काठमाडौँ, २२ असोजःजल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ… Continue reading मनसुन क्रमशः कमजोर हुँदै
Category: समाचार
आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने
काठमाडौँ, २२ असोजः तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ । ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४… Continue reading आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने
नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या
२२ असोज, त्रिशूली । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक… Continue reading नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या
सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट
राष्ट्रिय समाचार समिति सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ… Continue reading सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
काठमाडौँ, २२ असोजः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा… Continue reading देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो
काठमाडौँ, २१ असोज स् जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चाररपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको… Continue reading ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो
‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’
काठमाडौं, २१ असोज । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी… Continue reading ‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’
आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
राजकुमार पराजुली\राससकाभ्रेपलाञ्चोक, २१ असोजः सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनःथिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत… Continue reading आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
लाङ्टाङ क्षेत्रबाट बाह्र जनाको सकुशल उद्धार
रसुवा, २१ असोजः लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् । पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ… Continue reading लाङ्टाङ क्षेत्रबाट बाह्र जनाको सकुशल उद्धार
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, २१ असोजः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले… Continue reading सुनको मूल्य निरन्तर अकासिँदो
क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
काभ्रेपलाञ्चोक, २१ असोजः यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो । डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण… Continue reading क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै
प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र… Continue reading प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ, २१ असोजः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गरे उनले भनेका छन्, “यस कठिन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरुसँग उभिएका छन् ।”
कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
काठमाडौँ, २१ असोजः धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडादसैँ… Continue reading कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
नारायण न्यौपाने र प्रकाश सिलवाल/रासस काठमाडौँ, २० असोजः अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र… Continue reading मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी
प्रगति ढकाल / रासस काठमाडौँ, २० असोज । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला । यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम… Continue reading आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
काठमाडौँ, २० असोजः केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी… Continue reading वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
सेनाले यसरी गरिरहेको छ उद्धार
काठमाडौँ, २० असोजः इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पु¥याइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित… Continue reading सेनाले यसरी गरिरहेको छ उद्धार
दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन
कोलकाता, १९ असोज रासस\एएफपी । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३०० मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको… Continue reading दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन
बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु
२० असोज, ढाका । बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो बर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २१२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ । तथ्याङ्क अनुसार बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु… Continue reading बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै
इनरुवा (सुनसरी), २० असोजः अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै… Continue reading वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
चितवन, २० असोजः नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक… Continue reading ‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने
काठमाडौँ, २० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा… Continue reading आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि… Continue reading आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै
भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा
चन्द्रपुर (रौतहट) २० असोज । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ ।… Continue reading भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
२० असोज, पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर… Continue reading बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु
काठमाडौँ, १९ असोजः काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोरलगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ । नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना… Continue reading काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु
वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग
काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन… Continue reading वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग
नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौँ, १९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन… Continue reading नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने
लुम्बिनी, १९ असोजः नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । “यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । यसैगरी, बेलहिया,… Continue reading नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने