एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

RSS

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै… Continue reading एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १४ चैत । काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरी नगरपालिका–१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा… Continue reading काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

RSS

काठमाडौँ, १४ चैतः नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए… Continue reading पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ, १४ चैतः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस… Continue reading पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

१४ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले देशैभरी सडक प्रदर्शन थालेको छ । सो क्रममा काठमाडौंमा उग्र प्रदर्शन भएको छ । प्रदर्शनकारीले अहिले माइतीघर–बानेश्वर सडक खण्डमा टायर बाल्दै प्रूदर्शन गरिरहेका छन् । सो क्रममा पटक पटक झडप समेत भएको छ । कार्की आयोगको सिफारिसका आधारमा सरकारले ओलीलाई… Continue reading ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक, १४ चैतः शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ । उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति… Continue reading बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

त्रिवेणी (नवलपरासी), १४ चैतः नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको… Continue reading दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

पुर्व प्रधानमन्त्री ओली पक्राउ

१४ चैत, काठमाडौं । प्रहरीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । उनलाई गुन्डुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले स्टाटस लेख्दै यो प्रतिसोध नभइ कानुनी शासन भएको बताएका छन् ।

ओली पक्राउ गर्न निवासमा प्रहरी

१४ चैत, काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी भक्तपुर स्थित निवासमा पुगेको छ । त्यहा एमाले कार्यक्रता समेत भेला भएका छन् । अहिले ओलीले कानुनी परामर्श गरिरहेको बताइएको छ ।

काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१४ चैत, काठमाडौं । पुर्व गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । २३/२४ भदौको जेन जि आन्दोलन दमन गरेको कसुरमा उनी पक्राउ परेका हुन् । अहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौँ, १३ चैत । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको… Continue reading मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

काठमाडौँ, १३ चैतः प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले… Continue reading प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन

तस्बिरः किरणराज विष्ट\रासस

काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित… Continue reading प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

सपथ ग्रहण समारोह काठमाडौँ, १३ चैतः राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला काकी सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, १३ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरे । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा… Continue reading नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

File तस्बिरः नवीन पौडेल\रासस

काठमाडौँ, १३ चैतः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । उनले भने, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।” आफू जनतालाई परिणाम दिनेगरी काम… Continue reading सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

अर्थमन्त्री वाग्लेद्वारा १५ ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

RSS

राससकाठमाडौँ, १३ चैतः नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनी आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान… Continue reading अर्थमन्त्री वाग्लेद्वारा १५ ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण काठमाडौँ, १३ चैतः कृषि तथा पशुपंक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नारायण न्यौपाने\रासस

महेन्द्रनगर, १३ चैतः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाएका छन् । “छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ ।” गीताका बुवा जयरामले भने, “सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन… Continue reading कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी

लुम्बिनी, १३ चैतः रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा २०५२ सालदेखि स–परिवार स्थायी बसोबास गर्दै आउनुभएका लम्साल २०४७ असोज १८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका हुन् । पहाडको सामान्य परिवारमा हुर्किएका सुनील बुवा बोधराज लम्साल र… Continue reading नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी

स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

तस्बिरः नवीन पौडेल\रासस

काठमाडौँ, १३ चैतः स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त भएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन् । पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन् ।… Continue reading स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

कानुनमन्त्री गौतमद्वारा पदभार ग्रहण काठमाडौँ, १३ चैतः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमद्वारा शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

नवीन पौडेल\राससकाठमाडौँ, १३ चैतः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी… Continue reading कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

काठमाडौँ, १३ चैतः लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् । गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति छन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गरेका थिए । डा वाग्लेले लण्डन स्कुल अफ… Continue reading देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

यस्तो रह्यो बालेनको सपथ ग्रहण, यस्तो बन्यो मन्त्रिमण्डल

नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बधाई काठमाडौँ, १३ चैतः राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगका पदाधिकारीहरू । तस्बिरः रत्न श्रेष्ठ\रासस

काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं… Continue reading यस्तो रह्यो बालेनको सपथ ग्रहण, यस्तो बन्यो मन्त्रिमण्डल

इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

File : Smoke rises from Kuwait international airport after a drone strike on fuel storage in Kuwait City, Kuwait, Friday, Wednesday, March 25, 2026. (AP Photo)

तेहरान, १३ चैत (रासस–एएफपी) । इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ । अब इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहनेछ । पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा… Continue reading इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

कोको बने बालेन सरकारमा मन्त्री ?

१३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । को को बने मन्त्री ? प्रधानमन्त्री… Continue reading कोको बने बालेन सरकारमा मन्त्री ?

बालेन शाहले लिए सपथ

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सपथ ग्रहण गरेका छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री बालेनलाइ सपथ खुवाएका हुन । उनी सङ्गै एक दर्जन मन्त्रीले सपथ लिएका छन् ।

बालेन प्रधानमन्त्रीमा नियुक्त

तस्बिर : रत्न श्रेष्ठ/रासस

१३ चैत, काठमाडौं । नेपालको प्रधानमन्त्रीमा बालेन शाह नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाइ संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । बालेन प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बनेका हुन । बालेनले आजै सपथ ग्रहण गर्नेछन् ।

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही (दाङ), १३ चैतः घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

file

काठमाडौं, १३ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६… Continue reading लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन

काठमाडौँ, १३ चैत । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । असनमा राति करिब १०ः०० बजे उहाँले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गरेका छन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन… Continue reading चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन

चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ… Continue reading चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व