Category: समाचार

  • प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस

    प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आग्रह गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गरेका छन् । ‘जवाफमा प्रचण्डले कांग्रेस इमान्दार हुनुपर्ने बताएका छन् ।

    दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने अडान लिएका छन्। खुमलटारमा प्रचण्डसँग छलफलपछि पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए।

  • त्रिपुरेश्वरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    त्रिपुरेश्वरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । घाइते सुनारको उपचारका क्रममा काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो।

  • आज हिउँदे वर्षाको सम्भावना

    आज हिउँदे वर्षाको सम्भावना

    काठमाडौं । आज देशका केही क्षेत्रमा हिउँदे वर्षाको सम्भावना छ । देशका केही भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । हिमाली भू-भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ । सोमबार भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स  शोभराज

    जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज

    काठमाडौं । जेल मुक्त भएसँगै बिकिनी किलरका नामबाट संसारभर कुख्यात चार्ल्स शोभराज नेपालबाट निकाशनमा परेका छन् । उनलाई नेपाल सरकारले डिपोर्ट गरी फ्रान्स पठाएको हो । नेपालमा उनले ५० हजार जरिवाना तिरेका छन् । साथै उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् । उनी कतार एयरवेजको जहाज चढेर फ्रान्स लागेका हुन् ।

    विमानस्थलसम्म उनलाई कढा सुरक्षाका बीच पुर्याइएको थियो । उनले आफ्नो अनुहार सञ्चारमाध्यमले खिच्न नपाउन भन्ने चाहना राखेका थिए । यो चाहना उनले पुरा गरेका छन् । कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६ः३५ बजे पेरिसमा उत्रने छन् । उनले नेपालमा १९ वर्ष जेल जिवन बिताएका छन् । जन्मकैदको सजाय पाएर थुनामा रहेका चार्ल्स शोभराधलाई सर्वोच्च अदालतले बुधबार थुनामुक्त गर्ने आदेश दियो ।

    अदालतबाट थुनामुक्त गर्ने आदेश आए लगत्तै उनले केही दिन नेपालमै बस्न चाहेको बताएर त्यसको वातावरण बनाउन कारागार प्रशासनलाई आग्रह गरेका थिए । अदालतले पनि उनलाई १५ दिन भित्र स्वदेश फर्काउन आदेश दिएको थियो । तर उनको त्यो आग्रह नमानी अध्यागन विभागले शुक्रबार नै उनलाई फ्रान्स डिपोर्ट गरेको छ ।

  • बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

    बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

    बारा । बारामा गोली प्रहार गरी एक जना भारतीय नागरिकको हत्या गरिएको छ । अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् । कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका(२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए ।

    नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । शिवपुजनको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । मृतक यादव भारतको मोस्ट वान्टेड सूचीमा रहेका थिए । उनी बिहीबार मात्र भागेर नेपाल आएर आफन्तकोमा बसेको समेत प्रहरीले जनाएको छ ।

  • महिन्द्रराय यादव र रामकुमार राईले लिए शपथ, अझै दुई सांसद शपथ लिन बाँकी

    महिन्द्रराय यादव र रामकुमार राईले लिए शपथ, अझै दुई सांसद शपथ लिन बाँकी

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    प्रतिनिधि सभाका २७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राईले बिहीबार शपथ लिन सकेका थिएनन्।

    अब दुई सांसदले शपथ लिन बाँकी छ। सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सकेका छैनन्।

    प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० गरी २७५ सांसद छन्।

  • भारतले दियो नेपाललाई चैतसम्म ५० हजार टन गहुँ आयातको अनुमति

    भारतले दियो नेपाललाई चैतसम्म ५० हजार टन गहुँ आयातको अनुमति

    काठमाडौं । भारतलेले नेपाललाई चैतसम्म ५० हजार टन आयातको अनुमति दिएको छ । गहुँ निर्यातका लागि कोटा निर्धारण गर्दै उक्त अनुमति दिएको हो ।

    गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो ।

    नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक-पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।

    भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महँगो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।

    भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रि रहेको छ ।

  • हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

    हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

    काठमाडौं । नेपालमा हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक जसो प्रभावित बनेको छ । शुक्रबार पनि पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले त्रिभुवन विमानस्थलसहित देशका विभिन्न स्थानमा विमानस्थलहरुमा भिजिविलिटी कम हुन पुगेको छ ।


    देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढिरहेको छ। आज काठमाडौं उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

    कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै मास्क प्रयोग गर्न समेत भनेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

    ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ। पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

  • गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

    गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

    काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।

    ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् । सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल भएको नबिर्सिएको पनि उल्लेख गरेका छन् । उनी पेशाले व्यवसायी हुन् ।

  • गठबन्धनका शीर्ष नेताबीच सरकार गठनबारे छलफल

    गठबन्धनका शीर्ष नेताबीच सरकार गठनबारे छलफल

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच सरकार गठबनबारे छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकले बिहीबार अपराह्न प्रतिनिधि सभाको संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत चयन गरेको थियो।

    प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको तर्फबाट छैटौँ पटक दलको नेतामा निर्वाचितभएका छन् । अध्यक्ष नेपाल दलको नेतामा सर्वसम्मत चयन भएका छन् । राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम उनीहरुबीच सत्ता सहकार्यका विषयमा छलफल भएको हो।

  • आयात घट्दा व्यापार घाटा पनि कम

    आयात घट्दा व्यापार घाटा पनि कम

    नेपालमा चालु आर्थिक वर्षको शूरुवातबाटै आयात खुम्चिएको छ । यसले व्यापार घाटामा समेत कमी ल्याएइको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार थियो । यस वर्ष व्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ ।

    निर्यातमा समेत ३५ प्रतिशत गिरावट छ । आयात २० प्रतिशतले खुम्चिँदा व्यापार घाटा कम भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएको थियो ।

    गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँको निर्यात भएको छ । निर्यात र आयात दुबैमा संकुचन हुँदा व्यापार घाटासँगै कुल वैदेशिक व्यापार पनि घटेको छ । चालु आवको पहिलो पाँच महिनामा वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

    गत आवको मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको कुल वैदेशिक चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँमा झरेको छ । मंसिर मसान्तसम्म भएको कुल आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब ३६ करोड १० लाख १५ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

  • फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन, नगरे २ हजार जरिवाना

    फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन, नगरे २ हजार जरिवाना

    काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ ।

    आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ ।

    सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन् ।’

    इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक डा पाण्डेको दाबी छ । उनका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाइएमा रु २ हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ ।

  • प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ

    प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले लिए सपथ

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच सांसदहरुले सपथ लिएका हुन्। ।

    नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।

    त्यसपछि सांसद्हरुले सांसदको लोगो पनि लगाएका थिए।

  • त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा

    त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ ।

    विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएका छन् ।

    कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको हो ।

  • प्रतिनिधिसभा सदस्यको सपथ आज

    प्रतिनिधिसभा सदस्यको सपथ आज

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन्

    शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

  • पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ

    पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ

    काठमाडौं । जेष्ठ सदस्यका रुपमा राप्रपाका सांसद पशुपतिशम्शेर राणाले शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

    योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।

  • विवाहमा झडप हुँदा पर्सामा एक युवकको मृत्यु

    विवाहमा झडप हुँदा पर्सामा एक युवकको मृत्यु

    पर्सा । विवाहमा झडप हुँदा पर्सामा एक युवकको ज्यान गएको छ । जगरनाथपुर गाउँपालिका–३ मा विवाहमा नाच्ने क्रममा विवाद हुँदा कुटपिटबाट स्थानीय करिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको ज्यान गएको हो ।

    सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो ।

    सैमुल्लाहले नाच्न नदिएको भन्दै उनीमाथि उनकै काकाहरुले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

  • नागरिकता विवाद: रवि लामिछानेलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुल्यो

    नागरिकता विवाद: रवि लामिछानेलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुल्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । योसँगै लामिछानेलाई शपथ लिन बाटो खुलेको छ ।

    चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।

  • एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

    एमाले सांसदले नेपाली भाषामै शपथ लिनुपर्ने, राष्ट्रिय पोशाक अनिवार्य

    काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई नेपाली भाषामै शपथ लिन ह्वीप जारी गरेको छ । बिहीवार हुन लागेको सपथ ग्रहण नेपाली भाषामै लिन र राष्ट्रिय पोशाक अनिवार्य गरेको हो ।

    कतिपय सांसदले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिने तायारी गरेपछि एमालले ह्वीप जारी गरेको हो ।

    संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् ।

    प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।

  • कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल, गगनले पाएनन् आफ्नै समूहका मत

    कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल, गगनले पाएनन् आफ्नै समूहका मत

    काठमाडौं । नेपाली कांग्रेसका पुस्तान्तरणको प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै पुस्तान्तरणको प्रयास असफल भएको हो ।

    यससँगै कांग्रेसमा संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए।

    देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरे ।

    देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

    संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने आंकलन गरिएको थियो ।

  • कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

    कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

    देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।

    देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

    थापालाई महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । तर यसको औपचारिक घोषणा हुन बाँकी छ।

  • संसदका जेष्ठ सदस्यको सपथ आज, अन्यको भोली

    संसदका जेष्ठ सदस्यको सपथ आज, अन्यको भोली

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउने भएकी छिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।


    नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठो ठहरिएका हुन् । जबरा राप्रपाबाट समानुपातिकतर्फका सांसद हुन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।

  • संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

    संसदीय दलको नेता छान्न कांग्रेसमा आज निर्वाचन, गगन र देउवा भिड्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

    गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ । देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुन बहुमत ल्याउनुपर्छ ।

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग चल्न सक्ने

    न्यूयोर्क । झण्डै दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ। डेमोक्र्याटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो। उक्त संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ।

    ट्रम्पका समर्थकहरूले सन् २०२१ को ज्यानुअरी ६ मा कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्‍याएका थिए। ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई कङ्गारु कोर्ट को आरोप लगाएका छन्। उनले यस अनुसन्धानलाई आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन्। उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमवारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

    उनीमाथि देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको, औपचारिक प्रक्रियामा अवरोध पुर्‍याएको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउन षड्यन्त्र गरेको आरोप लागेको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताहरूले संसदीय समितिको सिफारिसलाई मान्नु नै पर्छ भन्ने छैन।

    समितिका कदमहरू धेरैजसो साङ्केतिक हुने भए तापनि त्यसका सभापतिले प्रस्तावित अभियोगहरूलाई न्यायका लागि मार्गदिशा बताएका छन्। न्याय मन्त्रालयका प्रवक्ताले उक्त सिफारिसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरे। सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको उक्त समितिले सोमवार आफ्नो प्रारम्भिक १६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ।

  • एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

    एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

    उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता छानिएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुनेछ ।

  • पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

    पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एकको मृत्यु, १२ जना भन्दा बढी यात्रु घाइते

    काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार काठमाडौंबाट लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको लु २ ख २६४४ नम्बरको बस गजुरी गाउँपालिका २ नयाँ बिहानी पेट्रोल पम्प नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइतेका भएका छन् ।

  • प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

    प्रदीप पौडेलले छाडे देउवा र सिटौलाको साथ, संसदीय दलको निर्वाचनमा गगनलाई सघाउने

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् ।

    पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

    दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उठ्ने भएपछि नेताहरु बाँडिन थालेका छन् ।

    कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । सिटौला र संस्थापन समूहबाट चौधौँ महाधिवशेनमा महामन्त्री पदमा पराजित भएका थिए।

    प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।

  • देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

    देउवाले नछाडेपछि संसदीय दलको नेताका आकांक्षी रामचन्द्र पौडेल पुस्तान्तरणको बाधक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।

    पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

    पौडेल आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।

    नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् ।

    पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

  • देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

    देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, प्रस्तावक शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

    इतर समूहका सांसदहरुसहितको उक्त बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवासँग दलको नेतामा भिड्न गगनको नाम प्रस्ताव गरेका हुन्।

    संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो।

    शेखरले नै गगनलाई उम्मेदवार प्रस्ताव छन्। । सहमति केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।

    संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा उम्मेदवार हुने पक्का भइसकेको छ । थापाले गत चुनावमै प्रचार प्रसारका क्रममा आफू प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका थिए ।

    कांग्रेसमा संस्थापनबाट सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री हुने गरी दलको नेतामा उठ्न तयार भइसकेका छन्।

    कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ। उम्मेदवारहरुको मनोनयन दर्ताको समय भने मंगलबार दिउसोका लागि निर्धारण गरिएको छ।