काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई… Continue reading भीभीआइपीको निवास क्षेत्रमा थप दुई महिना निषेधाज्ञा जारी
Category: समाचार
सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर
काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो । मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर,… Continue reading सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर
शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो । यसदिन ३०६ कम्पनीको ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार १७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक… Continue reading शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि
काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव
काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । जी९५३६ उडान नम्बरको जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिलालाई पक्राउ गरी उपचारका लागि… Continue reading काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव
ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?
काठमाडौं । अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ । ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर… Continue reading ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?
इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए
काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ। उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए
हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर
काठमाडौं । दाङ जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा तीन जना महिला दोषी ठहर गर्दै जेल सजाए तोकेको छ। जिल्ला अदालतले आइतबार सीतादेवी थापासहितका तीन जना महिलाले कसुर गरेको ठहर गरेको हो । जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएकी सीतादेवी थापासहित… Continue reading हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर
श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।… Continue reading श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै
नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९–८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ… Continue reading नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा
काठमाडौं । एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश समेत दिएको छ । स्वतन्त्र सांसद सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै सर्वोच्चमा मंसिर २२ गते मुद्दा दर्ता गरेका… Continue reading एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा
भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी
काठमाडौं । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो । प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०÷१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । म शाहले करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिनुभयो ।… Continue reading भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी
मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द
काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना… Continue reading मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द
भारतमा एकै पटक ७८ जना सांसद निलम्बित
काठमाडौं । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।… Continue reading भारतमा एकै पटक ७८ जना सांसद निलम्बित
१० प्रकारका औषधी उत्पादनमा रोक
काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका छन् । औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन… Continue reading १० प्रकारका औषधी उत्पादनमा रोक
चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु
काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र… Continue reading चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु
लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि
काठमाडौं । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले जनाएको छ। घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ। उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको… Continue reading लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि
डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना
काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन… Continue reading डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना
दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन… Continue reading दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र
रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम
रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ४ हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए । लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी… Continue reading रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम
इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार
काठमाडौं । १० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो । इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू बाहेक देशका १५ प्रान्तका अन्य धेरै सहरका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गरेका छन् । इराकको… Continue reading इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार
मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ
काठमाडौं । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय… Continue reading मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ
कुवेतका अमिरको निधनमा नेपालमा शोक
काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा… Continue reading कुवेतका अमिरको निधनमा नेपालमा शोक
उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ
काठमाडौं । उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । ‘सिमेन्ट उत्पादनसँग सम्बन्धित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँभन्दा बढी बढाएकामा महासंघको गम्भीर… Continue reading उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ
बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला… Continue reading बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
टिकटक प्रतिबन्धबारेको फैसला ५ महिनापछि मात्रै
काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको छ । केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो । ती १४ ओटै रिटलाई लगाब मुद्दाको रूपमा एकै स्थानमा समेटेको सर्वोच्च अदालतले गत ५ मंसिरका लागि पेशी… Continue reading टिकटक प्रतिबन्धबारेको फैसला ५ महिनापछि मात्रै
चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए। आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो। ओली मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङमा झण्डोत्तोलन… Continue reading चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा
अध्यागमनका कर्मचारीलाई ५५ हजार बुझाएर भिजिट भिसामा जान लागेका २४६ जनाको कागजात नक्कली
काठमाडौं । भ्रमण भिसामा विदेश जान लागेका १ हजार ५ सयभन्दा बढी युवाका कागजात अध्ययन गर्दा २ सय ४६ जनाको कागजात नक्कली फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई… Continue reading अध्यागमनका कर्मचारीलाई ५५ हजार बुझाएर भिजिट भिसामा जान लागेका २४६ जनाको कागजात नक्कली
गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि
काठमाडौं । इजरायलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ। उनीहरूलाई जोखिमका रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ। ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ। इजरायली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा… Continue reading गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि
नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै
काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको… Continue reading नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै
लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । उनले यो भावलाई सदैव दृढताका साथ संकल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।… Continue reading लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री