एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् । स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो… Continue reading एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । सो प्रयोजनका लागि आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाइएको छ ।आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।  त्यससङ्गै माओवादीको आठौँ महाधिवेशन सकिएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली… Continue reading माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । रासायनिक मल खरिदमा १ अर्ब ५३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालाई प्रतिवादी बनाएको छ।‘कृषि सामग्री कम्पनीलाई हानिनोक्सानी र… Continue reading मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवलबाट रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । शव बोकेको यो बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा सडकबाट ६० मिटर तल खसेको छ । बुटवलमा निधन भएका… Continue reading मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे । माओवादीको विधानमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।… Continue reading माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको खुलातर्फको केन्द्रीय सदस्यमा १११ जना निर्वाचित भएका छन् । आइतबार प्रज्ञा भवनमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेसँगै उनीहरुको नम अनुमोदन भएको हो । माओवादीमा कुल २९९ केन्द्रीय सदस्य रहने प्रावधान छ । यसमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने व्यवस्था गरेको छ । प्रचण्डले १११ जनाको… Continue reading माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन कार्यतालिका संसोधन गरेको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका सोमबार८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो । संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय… Continue reading माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ । पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन… Continue reading नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

फाइलफोटो

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका… Continue reading कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आग्रहमा आज बस्ने गरि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेको थियो । आज बस्ने गरि बैठक आह्वान भएको थियो । उता माओवादी केन्द्रले भने आज नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ… Continue reading माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

काठमाडौं । नेपाली सेनामा एक साथ दुई सय २९ जनाका लागि जागिर खुलाएको छ । सेनाले क्याडेट अधिकृत पदमा आवेदन माग गरेको हो । छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको जनाएको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ। सेनाको… Continue reading नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ । संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो… Continue reading आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११… Continue reading राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

लमजुङमा भूकम्पको धक्का महसुस

पोखरा । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले… Continue reading लमजुङमा भूकम्पको धक्का महसुस

देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

rss

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको नेपाली कांग्रेसले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि,… Continue reading देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको… Continue reading माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते… Continue reading नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

File

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा… Continue reading भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

काठमाडौं । राष्ट्रिय सभामा सदस्य निर्वाचनका लागि शनिबारबाट प्रक्रिया शुरू हुँदैछ । कुल १९ जना सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ । सो प्रयोजनका लागि तयाीको काम भने आजैबाट थालिने भएको हो । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन… Continue reading राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता लिइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका… Continue reading आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको तस्वीर स्वयमः मिश्रले सार्वजनिक गरेका हुन् । मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको समेत जनाएका छन् । शुक्रबार बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे… Continue reading रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार मिनिट्रक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको भने उपचारको क्रममा मृत्यु भएको छ ।… Continue reading गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

Photo : BBC

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढ्दै गएपनि नेपाल प्रवेशमा भने सहज बनाएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो। उक्त निर्देशनसँगै विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले नेपाल प्रवेशमा कडाइको निर्णय उल्टिएको छ । सरकारको यो निर्णय मंसिर १६… Continue reading नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही… Continue reading माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित

मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमै पुगेर प्रमुख कार्यकारी अधिकृत (सिइओे)को आलोचना गरेका छन् । बोर्डको २३ औं वार्षिकोत्सवको अवसरलाई आज सम्बोधन गर्ने क्रममा उनले सिइओ जनञ्जय रेग्मीलाई साँढेको संज्ञा दिएका हुन् । रेग्मीलाई सिइओ पदमा राखेर संस्था उभो नलाग्ने मन्त्री आलेको निष्कर्ष छ । आफूलाई बेलायत भ्रमण जाँदा… Continue reading मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन

काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अबेरसम्म संचालनमा आउन सकेको छैन । यसबाट आन्तरिक तथा बाह्य गन्तव्यका सबै उडान प्रभावित बनेका छन् । अहिले नेपालमा भद्रपुर र विराटनगर बाहेक सबै विमानस्थलका हुस्सुले उडान अवतरण प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ । वर्षा रोकिएपनि हुस्सु र बादल नहटेका कारण नेपालभरको… Continue reading बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन

ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो

काठमाडौं  । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाउने निर्णय लिएको।छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलोपटक यहाँ पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार सो मुलुकले बिहिवारबाट रात्रिकालीन कर्फ्यु हटाएको हो । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको समाचारमा उल्लेख छ… Continue reading ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो

हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

 पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् । बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ… Continue reading हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य