Category: समाचार

  • कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

    कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

    काठमाडौं । प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विधेयक फिर्ता लिने प्रस्ताव सदनमा पेस गरेका थिए ।

    राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगे । उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए ।

    राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०-४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्युँताउन उक्त विधेयक पेस गरिएको थियो ।

  • विरोधकैबीच राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल

    विरोधकैबीच राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल

    काठमाडौं । राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको छ । प्रधानमन्त्री दाहालले संसद् बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको हो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका छन्।

  • कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
    जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
    उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

  • बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक

    बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक

    काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।

    कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे। सुनकले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।

    प्रधानमन्त्री सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गरे । उनले नेपालले विकास र प्रगतिका लागि गरिरहेको प्रयासमा सघाउन बेलायत सरकारले हालै ४० करोड पाउन्ड सहयोग गरेको जानकारी समेत दिए । आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

    प्रधानमन्त्री सुनाकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरूको बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानको प्रशंसा गरे । बेलायती राजा चाल्र्सको नेपाल भ्रमणको स्मरण गर्दै उनले बेलायतमा रहेका विभिन्न क्षेत्रका ख्यातिप्रात नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।


    बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।


    गैर आवासीय नेपाली सङ्घ पूर्व अध्यक्ष जीवा लामिछाने विश्वकै राजनीतिको केन्द्र रहेको बेलायतले मैत्री सम्धी भएको अवसरमा नेपाली समुदायलाई प्रधानमन्त्री कार्यालयमा बोलाउनुले नेपाललाई महत्त्व दिएको बुझ्न सकिने बताए । कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

    डब्लूटीओको सदस्यतापछि नेपालले फाइदा लिन नसक्नुमा नेपालकै कमजोरी : विज्ञ

    काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्लूटीओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले ‘डब्लूटीओमा नेपालको प्रवेशको २० वर्ष शीर्षक’ मा राखिएको छलफलमा विज्ञहरूले मुलुकले अपेक्षित लाभ लिन नसकेको धारणा राखेका हुन् ।

    काठमाडौं विश्‍वविद्यालयका रजिष्टार अच्युत वाग्लेले हरेक वर्ष व्यापार घाटा बढ्दै जानु, नेपालले व्यापार प्रतिस्पर्धा गर्न नसक्नु मुख्य समस्या भएको बताए । अनुसन्धान र तथ्यांकका आधारमा हरेक नीति तथा नियम बनाउनु पर्नेमा उनले जोड दिए ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थवद् विश्‍व पौडेलले पनि विश्व व्यापारबाट अपेक्षित लाभ उठाउन नसकेको बताए । नेपालले खुला बजार नीतिहरू अवलम्बन गरे पनि नेपालको व्यापारमा त्यसको योगदान नपुगेको उनको भनाइ थियो । कृषि र ऊर्जा क्षेत्रबाट मात्रै ठूलो मात्रामा व्यापार घाटा बेहोर्नु परेको पौडेलले बताए ।

    नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारत तथा चीनको हिस्सा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्र दुवैको योगदान एक साथ घटेर सेवा क्षेत्रको हिस्सा बढ्दै गएकाले उद्योग क्षेत्रलाई प्राथमिकता दिनु पर्ने उनले बताए । अहिले नेपालको कुल व्यापार घाटामा कृषि र पेट्रोलियमको ४० प्रतिशत हिस्सा छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य सचिव डा। तोयानारायण ज्ञवालीले डब्लूटिओको सदस्य बनेपछि पाउनु पर्ने धेरै लाभहरू पाए पनि व्यापार घाटा बढी हुनुमा प्रतिस्पर्धी सामान उत्पादन गर्न नसक्नु मुलुकका समस्या रहेको बताए । नेपालले सन् २००४ मा १४७ औँ राष्ट्रको रूपमा डब्लूटीओको सदस्यता पाएको थियो । डब्लूटीओको सदस्य भएर पनि अतिकम विकसित राष्ट्र भएको नाताले नेपालले लाभहरू पाए पनि लाभ लिन भने चुकेको ज्ञवालीको भनाइ छ ।

    विश्व बजारसँग जोडिने लक्ष्य राखेर सदस्य बनेको नेपालले अहिले १५० राष्ट्रसँग व्यापार गर्दै आएको छ । व्यापार नीतिहरू अनुमानयोग्य र पारदर्शी नहुँदा समस्या परेकोमा अहिले त्यस्तो नरहेको, कतिपय प्राविधिक सहयोग पाएको, बजार पहुँच विस्तार गरेको ज्ञवालीले बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियाले आपूर्ति श्रृंखला वैदेशिक व्यापारको अभिन्न अंग रहेको बताए ।

    ढुवानी तथा आपूर्ति श्रृंखलासँगै नेपालले अक्शन बजारमार्फत अन्तर्राष्ट्रिय बजार पहुँच र क्रेता पहिचानमा ठूलो भूमिका रहेको बताए । अक्शन बजार व्यवस्थापन नेपालको मात्रै नभएर सबै भूपरिवेष्ठित राष्ट्रहरूको साझा मुद्दा भएको उनको भनाइ छ ।

  • कस्तो रहनेछ आजको मौसम

    कस्तो रहनेछ आजको मौसम

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तथा देशका भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

    थलीमा पुरुषको शंकाष्पद अवस्थामा शव फेला

    काठमाडौं । काठमाडौंको थलीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जाएका छन् । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ ।

    घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

  • को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

    को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

    काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका राष्ट्रपति इब्राहिम रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए।

    उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्‍वशक्तिहरूबाट चुनौती खेपिरहेको थियो। उनले आफ्नो कार्यकालमा सरकारविरोधी जनप्रदर्शनको पनि सामना गर्नुपर्‍यो। धार्मिक सत्ताको विरोधमा भएको प्रदर्शनले उनको सत्ता डगमगाउने अवस्था समेत आएको थियो।

    साथै गाजामा इजरेल र हमासबीच चलेको युद्धमा इरान खुला रूपमा सामेल हुन पुग्यो। यसअघि उसको भूमिका छायाशक्तिको मानिन्थ्यो। सन् १९८० को राजनीतिक बन्दीहरूलाई सामूहिक रूपमा फाँसी दिइएको घटनामा रइसीको भूमिकालाई लिएर कैयौँ इरानी जनता र मानवअधिकारकर्मीले बारम्बार प्रश्न उठाउने गरेका थिए। रइसी तेहरानको उपअभियोजक नियुक्त हुँदा केवल २५ वर्षका थिए। त्यहाँ उनी मृत्यु समिति भनेर कहलिएको एक गोप्य न्यायाधिकरणको हिस्सा बने। उनी उक्त समितिको चार सदस्यमध्ये एक थिए।

    उक्त समितिले पहिल्यै जेल सजाय काटिसकेका राजनीतिक व्यक्तिहरूमाथि पुनः मुद्दा चलायो। त्यसमा खास गरी विपक्षी पार्टीका नेता कार्यकर्तालाई तारो बनाइयो। उक्त न्यायाधिकरणले मृत्युदण्ड दिएकाहरूको सङ्ख्या अज्ञात भए पनि मानवाधिकार सङ्घसङ्गठनहरू महिला र पुरुष गरी लगभग पाँच हजार जनालाई मृत्युदण्ड दिइएको बताउँछन्।

    रइसीले भने उक्त घटनामा आफ्नो संलग्नतालाई बारम्बार अस्वीकार गर्ने गरेका थिए। मानवअधिकार विरोधी कतिपय घटनालाई लिएर सन् २०१९ मा ट्रम्प प्रशासनले रइसीमाथि विभिन्न प्रतिबन्ध समेत लगाएको थियो। रइसीको कडा अडानकाबीच अमेरिकासँग आणविक सम्बन्ध पुनर्स्थापना गर्न भएको वार्तालाई कालान्तरमा इरानकै विभिन्न घटनाले छायामा पारे। इस्लामिक गणतन्त्रको संविधानले राष्ट्रपतिको मृत्यु भएको वा स्वास्थ्य अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ।

    पछिल्लो घटनासँगै सर्वोच्च नेता खामेनेईले उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका छन। खामेनेईले उनलाई सभामुख र प्रधान न्यायाधीशसँग मिलेर संयुक्त रूपमा राष्ट्रपतिको कामकाज गर्न भनेका छन्। इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। इरानका सर्वोच्च नेताले त्यसका लागि स्वीकृति दिनुपर्छ।

    सरकारी सञ्चारमाध्यमले राष्ट्रपतिको मृत्यु भएको पुष्टि गरिसकेको अवस्थामा इरानमा अब निर्वाचन हुने निश्चित छ। तर अब हुने निर्वाचनमा मतदाताहरूको रुचि कम हुने सम्भावना पनि छ। अघिल्लो चुनावमा रइसीलाई चुनौती दिन सक्ने नेताहरूलाई उम्मेदवार बन्न दिइएको थिएन। कुल मतदाताको ३० प्रतिशत अर्थात् निकै कम मतदान भएको निर्वाचनबाट रइसी राष्ट्रपति चुनिएका थिए। अधिकांश मतदाताले मिलेमतो भइसकेको ठानेर निर्वाचन बहिष्कार गरेका थिए।

  • इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

    इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन, पाँच दिन शोक घोषणा

    काठमाडौं । हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि इरानले पाँचदिने राष्ट्रिय शोक घोषणा गरेको छ। आइतवार देशको पहाडी क्षेत्रमा भएको दुर्घटनामा राष्ट्रपतिका साथै विदेशमन्त्री लगायतका ज्यान गएको हो। मृत्युप्रति इरानका नजिकका साझेदार रुस, हमास, हिज्बुल्लाह लगायतले गहिरो शोक व्यक्त गरेका छन् ।

    फ्रान्स, युरोपेली सङ्घ, साउदी अरब लगायतका देशले पनि समवेदना दिएका छन्। उता, निर्वासनमा रहेको विपक्षी समूह पिपुल्स मुजाहिदीन अफ इरानले “मृत्युदण्ड र नरसंहारका लागि बदनाम इरानी सत्ताका निम्ति राष्ट्रपतिको मृत्यु ठूलो धक्का भएको” प्रतिक्रिया दिएको छ।

    इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई दिएका छन्। समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाएको छ । त्यसअघि इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

    इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरेका थिए। उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो। त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • ‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

    ‘गिरीबन्धु टी-स्टेटझैं १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजे, ठगीको उजुरी गरौं’- मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।

    उनले सार्वजनिक गरेको सूचीमा गिरिबन्धुजस्तै सट्टाभर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट, पाँचथरको रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट, पाँचथरकै केशरी चिया बगान, इलामको ओमटी गार्डेन प्रालिसहितका छन् ।ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने उनको भनाइ छ ।

    त्यस्तै, उनले सर्वोच्च अदालतको एउटा आदेशले निवेदन दिने कम्पनीको खेलमा धक्का लागेको पनि बताएका छन् । बालेनले उक्त जग्गा बेच्न बैना लिनेहरुविरुद्ध उजुरी दिन आह्वान गरेका छन् ।

    उनले भनेका छन्, ‘सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसैपनि सर्वोच्चले बाँझो भए वा अरु नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरिहालौं । अनि घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरु विरुद्ध ठगीको उजुरी शुरु गरौं ।’

  • प्रधानमन्त्रीले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

    प्रधानमन्त्रीले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

    काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा १५७ जना सांसद उपस्थित भएर मत दिएका छन् ।

  • प्रचण्डको चेतावनी-‘अहिले व्यवहारले कांग्रेसले चर्को मूल्य चुकाउनु पर्छ’

    प्रचण्डको चेतावनी-‘अहिले व्यवहारले कांग्रेसले चर्को मूल्य चुकाउनु पर्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

    उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए ।

    उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।

    उनले भने, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली काँग्रेसका सबै मान्य सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज गलत गर्नुभयो । तपाईँहरूले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईँहरूले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु ।

    तपाईँहरूले नेपाली कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईँहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।’ कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै छानबिन समिति गठनको माग गर्दै आएको छ ।

    विरोधमा उत्रिएको कांग्रेसलाई मार्शल लगाएर घेराबन्दीमा राख्दै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ ।

  • सरकार परिवर्तनले छटपटिएको कांग्रेसको कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?

    सरकार परिवर्तनले छटपटिएको कांग्रेसको कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ?

    काठमाडौं । नेकपा एमालेले सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको बताएको छ ।

    नेकपा एमालेका नेता विष्णु पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा राखेको धारणामा यस्तो बताएका हुन् । “सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएको हो,” उनले भने, “प्रतिपक्षको व्यक्त धारणा त्यही हो ।

    यसलाई बुझ्न कठिनाइ पर्दैन ।” प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा भाग लिँदै उनले सबैलाई विश्वासको मत दिन आग्रह गरे ।

    उनले भने, ‘जनताबाट निर्वाचित भएको प्रधानमन्त्री विश्वासको मत लिन अगाडि बढ्दा पनि सदन अवरोध गर्ने यो कस्तो खालको लोकतन्त्रको अभ्यास हो ? यस्तो काम नगर्न म आग्रह गर्छु, कांग्रेसका सांसदहरुलाई आग्रह गर्छु तपाईंहरुले वेल घेराउ गरिराख्नुभएको छ, तपाईंहरुले जसरी पनि यस्तै दृष्य थियो । तर, तपाईंहरुले विश्वासको मत दिनुभएको छ । त्यो यात्रालाई पछ्याउन म आग्रह गर्छु ।’

  • मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मतको प्रस्ताव पेश

    मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्‍याइयो, विश्वासको मतको प्रस्ताव पेश

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

    प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् । नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ ।

    प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए । उनले आफुले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए ।

  • प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

    उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

    सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ । त्यसको रणनीति बनाउन कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ ।

  • आईपीएलको प्लेअफ समीकरण पूरा

    आईपीएलको प्लेअफ समीकरण पूरा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले एक–एक अंक बाँडेका हुन् । अन्तिम खेलको नतिजाले लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीको टुंगो लागेको छ । अंक बाँडेपछि राजस्थान नेट रनरेटले हैदराबाद भन्दा पछि पर्दै तेस्रो स्थानमा रह्यो भने राजस्थानले दोस्रो स्थान कायम गर्‍यो ।

    कोलकाताको शीर्ष स्थान र बेंगलुरुको चौथो स्थान भने यसअघि नै पक्का भइसकेको थियो । यो नतिजासँगै दोस्रो भएको हैदराबादले कोलकातासँग मंगलबार पहिलो क्वालिफायर खेल्ने भएको छ । तेस्रो भएको राजस्थानले चौथै हुँदै प्लेअफमा पुगेको बेंगलुरुसँग एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

  • दमौलीमा आगलागि, कम्तिमा २० घरमा क्षति

    दमौलीमा आगलागि, कम्तिमा २० घरमा क्षति

    काठमाडौं । तनहुँको व्यास नगरपालिका(३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।

    आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । रायका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    तनहुँका सांसद स्वर्णीम वाग्लेले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दछु।’

  • आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

    आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

    काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ । काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा पनि भइरहेको छ ।

    आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    आज राति कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ ।

  • कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

    कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।

    आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

  • इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा

    इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा

    काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् । अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ ।

    राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।

    हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।


    धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर सकुशल पुगेका छन् । इरानका एक मन्त्रीको हवाला दिंदै बीबीसीले दुर्घटनाग्रस्त ठाउँ पत्ता लगाउन समय लाग्ने र धेरै उद्धार टोलीहरू परिचालित भएको लेखेको छ ।

  • संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

    संसदीय समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने अडान लिएको छ । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताए ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए । उनले गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाण रहेको समेत दावि गरे ।

  • रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

    रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन् । दलहरुबीचको सहमति अनुसार सभामुखले उनलाई आजको बैठकमा बोल्न समय दिएका थिए । कांग्रेस विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरे ।

    सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।

    ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’ उनले कांग्रेस नेताहरु मुछिएका विभिन्न मुद्दालाई जोडतोडले उठाएका छन् । जसमा गगन थापादेखि विभिन्न नेतालाई लक्षित गर्दै उनले समाचारमा आएका हेडलाइनहरु सुनाएका थिए ।

  • सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोतका हाकिमसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

    सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोतका हाकिमसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मातपोत प्रमुखसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रुपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

    मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

    कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाइ स्रेस्ता खडा गरिएको अख्तियारले जनाएको छ ।

  • नेपालले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन’ अवार्ड

    नेपालले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन’ अवार्ड

    काठमाडौं । नेपालले ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४ पाएको छ । चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर जीआइटीएफ २०२४ मा नेपालले उक्त अवार्ड पाएको हो ।

    मे १६ देखि सुरु भएको ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर जीआइटीएफ २०२४, मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ ।

    कोभिड-१९ महामारीपछि जीआइटीएफ मा नेपालको यो पहिलो सहभागिता हो । उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी थिए । सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिएका थिए ।

    चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर जीआइटीएफ २०२४, मा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

    जेठ ३ देखि ५ ९मे १६ देखि १८० सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट कोटरीबाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ)बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

    नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिए ।

    नेपालले यस अघि सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट एटीएम-२०२४० को ३१ औं संस्करणमा सहभागिता जनाएको थियो ।

  • ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

    ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

    काठमाडौं । प्रहरीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

    समात्नको लागि प्रहरीले हवाई फायर समेत गर्नु परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले पत्रकार सम्मेलनमा भने । अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको पत्रकार सम्मेलन गरेर रजौरेले भने ।

    तारकेश्वर नगरपालिका-९, मनमैजुमा गएको शुक्रबार एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

  • किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान

    किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान

    काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।

    उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ ।


    दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं+92512610321  (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

    बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

  • गाजा क्षेत्रमा फसेका १७ अमेरिकी डाक्टरको उद्दार

    गाजा क्षेत्रमा फसेका १७ अमेरिकी डाक्टरको उद्दार

    काठमाडौं । ेइजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यस्तो जानकारी गराएका हुन् । उनले भने, “हाल उनीहरू बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको छ, अन्य तीन जनाका लागि बोल्दिन ।”

    उनीहरूको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले बताएका छन् । उनले अमेरिकी डाक्टर संलग्न समूह र उनीहरूका परिवारसँग सम्पर्कमा रहेको बताए । गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ ।

    दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ । इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।

    अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिङ्ग बन्द भएकाले उनीहरूको उचित व्यवस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो । राफाह क्रसिङ्ग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एक मात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनः खोल्ने सहमति हुन सकेको छैन ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

    प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने–नचल्ने भने अन्यौलमै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेलाई तय गरिएको छ। बर्खे अधिवेशन आरम्भ भययता नै संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन। यद्यपि सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।

    सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको यस प्रकरणलाई संसदीय छानबिन समिति बनाएर जाँचबुझ गरिनुपर्ने बताउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गरिरहेको छ । शनिबार साँझ सत्तापक्ष र प्रतिपक्षबीच सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन बनाउने सैद्धान्तिक सहमति जुटिसकेको छ।

    समितिको कार्यादेश तय गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति पनि बनेको छ। समितिमा कांग्रेसबाट जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका सांसद शिशिर खनाल सदस्य छन्। समितिको बैठक बसेर कार्यादेशबारे टुंगो लाग्नेछ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघि सारेको माग सम्बोधन भएकाले आज संसद नियमित कार्यसूचीमा प्रवेश गर्ने विश्वास लिइएको छ।

    आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्ने पनि कार्यसूची रहेको छ। त्यस्तै सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूचीसमेत छ।

    आइतबार प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची पनि छ। उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

  • आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

    आरसीबीको सानदार कमब्याक, चेन्नईलाई हराउँदै प्लेअफमा

    काठमाडौं । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिगको प्लेअफ प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले हराया । यो टीमले सानदार कमब्याक गरेको हो । सुरुवाती खेलमा लगातार पराजित भएको आरसीबी त्यसपछि भने पछाडी फर्केको छैन । चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रह्यो ।

    २०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो । चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए । बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

    चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक–एक विकेट लिए । यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ । आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

  • संसदीय समितिको टीओआर आज तोकिने

    संसदीय समितिको टीओआर आज तोकिने

    काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

    तर समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।