काठमाडौं । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि… Continue reading स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने
Category: समाचार
दुई बुँदे माग राखेर तीन दिने अनसन सुरु गर्दै डा. गोविन्द केसी
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रह सुरु गर्न लागेका छन्। सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै भोलि शनिबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए । अहिलेको अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता… Continue reading दुई बुँदे माग राखेर तीन दिने अनसन सुरु गर्दै डा. गोविन्द केसी
महानगर दिवसमा सन्दुक रुइतदेखि पारस खड्कासम्म सम्मानित (सूचीसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । २९औं वाषिर्कोत्सवको अवसरमा महानगरले राष्ट्रियस्तरमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई राष्ट्रिय व्यक्ति पुरस्कारबाट सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै सांसद, मेयर, प्रहरी, खेलाडीहरू पनि समारोहमा उपस्थित थिए। महानगरले अभिनेत्री मनिसा कोइराला, नेपाल भाषाका गद्य,… Continue reading महानगर दिवसमा सन्दुक रुइतदेखि पारस खड्कासम्म सम्मानित (सूचीसहित)
साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरेका हुन् । उनले काठमाडौं… Continue reading साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ
एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद
काठमाडौं । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। जिल्ला अदालत महोत्तरीले बिहीबार कोइरीलाई सफाइ दिने आदेश सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका… Continue reading एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद
बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई… Continue reading बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै
सुर्खेत । कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा ३ लाख २ हजार परिवारले कृषि पेसा गर्दै आएकामा… Continue reading कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा… Continue reading हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली… Continue reading इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
२६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औं महानगर दिवसका अवसरमा आज महानगरले आयोजना गरेको महानगर र ट्राफिक प्रहरी बीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने,… Continue reading २६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने
काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर आजदेखि लागु हुने गरी गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो । कसैले अवज्ञा गरेर… Continue reading काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध
भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौं । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको… Continue reading भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम… Continue reading काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस
नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरेको हो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। गहतराजले ‘महान्… Continue reading नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ
आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।थानीले राजीनामाको कारण भने खुलाएका छैनन् ।… Continue reading आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा
कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए। सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने… Continue reading कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ
काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको उपचारको… Continue reading झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ
रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो
रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको… Continue reading रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो
काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग
काठमाडौं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ। यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता… Continue reading काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग
बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन… Continue reading बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै
काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ । यो वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको… Continue reading पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै
लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित… Continue reading लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै
‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’
काठमाडौं । एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंले संक्रमितमाथिको विभेद अन्त्य गर्न माग गरेको छ । ७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएकाले उक्त माग गरेको हो । राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने… Continue reading ‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’
संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस
काठमाडौं । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका छन्। उनले ८ महिना कार्यावधि बाँकी… Continue reading संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस
एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा
काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो। सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको… Continue reading एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा
सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान
काठमाडौ । भारतीय मानव अधिकार परिषदले लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सविता उप्रेती लाई ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तराष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३, डिसेम्बर १० को दिन भारतको नयाँ दिल्लिमा आयोजित एक… Continue reading सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान
जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति
काठमाडौं । जाजरकोट भूकम्पबा नौ करोड रुपैयाँ भन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। भूकम्पको कारण २४ हजार पाँच सय एक घरमा क्षति पुग्दा भण्डारण गरेर राखिएका रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ। गत कात्तिक १७ गते जाजरकोटका रामीडाँडालाई केन्द्रविन्दु बनाएर… Continue reading जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति
बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?
काठमाडौं । आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। मंसिर कृष्ण… Continue reading बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?
बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु
काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ । बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी… Continue reading बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु
गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत(गुप्चर) माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र… Continue reading गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा