काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई आम माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्। शुक्रवार राष्ट्रपति पौडेलले चौधरीलाई सजायमाफी दिने गृहको प्रस्तावलाई ‘कानुन अनुसार गर्नु’ भन्दै गृह मन्त्रालयमै फिर्ता गरेका… Continue reading रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
Category: समाचार
आज आर्थिक सर्वेषण सार्वजनिक हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् । त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ ।… Continue reading आज आर्थिक सर्वेषण सार्वजनिक हुने
संघीय संसदको संयुक्त बैठक आज
काठमाडौं । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय… Continue reading संघीय संसदको संयुक्त बैठक आज
ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो
काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर दिएको अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हो । शनिवार आज बसेको प्रतिनिधि सभा बैठकमा… Continue reading ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो
पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित… Continue reading पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस
काठमाडौंबाट बेंगलोर उडेको जहाज काठमाडौं फिर्ता
काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ । शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का पानी परिरहेको छ। भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भू-भागबाट नेपाल प्रवेश गर्न लागेको हो । त्यही वायुका कारण… Continue reading कस्तो रहनेछ आजको मौसम ?
प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा… Continue reading प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह
काठमाडौं । सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा अलपत्र पारेको नागरिकता विधेयक कसरी टुंगो… Continue reading नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह
रेशम चौधरीलाई माफी दिने बाटो खुला
काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रेशमको निवेदन गृहमा पठाएका हुन् । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो । त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने… Continue reading रेशम चौधरीलाई माफी दिने बाटो खुला
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म
काठमाडौं । गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म लोरी, नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ । यससँगै सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, पाकिस्तानका साइम सदिक निर्देशित जोइल्याण्ड र दीपक रौनियार निर्देशित फोर नाइट्सलगायत फिल्म महोत्सवमा देखाइने भएको छ । जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा… Continue reading नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म
माधव नेपाल न्यूजील्याण्ड प्रस्थान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्याण्ड प्रस्थान गरेका छन् । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । तेञ्जिङ नोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना… Continue reading माधव नेपाल न्यूजील्याण्ड प्रस्थान
जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस
काठमाडौं । जनमत पार्टीका दुई जना सांसदलाई निष्कासनको सिफारिस गरिएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने सिफारिस गरेको हो । ‘केन्द्रीय कमिटीले सिफारिस गरेको उक्त विषय कारबाहीको प्रक्रियामा गएको बताइएको छ । अनुशासन कमिटीमा उक्त विषय लैजाने र कमिटीले… Continue reading जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस
काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो
काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो । पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका… Continue reading काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो
राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता
काठमाडौं । रेशम चौधरीलाई सजायमाफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका छन्। बुधवार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव कानुन र अदालतको फैसला विपरित नहुने गरी फिर्ता पठाएको उनकाे सचिवालयले जनाएको छ । चौधरीलाई केही समयअघि मात्रै सर्वोच्च अदालतले उच्च अदालतको जन्मकैदको फैसललाई सदर गरेको… Continue reading राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता
‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न दिँदैनौं
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुशपतिनाथमा राखिएको जलप सुन कि पित्तल निक्र्यौल नगरेसम्म एमालेले सदन सञ्चालन हुन नदिने बताएका छन् । संसद बैठक अवरोध गरेको विषयमा संसदमा बोल्दै नेम्वाङले आफैं सरकारमा भएको बेला भ्रष्टाचारको छानविन गर्नुपर्ने,प्रतिपक्षले उठाएको सवालको जवाफ दिनु पर्नेमा उल्टै प्रतिपक्षीलाई लाञ्छना लगाउनु गैह्र जिम्मवारीपूर्ण काम भएको बताए ।… Continue reading ‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न दिँदैनौं
पशुपतिको जलहरी विवाद, एमालेले गर्यो संसद अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए। पशुपतिमा केपी शर्मा… Continue reading पशुपतिको जलहरी विवाद, एमालेले गर्यो संसद अवरोध
वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने
काठमाडौं । अब वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्रयाक)बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको… Continue reading वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने
माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता
काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ । निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।… Continue reading माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता
तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ। उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास… Continue reading तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने
संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र… Continue reading संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने
रेशम चौधरीलाई आममाफी दिने तयारी
काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको… Continue reading रेशम चौधरीलाई आममाफी दिने तयारी
राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा… Continue reading राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन
क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ… Continue reading क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र
नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै… Continue reading नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’
बागमती प्रदेशमा गाडी भाडा घट्यो
काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।… Continue reading बागमती प्रदेशमा गाडी भाडा घट्यो
दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी
काठमाडौं । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको हो । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा… Continue reading दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी
रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे… Continue reading रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या
बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको… Continue reading बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने
प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ । नेपाल र… Continue reading प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी