जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त वन मन्त्री चौलागाईँ

नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं शुक्रबार मन्त्रालयमा पदभार सम्हाल्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा पदवहालीका क्रममा आज उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराए । मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने… Continue reading जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त वन मन्त्री चौलागाईँ

नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक… Continue reading नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्बा श्रेष्ठ शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण… Continue reading महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

तानसेन (पाल्पा), २६ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक… Continue reading पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

नवनियुक्त मन्त्रीहरुलाई शपथ काठमाडौँ, २६ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय÷रासस

काठमाडौँ, २६ मङ्सिर ः नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ… Continue reading मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

पाहुना पर्खाइमा ‘मुदीगाउँ’

राससम्याग्दी, २६ मङ्सिर । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको… Continue reading पाहुना पर्खाइमा ‘मुदीगाउँ’

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

दमौली (तनहुँ), २६ मङ्सिर । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै… Continue reading मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने

२६ मंसिर, मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि पुरै दिन चल्ने भएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत खुला गर्ने निर्णय भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ… Continue reading एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने

एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, २६ मङ्सिरः यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४०… Continue reading एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

file

त्रिवेणी (नवलपरासी), २६ मङ्सिर ः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल… Continue reading नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

काठमाडौँ, २६ मङ्सिर । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार… Continue reading निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

सम्पादकहरुसँग ओलीको भेट, के भने ?

RSS

काठमाडौँ, २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे… Continue reading सम्पादकहरुसँग ओलीको भेट, के भने ?

मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौँ, २५ मङ्सिर । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले… Continue reading मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुरको सल्लाघारीमा यही मङ्सिर २७ गते हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्‌घाटनका लागि मञ्च निर्माण गरिँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक… Continue reading एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

RSS

काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २०… Continue reading लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले… Continue reading जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

file

बेइजिङ, २५ मङ्सिर (रासस–एएफपी) । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ । यस अघि गुआङडोङ र हङकङका… Continue reading चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

Local people transported by tractors and motorcycles flee from their home in northwestern provinces of Cambodia's border with Thailand, Tuesday, Dec. 9, 2025. (AP Photo/Heng Sinith)

बैङ्कक, २५ मङ्सिर (रासस–सिन्ह्वा) । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको… Continue reading कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

A damaged house is pictured at the site of a landslide in Warathenna, in Kandy district on December 4, 2025. Officials in Indonesia and Sri Lanka battled on December 3 to reach survivors of deadly flooding in remote, cut-off regions as the toll in the disaster that hit four countries topped 1,500. (Photo by Ishara S. KODIKARA / AFP)

कोलम्बो, २५ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ । महिला तथा बाल–बालिका उपमन्त्री नमल सुदर्शनले विपद्का कारण देशव्यापी रूपमा एक लाख भन्दा बढी बालबालिका गम्भीर रूपमा प्रभावित भएको जनाउदै सबै भन्दा बढी पुत्तलम जिल्लामा ४३ हजार बालबालिका प्रभावित… Continue reading श्रीलङ्कामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

(251210) -- FES, Dec. 10, 2025 (Xinhua) -- Rescuers work at the site where two buildings collapsed in the city of Fes in Morocco, Dec. 10, 2025. At least 19 people were killed and 16 others injured when two buildings collapsed in the city of Fes in Morocco Tuesday night, the country's state news agency said. (Photo by Saouri Aissa/Xinhua)

रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् । भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका… Continue reading मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

File : (Photo by AFP) / China OUT

जेनेभा,२५ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बावजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी… Continue reading विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

गलकोट (बागलुङ), २५ मङ्सिरः एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार… Continue reading दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

रासस

काठमाडौँ, २५ मङ्सिर ः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ… Continue reading एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

काठमाडौँ, २५ मङ्सिरः हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस… Continue reading आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

देशका अधिकांश भागमा आज मौसम सफा रहने

RSS

काठमाडौँ, २५ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे… Continue reading देशका अधिकांश भागमा आज मौसम सफा रहने

सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्पन्न भएको सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको हो।साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ, २४ मङ्सिर : सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको सहमतिमा भनिएको छ, “राजनीतिक, नीतिगत तथा… Continue reading सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

RSS

काभ्रेपलाञ्चोक, २४ मङ्सिर । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल… Continue reading काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तर संवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउए । उनले नेतृत्व पुस्तान्तरण… Continue reading केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

RSS

काठमाडौँ, २४ मङ्सिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा… Continue reading एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

RSS

काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा… Continue reading सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति