पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

काठमाडौं । आज पुस २७, देशभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रम आयोजना गरि मनाइयो । यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सिंहदरबार अगाडी रहेको सालिकमा पुगेर माल्यार्पण गरेका छन् । माल्यार्पणपछि यो अवसर जुटाएकोमा राष्ट्रपतिले नेपाल सरकारसहित सबै सरोकारवालालाई धन्यवाद दिएकी छिन् । देशको प्रमुख प्रशासनिक केन्द्र… Continue reading पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण… Continue reading लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो। त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको… Continue reading विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

नेपालमा एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८४ जनाको पीसीआर परीक्षण गर्दा १९८१ जना र २४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ गरी २४४४जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा… Continue reading नेपालमा एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं उपत्यकाका प्रशासनद्वारा नयाँ आदेश जारी, २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौैं । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ । मंगलवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी २५ जनाभन्दा बढी भेलामा रोक लगाउने निर्णय गरेको हो । जसमा घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन… Continue reading काठमाडौं उपत्यकाका प्रशासनद्वारा नयाँ आदेश जारी, २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं उपत्यकामा एकैदिन थपिए १२८६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ ।

काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजबाट कोभिड १९ भाइरसविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन लागिएको हो । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही… Continue reading काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै

आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

काठमाडौं । आज नेपालमा पृथ्वीजयन्ती परेको छ । प्रत्येक वर्ष पुस २७ मा राष्ट्रनिर्माताका नामबाट पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरिएका ेछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको हो । विसं १७९९ चैत २५ गते… Continue reading आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे खोल्न दिइएको अनुमतिका सम्बन्धमा सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । चमेनागृह सञ्चालन गर्न गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको मन्त्री आलेले तीन दिन अगाडी समिति गठन गरेका थिए । समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार… Continue reading नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरि निर्णय गरेको छ । कोरोना संक्रमण फैलिएसँगै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको हो । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका… Continue reading सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

नेपालमा थप १४४६ जनामा कोरोना संक्रमण पुष्टी, २५५ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १४४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी १४४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै… Continue reading नेपालमा थप १४४६ जनामा कोरोना संक्रमण पुष्टी, २५५ जना संक्रमण मुक्त

कोरोनाको जोखिममा उपत्यका, एकैदिन थपिए ८७६ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् । सोमवार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ । हाल नेपालमा रहेका सक्रिय संक्रमित मध्ये ५१ प्रतिशत बढी राजधानी उपत्यकामा मात्र रहेका छन्। हाल नेपालमा… Continue reading कोरोनाको जोखिममा उपत्यका, एकैदिन थपिए ८७६ जना संक्रमित

मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

काठमाडौं । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरेर उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको जनाएको हो । केही स्थानीय तहमा भने यो अभियान केही… Continue reading मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो । सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा… Continue reading बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा झारफुकमा विश्वास गरि कथित ‘माता’को आश्रममा राखेकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो । केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी… Continue reading झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि सोमबारबाट आचार संिहता शुरु भएको छ । निर्वाचन माघ १२ मा हुने छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको जनाएको छ । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

File Photo

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमण र मानिसहरुलाई खोपमा अनिवार्य गराउन यस्तो निर्णय लिइएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार यस्तो निर्णय गरेको हो । व्यवस्था माघ ३ बाट लागु हुने भएको छ । निर्णय अनुसार सार्वजनिक कार्यालय, होटल तथा… Continue reading होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द

फाइल तस्वीर (THT)

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द गर्ने निर्णय लिएको छ । आइतबार प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै सरकारले यस्तो घोषणा गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार नेपालमा ११६७ जनामा कोरोना भाइरस… Continue reading कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द

नेपालमा थप ११६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो । यही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ६ हजार… Continue reading नेपालमा थप ११६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शक्ति बस्नेत र उनकी पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पहाडीले सामाजिक सञ्जालमार्फत श्रीमान श्रीमती नै कोरोना भएर होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्। ‘तेस्रोपटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा’, उनले लेखेकी छन्। पार्टीको आठौँ महाधिवेशनमा सहभागी भएका नेताहरूलाई एकपछि… Continue reading दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आएपछि भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् । शनिबार विमानस्थल अनुगमनमा पुगेका उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । उनका अनुसार क्यालीब्रेसन फ्लाइटका तयारी पूरा भएको छ ।… Continue reading मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

Photo : Inter Services Public Relation via EPA-EFE

इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ । बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब… Continue reading पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । यद्दपी उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भने भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबारदेखि आइसोलेशनमा बसेका प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुनेछ । शुक्रबार प्रचण्ड र देउवाबीच नजिकबाट भेट भएको थियो… Continue reading प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुगेका हुन् । भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् । एमालेले पार्टीले कारबाही… Continue reading ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च माओवादी नेतालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएसँगै माओवादी पार्टीले महाधिवेशनमा सहभागी भएका १,७०० प्रतिनिधिलाई समेत कोरोना भाइरस परीक्षण गर्न भनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको… Continue reading प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य

काठमाडौं । नेपालमा लगातार दोस्रो दिन ९ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना… Continue reading नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य

अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने

काठमाडौं । अहिले सरकारले मुलुकभर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । तर, यो जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित हुँदा अत्यधिक भिडभाड बढेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि… Continue reading अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने

एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो ।… Continue reading एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै सरकारले सरकारी अस्पताललाई परिस्थिति जटिल बन्न सक्ने भन्दै सचेत गराएको छ । सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक… Continue reading सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी