Category: समाचार

  • रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने

    रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने

    काठमाडौं । रातको समयमा शहरको सजावटका लागि काठमाडौं महानगरपालिकाभित्र विभिन्न ठाउँमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, शहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले गाडी आउजाउ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावर तथा रुखबिरुवालाई कस्तो असर पार्छ भन्नेबारे विभिन्न पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

    बैठकमा उपमेयर डङ्गोलले सजावटका बत्ती कहाँ राख्नुपर्ने हो, कति समयका लागि बाल्नुपर्ने हो, बत्ती राख्दाका प्रभाव के हुन् भन्नेबारे थाहा पाउन जरुरी रहेको भन्दै यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनुपर्ने बताइन् । यसका लागि वातावरण र इलेक्ट्रिक इन्जिनियरसहितको टोलीले अध्ययन गर्ने र अध्ययनले गरेका सिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।

  • संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र

    संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् । संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ ।

    यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए । जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरुले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन् ।

    ‘‘यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन ‘’ गृहमन्त्री लामिछानेले सभामुखलाई लेखेको पत्रमा भनेका छन् ।

    संसदको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको भन्द संसदीय छानबिन गर्न माग गरेको थियो । आफ्नो उक्त माग पूरा नभएसम्म लामिछानेलाई संसदको रोष्ट्रममा जान नदिने कांग्रेसको अडान छ । गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाएका छन् ।

  • सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

    सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दैछन्। बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन्।

    सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन्। सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरूको बैठक आह्वान गरेका थिए।

    तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन। सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग–अलग छलफल भएको थियो। संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरू हुँदैछ। संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन्। सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको छ।

  • गाजा क्षेत्रमा इजरायलमा  थाल्यो पुनः आक्रमण

    गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण

    काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ ।

    उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् । इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् । हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।

    हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् । इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

    पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो । वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

  • सूर्यकुमारको सतक-मुम्बईको सहज जित

    सूर्यकुमारको सतक-मुम्बईको सहज जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै हराएको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले हराएको हो । १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमार ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे । तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक–एक विकेट लिए ।

    त्यसअघि मुइईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् । मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीनरतीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक–एक विकेट लिए । यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।

  • श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो

    श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो

    काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो ।

    वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक पमा ठगी गर्ने गरेको पाइएको छु, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालय र अन्तर्गतका निकाय तथा नियमनकारी निकायह प्रतिबद्ध छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानूनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ ।

    वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन सर्वसाधारण समेत चनाखो हुनुपर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत यकीन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगी बाट बचिने मन्त्रालयको भनाइ छ ।

    वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।

    अवैध पमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

  • उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल

    उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि आइतबार बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

    वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

    आज निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ । जसपा नेपालले आज विज्ञप्ति निकालेर अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गरेको भए पनि निर्वाचन आयोगले दल विभाजन भएर नयाँ दल बनेको मान्यता दिएको हो ।

  • ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन

    ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका(१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।

    घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको अस्पतालले जनाएकको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

  • हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन

    हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन

    काठमाडौं । गृहमन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।

    अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।

    मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने-नपर्ने सम्बन्धमा निर्णय गर्नेछ।’

    मन्त्रालयले चिकित्सकको सिफारिसमा भर्ना भएपनि अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परे उपयुक्त कारण खुलाउनु पर्ने बताएको छ ।

    शारीरिक एवं मानसिक रुपमा अस्वस्थ, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थाका व्यक्तिलाई भने सरकारले अस्पतालमा राख्न अनुमति दिएको छ ।

  • जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

    जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

    जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो ।

  • ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

    ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

    काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीबाट विस्थापित भएका १६ हजार जना भन्दा बढीलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । बाढी पहिरोका कारण करिब ८ लाख जनता खानेपानी, बिजुलीबाट समेत वञ्चित भएका छन् । ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र वस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

  • नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री

    नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री

    काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छिन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता गरेकी थिइन् । भेटमा द्विपक्षीयहित तथा चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

    त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ । उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छिन् । उनी जमलस्थित मण्डला बुक प्वाइन्ट गई केही नेपाली पुस्तक खरिद समेत गरेकी छिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।

  • प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल

    प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए ।


    भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठुला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए । उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे ।


    “नेपाल–जापानबिच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबिचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”

    अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबिच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबिच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


    सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो।

  • जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

    जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले शिष्टाचार भेटवार्ता गरेकी छन्। आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

    राष्ट्रपति पौडेलले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको पनि बताए। नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।

    सो अवसरमा जापानी परराष्ट्रमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन्। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन्।

    नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनको भनाइ छ।

  • कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

    कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ । कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ ।

    कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो । मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीनरतीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे । लखनउका नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एकएक विकेट लिए ।

  • दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

    दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

    काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि ुड्रिलिङु को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा। याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ड्रिलिङ कार्य शुभारम्भ गरेका हुन् । नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार अन्वोषणका लागि ड्रिलिङ शुरु भएको हो ।

    यसअघि दैलेखका चार वटा ठाउँमा विभिन्न चरणमा गरिएका भौगर्भिक सर्भेबाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित भैरवी गाउँपालिका–१ जलजलेमा ुड्रिलिङ शुरु गरेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले जानकारी दिए । अन्वेषणका लागि सरकारले जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गा अधिग्रण गरिदिएको छ । ड्रिलिङका लागि एक सय ७५ ट्रक सामग्री ड्रिलिङ स्थलमा पुर्‍याइएको छ । अबको दुई महिनामा चार किलोमिटर तलसम्म ड्रिलिङ गर्ने लक्ष्य छ ।

    प्रारम्भिक अध्ययनअनुसार जलजलेसमा नेपालका लागि झन्डै १० वर्षलाई पुग्ने पेट्रोलियम पदार्थ भएको अनुमान छ । तर भित्र भएको भण्डारण, निकाल्ने सकिने सम्भावना, गुणस्तरलगायतका बारेमा भने ड्रिलिङको प्रतिवेदन पछि मात्रै थाहा हुनेछ ।

  • उपेन्द्र यादवको पार्टी फुट्यो

    उपेन्द्र यादवको पार्टी फुट्यो

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको छ ।

    जसपाका सात जना सांसद निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग पुगेका थिए । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

  • काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

    काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
    कोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभाग र काठमाडौं उपत्यकामा वर्षा भएको हो । पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ। काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २।४ मिलिमिटर वर्षा मापन भएको छ।

    सुन्दरीजल क्षेत्रमा पछिल्लो एक घन्टामा ४ मिलिमिटर वर्षा भएको महाशाखाले बताएको छ। कास्की चोम्रोङ आसपास क्षेत्रमा पछिल्लो ६ घन्टाको अवधिमा १६.८ मिलिमिटर वर्षा भएको छ। लम्जुङको राइनास स्टेसन ३.८ मिलिमिटर पानी परेको छ। म्याग्दीको तातोपानी क्षेत्रमा पछिल्लो ६ घन्टामा १२.८
    मिलिमिटर वर्षात् भएको छ । प्रि–मनसुन अवधिमा वर्षात् नहुँदा आगलागी र डढेलोका घटनामा बढेका थिए । खडेरीका कारण मध्य पहाड तथा तराई भूभागमा पनि बालीनाली लगाउन समस्या भएको छ ।

  • काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन

    काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरू गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् ।

    कामपा सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन्। उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ ।

    वैशाख २० गतेपछि फाराम भर्नेहरूको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिइन् ।

    ‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब ५ हजार जनाले फाराम भर्नुभएको छ । विभिन्न वडाहरूबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन,’ प्रमुख कोइरालाले भनिन् ।

    फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिइन् ।

    कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरू गरिएको कोइरालाले जानकारी दिए । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ ।

    मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिइन् ।

    अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिइन्।

  • सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध

    सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध

    काठमाडौं । खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो।

    पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ ।

    आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको सम्पर्क अधिकृत दावा फुटी शेर्पाले जानकारी दिए । आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ ।

    पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा करिब १०० मिटरभन्दा बढी बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ। बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएका छन्।

    यो वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि विगत वर्षमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोतर्फ डोरी टाँगिएको छ।

  • ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

    ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

    आगलागीबाट रौतहट जिल्ला घर भइ हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन्। किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणमा लिइएको छ ।

  • चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

    चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

    काठमाडौं । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्। शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्।

    ‘हामी स्पष्ट छौं। नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो।

    एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ। नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

    भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो। जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको थियो।

  • गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सभामुखलाई समेत गणना गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो । तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो । सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो ।

    मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए । गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।

  • जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ । मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौंबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

    जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।

    जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो । नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा जापान अग्रस्थानमा छ ।

  • आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

    आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।

    विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए । बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए । बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।

    गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ । उसले पन्जाब किङ्गस, मुम्बई इण्डियन्स र गुजराजत टाइटन्सलाई पछि पार्न सफल भएको छ । मुम्बई इण्डियन्स ६ अंकसहित अन्तिम स्थानमा धकेलिएको छ ।

  • जनकपुर रेल तीन दिन बन्द हुने

    जनकपुर रेल तीन दिन बन्द हुने

    काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।

    ‘‘मिति २०८१–०१–२३ गते आइतबारदेखि २०८१–०१–२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर-जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

  • विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

    विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

    काठमाडौं । अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्ट–इण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो ।

    शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी कतार हुँदै वेष्टइण्डिजतर्फ लाग्नेछन् । शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन् ।

    आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन् ।

    बिजनेस क्लास टिकटको कारण नेपाली क्रिकेट टोली दुई फरकमा जान लागेको हो । वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ । नेपालले वेष्टइण्डिजमा अभ्यास खेल खेल्नेछ । क्यानले कुन टोली र कहिले खेल्ने शनिबार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका आउनेछ । विश्वकप २ जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

    समूह डी मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ । १२ जुनमा नेपालले श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्नेछ । नेपालले २०१४ पछि टी-२० विश्वकप खेल्दैछ ।

  • कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

    कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो।

    वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशन अघि नै कांग्रेस लगायतका प्रतिपक्ष दलसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसद्लाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाइ थियो। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलबिच भइरहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिनु पनि पार्टीका सांसदलाई निर्देशन दिनुभएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


    समाजमापछि परेको दलित उत्पीडितलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदलाई सुझाव दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले बैठकमा बताए । उनले विकास बजेटका लागि अत्यधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढङ्गले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदलाई सचेत गराउनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । बैठकमा सांसदले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरेर राष्ट्रिय आय वृद्धि हुनेगरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए।

  • त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

    त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

    काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।


    क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने परियोजनाले जनाएको छ ।

    परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ुपुनप्रयोगु गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कार्यक्रम उनले बताए ।


    कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायतका काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ ।

  • वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

    वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

    काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

    नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

    दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११११ रनमा आउट भए । म्याथ्थु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

    तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।