काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न… Continue reading ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव
Category: समाचार
शान्तिपूर्ण सकियो युवा संघको प्रदर्शन, फर्किए कार्यकर्ता
काठमाडौं । नेकपा (एमाले) निकट युवासंघको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ। उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए। तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्याली कोणसभामा परिणत भएको थियो। कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका छन्। त्यस्तै कालाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए।… Continue reading शान्तिपूर्ण सकियो युवा संघको प्रदर्शन, फर्किए कार्यकर्ता
बल्खु र तीनकुनेमा प्रहरीले चलायो जामर भेहिकल
काठमाडौं । काठमाडौंको बल्खुमा नेपाल प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर चलाएको हो । जामरले मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउने काम गर्छ । प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानको प्रदर्शन स्थानमा प्रहरीले एक थान जामर भेहिकल सञ्चालन गरेको हो । त्यसैगरी प्रहरीले युवासंघको… Continue reading बल्खु र तीनकुनेमा प्रहरीले चलायो जामर भेहिकल
बल्खुमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक… Continue reading बल्खुमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास
महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा
काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको… Continue reading महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा
मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । मध्यरातमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।
दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु
काठमाडौं । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब… Continue reading दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु
कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै
काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै… Continue reading कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै
माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति
काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । नेसपाको बुधबार बसेको बैठकले सात सदस्यीय एकता समिति गठन गरेको हो । जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठकाअनुसार पार्टी एकता र ध्रुवीकरण संयोजन समिति संयोजकमा भट्टराई छन् भने सदस्यमा अर्का अध्यक्ष… Continue reading माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति
‘सुतिरहेका महिलालाई लखेटेर एमालेलाई बदनाम गराउने षड्यन्त्र’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई अनेक प्रकारको षड्यन्त्रले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताए । उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा… Continue reading ‘सुतिरहेका महिलालाई लखेटेर एमालेलाई बदनाम गराउने षड्यन्त्र’
नयाँ कार्यालयमा सरे प्रचण्ड, भने-‘त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए । उनले भने- मलाई कता… Continue reading नयाँ कार्यालयमा सरे प्रचण्ड, भने-‘त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला’
स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन बालेनको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर साहले पत्र लेखेका हुन् । पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को… Continue reading स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन बालेनको आग्रह
ट्राफिक प्रहरीले भन्यो– भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू
‘भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनू’ ट्राफिक प्रहरीकाठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै भोलि (मंसिर ७ गते) सवारी साधन लिएर निस्किन आग्रह गरेको छ। नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने… Continue reading ट्राफिक प्रहरीले भन्यो– भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू
बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता
काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् । हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ ।… Continue reading बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता
राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शितल निवास, प्रधानमन्त्री निवास लगायत आसपास पनि निषेधित क्षेत्र घोषणा गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्। सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी… Continue reading राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा
अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका ३ घर भई ललितपुर थेचो… Continue reading अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा
विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध कमजोर प्रदर्शन गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको… Continue reading विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल
ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज अर्थात मंसिर ५ गतेदेखि लागु हुने गरी ६ महिनाका लागि निषेधाज्ञा… Continue reading ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक
फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ… Continue reading फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी
भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको हो। ‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना… Continue reading भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
काठमाडौं । सन् २०२३ को ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। रुक्सना नेपालको आदिवासी नेवा राष्ट्रकी सदस्य, ट्रान्सजेन्डर मानवअधिकारकर्मी हुन् भने उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन् । ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यू+… Continue reading बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन
जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मंसिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए । बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय… Continue reading मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन
टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क
काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ । अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड… Continue reading टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क
सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार
काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा मुलुकबाट ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउन, भदौ र असोजमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर निर्यात भएको हो । मुलुकबाट ३८ करोड ४० लाख… Continue reading सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार
माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु
काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट… Continue reading माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु
विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक… Continue reading विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै
दाङमा एकै घरका दाजुभाई मृत फेला
काठमाडौं । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय… Continue reading दाङमा एकै घरका दाजुभाई मृत फेला
अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार
काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्ने बारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या… Continue reading अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार
भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा
काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड,… Continue reading भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा
माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै… Continue reading माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा