विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो । उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो । अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो… Continue reading विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं । संसदमा देखिएको गतिरोधका सम्बन्धमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख चयनमा देखिएको अन्यौल र यसले पारेको प्रभावका सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले सभामुख चयनमा ढिलाई गरेर सत्तारुढ… Continue reading कांग्रेस संसदीय दलको बैठक आज

आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । सम्भवतः आज सभामुखको टुंगो लाग्ने नेकपाका नेताहरुले बताएका छन् । बिहीबारको वार्ता सहमति नजिक पुगेको र शुक्रबार सभामुखको टुंगो लाग्ने बताइएको छ । यद्दपी बिहीबार यसबारे ठोस के कुराकानी भयो भन्ने चाही खुलाइएको छैन । प्रतिनिधिसभा ६ माघका लागि बोलाइएको छ… Continue reading आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

फाइल तस्वीर

काठमाडौं । देशभर वर्षा जारी रहेको छ । राजधानी काठमाडौंमा पछिल्लो १२ घण्टा देखि वर्षा जारी छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा समेत हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात जारी रहेको हो । वायुको पश्चिमी न्यून… Continue reading राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

प्रचण्ड-ओली भेट, वार्ता सकारात्मक

काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको हल्ला फैलिएको थियो । खासगरी सभामुख चयनका विषयमा नेकपाभित्र चुलिएको विवादले दुई नेताबीच दूरी बढेको बताइएको थियो । यसै सन्दर्भमा ओली र प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयनबारे छलफल भएको बताइएको छ । उपसभामुखलाई राजिनामा… Continue reading प्रचण्ड-ओली भेट, वार्ता सकारात्मक

त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ । धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार… Continue reading त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि रुसको मन्त्रीमण्डलका सबै सदस्यले राजिनामा गरेका छन् । रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको मन्त्रिपरिषदका मन्त्रीले राजीनामा गरेका हुन् । प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको उल्लेख गरेका छन् । पुटिनले समेत प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद ज्ञापन गरेका छन्… Continue reading रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काठमाडौं । बझाङमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । आज माघ २ भूकम्प सुरक्षा दिवस मनाउने दिनमै पश्चिम नेपालमा भूकम्पको अनुभव गरिएको हो । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे भने थाहा… Continue reading भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

फाइल तस्वीर

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका आरोपित मध्ये एक शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ उनको नागार्जुनस्थित घरमा बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । नागार्जुन, १ नर्सरी चोकमा उनको घर रहेको छ । विस्फोटले घरमा सामान्य क्षति भएको र पार्किङ गरी राखेको गाडीमा समेत सामान्य क्षति भएको बताइएको छ… Continue reading ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् । १२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र… Continue reading प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरबार भित्रको पुरानो संसद भवन भत्काउन नेपाल पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। भूकम्पले भत्काएको यो भवन जीर्ण बनिसकेको छ । यो भवनलाई सरकारले राजकीय भोज आयोजना गर्न भवनका रुपमा विकास गर्ने योजना बनाएको छ । समितिले भने पुरानो भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । समितिको मंगलबार… Continue reading सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

काठमाडौं । निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमा आक्रमण हुने क्रम अझै रोकिएको छैन । राजधानी काठमाडौं मै एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका, ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीका कारण टावरमा पुगेको क्षतिले सेवा सेवा अवरुद्ध भएको कम्पनीले जानकारी… Continue reading काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

काठमाडौं । गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राती दरबारमार्गस्थित वानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उनी दूर्घटनामा परेका हुन । प्रहरीका अनुसार कार उनी आफैले चलाएका थिए । तीनकुनेस्थित सडक पोलमा उनको कार ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल ट्रमा सेन्टर पुर्याइएको थियो। तर, चिकत्सिकले उनलाई मृत… Continue reading गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

काभ्रेमा टिपर चालकले लिए सपथ

काभ्रे । सडक दुर्घटना न्यूनिकरण र नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेमा नौलो शैली अपनाइएको छ । सोमबार काभ्रेमा टिपर चालकलाई ९ बुँदे सपथ खुवाइएको छ । नेपालमा पछिल्ला दिनमा अधिक गतिका कारण टिपरले ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । यसैमेसोमा काभ्रेमा सोमबार चालकहरुलाई सथप खुवाइएको छ । कार्यक्रममा करिब ५०… Continue reading काभ्रेमा टिपर चालकले लिए सपथ

देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद समाधानमा पहल थालेका छन् । उनले आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्दै अनिर्णयको बन्दी भएको पार्टीलाई निकास दिने प्रयास थालेका हुन् । ११ पुसमा केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र वर्तमान कार्यसमितिको अवधि १ वर्ष लम्ब्याएपछि पौडेल र सिटौला… Continue reading देउवाको सक्रियताले कांग्रेसमा निस्किएला निकास ?

प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् । दुई जना भने अनुपस्थित थिए ।… Continue reading प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

सभामुख पदका लागि नेकपाको विवाद उत्कर्षमा, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । सभामुख पदमा नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दा त्यसको असर प्रतिनिधिसभा बैठकमा परेको छ । आइतबारका लागि बोलाइएको बैठक सूचना टासेर आगामी ६ माघसम्मका लागि स्थगित भएको छ । नेकपामा पार्टीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गर्न लगाएर नयाँ सभामुख चयन प्रक्रियामा जाने निर्णयमा पुगेको थियो । तर, उपसभामुख भने आफू सभामुख बन्ने शर्तमा… Continue reading सभामुख पदका लागि नेकपाको विवाद उत्कर्षमा, प्रतिनिधिसभा बैठक स्थगित

महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध लागेको बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाएको छ । रोशनीले शुरुमा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, त्यसको २४ घण्टा पनि नबित्दै उनले महराबाट त्यस्तो कुनै काम नभएको भन्दै उनी निर्दोष रहेको बयान दिएकी थिइन् ।… Continue reading महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न विष्णु लामालाई प्रहरीले गोली हानेर समातेको हो । महानगरीय प्रहरी वृत्त, बौद्धले लामालाई प्रक्राउ गर्न खोज्दा भागेको र त्यसपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले दायाँ खुट्टामा घुँडामुनी गोली हानेर उनलाई पक्रिएको छ । लामा रहेको सूचनाका… Continue reading काठमाडौंको बौद्धमा गोली हानी अभियुक्त लामालाई पक्राउ

माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माटोको सम्मान र राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने परिपाटी मुलुकमा आउन नहुने बताएकाछन् । पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने समेत उल्लेख गरेका छन् । उनले परस्पर प्रेम, एकता र सद्भावमा लाग्न समेत देशबासीमा आह्वान गरेका छन् । जनमानसमा… Continue reading माटोको सम्मानमा बोल्नै नहुने, यो हुनुहुदैन : पूर्वराजा ज्ञानेन्द्र

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

काठमाडौं । नेपाल एकीकरणमार्फत टुक्रा टुक्रामा विभाजित राज्यलाई सिंगो मुलुक बनाएका राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ मा उनको जन्म भएको थियो । १८ वर्षको उमेरमै राजगद्दी सम्हालेका उनी त्यसपछि नेपाल एकिकरणको अभियानमा लागेका थिए ।… Continue reading आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झनामा विविध कार्यक्रम

पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

file

कराँची । पाकिस्तानमा बम विस्फोटमा गरी कम्तिमा १५ जना मारिएका छन् । शुक्रबार राती भएको विस्फोटको जिम्मा आइएसले लिएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा विष्फोट भएको हो । दुई दर्जनभन्दा बढी मानिस घाइते भएको बताइएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ । घटनामा… Continue reading पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

प्रधानमन्त्रीको डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए । सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् । आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ… Continue reading प्रधानमन्त्रीको डायलासिस आज पनि

उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । प्रवक्ता नारयणकाजी श्रेष्ठका अनुसार सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार उपभामुखसँग छलफल गरेका थिए ।… Continue reading उपसभामुखलाई राजिनामा गराउने नेकपाको निर्णय

अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार उपसभाुमख शिवमाया तुम्बाहङफेसँग छलफल गरेका छन् । सो क्रममा शीर्ष नेताले राजिनामा गरेर सभामुख चयनको बाटो खुला गर्न आग्रह गरेका थिए । तर, शिवमायाले भने यसमा असहमति जनाएकी छिन् । शुक्रबार दिउँसो नेकपाका अध्यक्षद्धयले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्… Continue reading अझै फुकेन सभामुखको गाँठो, शिवमायाले दिइनन् राजिनामा

बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार तत्काल नगर्ने भएका छन् । सोहीकारण राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई थप एक एक वटा मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । ढकालले कानून, न्याय तथा संसदीय मामिला र बास्कोटाले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन्… Continue reading बास्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

काठमाडौं । नेपालमा क्रसर उद्योगीको दादागिरिको एक हद शुक्रबार देखिएको छ । उत्खनन् बाट नदीजन्य वस्तुको अवैध तस्करी रोक्न माग गर्ने एक युवालाई धनुषामा टिपरले किचेर मारिएको छ । प्रहरीका अनुसार धनुषा जिल्ला, मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको काम रोक्न सक्रिय स्थानीय युवा दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या… Continue reading अवैध क्रसरको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने… Continue reading आजबाट श्रीस्वस्थानी व्रत शुरु

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु

File

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु भएको छ । यो सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो नियन्त्रणका लागि सडक दिउँसो बन्द हुँदै आएको थियो । काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालनमा आएको हो । दिउँसो दैनिक चार घण्टा सवारी साधन बन्द गरेर यहाँ पहिरो नियन्त्रणको काम भएको हो… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सूचारु