नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार… Continue reading नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र… Continue reading विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित बिपरीतको कार्य भनेका छन् । ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत,… Continue reading नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीस्थित विमानस्थलमा राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् । चार दिनको भारत भ्रमणका लागि गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय सरकारका अधिकारीहरू र नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। बुधबार अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका हुन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरे । भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ ।प्रधामन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ ।बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो । एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो । जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा… Continue reading कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्। प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्। प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा नेपाली… Continue reading कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।… Continue reading साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका… Continue reading आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको ऐतिहासिक सहर बोष्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै “विशेष होम” गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको… Continue reading पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

काठमाडौं । महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी)… Continue reading महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको… Continue reading बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् । मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको… Continue reading ‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’

हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य… Continue reading हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्। पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्। ‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका… Continue reading ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् । कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको… Continue reading कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

फाइल तस्वीर (THT)

काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन… Continue reading धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

रास्वपा सांसद कंसाकारले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।

गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित

काठमाडौं । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अनुपस्थित भएका छन् । अ अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक दुवै जना अनुपस्थित थिए । बालेन केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक… Continue reading गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित

‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना गरेका छन्। नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताए। ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन… Continue reading ‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’

प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउदै… Continue reading प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित हुनु सामान्य नभएको बताएका छन्।गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संयौं वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य नरहेको बताउँदै आजको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले गणतान्त्रिक व्यवस्था संस्थागत… Continue reading ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ… Continue reading संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

आज गणतन्त्र दिवस, देशभर मनाइंदै

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना… Continue reading आज गणतन्त्र दिवस, देशभर मनाइंदै

रेशम चौधरी जेलबाट छूटे

काठमाडौं टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय… Continue reading रेशम चौधरी जेलबाट छूटे

८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९–८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा कुल… Continue reading ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

Photo : BBC

काठमाडौं । नेपालभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । २०७८–७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६… Continue reading नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

काठमाडौं । नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको… Continue reading एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

विराटनगर । प्रदेश नं १ को नाम कोसी प्रदेश राखेको विरुद्धमा प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेशसभा सचिवालय आसपास, देवकोटा चोक… Continue reading कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ