैशाखसम्म २ सय ९० साना उद्योगमा लगानी आएको छ ।

    १३ मध्यम खालका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको छ । ठूला चार उद्योगमा मात्र एफडीआई स्वीकृत भएको छ । वैशाखमा मात्र स्वीकृत एफडीआईमध्ये साना उद्योगमा ३७ र एक ठूलो उद्योगमा लगानी स्वीकृत भएको तथ्यांकमा छ ।

    यस वर्ष वैशाखसम्म आएको एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । पर्यटनमा १ सय ४४ एफडीआई स्वीकृत भएको छ । जुन कुल उद्योगमा ४७ प्रतिशत हो । सेवा क्षेत्रमा १ सय ३ उद्योग दर्ता छन् । जसको हिस्सा ३४ प्रतिशत छ । उत्पादनमा ३४ उद्योग दर्ता छन् । जसको हिस्सा ११ प्रतिशत छ । सूचना प्रविधिमा ९ उद्योग दर्ता छन् । यो ३ प्रतिशत हिस्सा हो ।

    यसबाहेक कृषिमा ७, पूर्वाधारमा ७, खानीमा २ र ऊर्जामा एक उद्योगले एफडीआई स्वीकृत गराएको विभागको तथ्यांक छ । यस वर्ष वैशाखसम्म झन्डै २ हजार विदेशी नागरिकले नेपालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा पाएका छन् । तथ्यांक अनुसार वैशाखसम्म १ हजार ८ सय ९६ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् ।

  • अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ

    अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ

    काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट,जुवा ३६५जस्ता अनलाइन बेटिङ वेभसाइटको प्रयोग गरी सट्टेबाजी जुवा खेलाइ दुई करोड बढी रकम कारोबार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

    यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी बिनान्सबाट २ खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

  • संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ। संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे तय गरिएको छ। संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।

    समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरू भएको थियो। सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने बताएपछि पहिलो दिनको बैठक नै अवरूद्ध हुन पुग्यो।

    संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष राजी भएको छैन। यसैबीच सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। संसद्को गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुगिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन्।

  • डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

    डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

    काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका २ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिएका छन् ।

    मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए।

  • नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

    काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् ।

    यो पुल ४ सय २० मिटर लामो हुनेछ । १२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिलेको रहेको पुलभन्दा उत्तरतर्फ रहनेछ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ ।

    नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवातजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो । तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गर्ने हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ बर्ष भित्र सक्ने सम्झौता भए पनि एक बर्षको समय गुज्रिसकेको छ ।

    ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

  • गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश

    गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश

    काठमाडौं । इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाएको छ । उसले हजारौँ प्यालेस्टिनीलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल–मवासीतिर जान भनेको हो । अल–मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई विस्तृत मानवीय क्षेत्र भनेको छ । रफाहमा केही दिनअघिसम्म स्थानीय बासिन्दा तथा विस्थापित मानिसहरूको घुँइचो लाग्ने गरेका सडकहरू अहिले निर्जन देखिएका छन् ।

    संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले रफाहमा इजरेलले गर्न लागेको स्थल कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले त्यहाँ हुने लडाइँले ठूलो सङ्ख्यामा सर्वसाधारण मानिस हताहत हुन सक्ने र मानवीय सङ्कट निम्तिन सक्ने चेतावनी दिँदै आएका छन्। यद्यपि इजरेल रफाहमा स्थल कारबाही गर्न दृढ देखिन्छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले हमासले इजरेली बन्धकहरूलाई छोडेको भोलिपल्टै युद्धविराम गर्न सम्भव हुने बताएका छन्।

    इजरेलले रफाहबाट प्यालेस्टिनीहरूलाई ठाउँ छाड्न आदेश दिनुभन्दा केही घण्टाअघि अमेरिकाको विदेश मन्त्रालयले इजरेलले गाजा युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै आफूले उपलब्ध गराएका हतियारहरू प्रयोग गरेको हुन सक्ने जनाएको थियो।

    शनिवार रफाहको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरूमा देखिन्छ। समाचारसंस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इजिप्टसँगको सीमानजिकै हवाई आक्रमण भएको जनाएको छ। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समा लेख्दै अघिल्लो दिन इजरेली सैनिकहरूले रफाहमा हमाससँग आमुन्नेसामुन्ने भएर लडाइँ गरेको जानकारी दिएको छ।

  • मधेश प्रदेशमा एमाले र माओवादीका ८ मन्त्रीले दिए राजिनामा

    मधेश प्रदेशमा एमाले र माओवादीका ८ मन्त्रीले दिए राजिनामा

    काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका छन्। दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै एमालेका छ र माओवादी केन्द्रका दुई गरेर आठ मन्त्रीले आइतबार राजीनामा दिएका छन्। एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

    त्यस लगत्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार जयसवाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्रालयका राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका हुन् ।

  • अमेरिका लैजाने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीन जना पक्राउ

    अमेरिका लैजाने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीन जना पक्राउ

    काठमाडौं । अमेरिका लैजाने भन्दै केन्यामा पुर्‍याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । मुख्य योजनाकार भनिएका जगतबहादुर तामाङ सहितका तीन जना भारतमा पक्राउ परेका हुन् । उनीहरूलाई नेपाल ल्याउन लागिएको अपराध अनुसन्धान कार्यालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।


    जगतबहादुर तामाङको समूहले अमेरिका लैजाने भनेर केन्या पुर्‍याएका थिए । ६ देखि ९ महिनासम्म बन्धक बनाएपछि नेपाल फर्किएका पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले टाशी शेर्पासहित ३ जनालाई केही दिनअघि मात्र पक्राउ गरेको थियो ।

  • राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

    राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएका हुन् ।

    ‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    डा. नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयप्रति असहमति जनाए पछि विवादमा आएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो ।

  • ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

    ९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

    द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

  • कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

    कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

    काठमाडौं । कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।

    कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । ओपनर भने चल्न सकेनन् । मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुईरदुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एकरएक विकेट लिए ।

    १५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए । कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुईरदुई तथा सुनिल नारायणले एक विकेट लिए ।

    यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ । एक खेल खेल्न बाँकी रहेको मुम्बइ भने ८ अंकमा सीमित छ ।

  • काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या

    काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको जानकारी दिए ।

    घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

    पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

    काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा छनोट भएका छन् । प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ । उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।

    प्रिन्सले पछिल्लो पटक चिनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । जहाँ उनी छनोट चरण पार गर्दै मुख्य राउन्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए । उनले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए । प्रिन्स ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एकसम्म पुग्दै कीर्तिमान बनाएका थिए । ब्याडमिन्टन खेलको लागि यो एउटा ऐतिहासिक सफलता हो ।

    प्रिन्सले आफ्नो लागि यो सपना पूरा भएको बताए । ‘एकदमै खुशी लागिराछ । सपना पुरा हुँदैछ । अझै धेरै गर्नु बाँकी छ’, उनले भने । प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ओलम्पिक कमिटी र नेपाल ब्याडमिन्ट संघले छिटै आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसको आधिकारिक घोषणा भने १२ दिनमा हुनेछ ।