कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने निर्णय गरेको छ। आयोगले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराउने निर्णय गरेको हो। आचारसंहिता उल्लङ्घनबारे आयोगमा १० उजुरी परेको थियो। ती उजुरीबारे शुक्रबारको आयोग बैठकमा छलफल भएको थियो। आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती… Continue reading कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

आज श्रमिक दिवस, विश्वभर मनाइदैं

काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ ।… Continue reading आज श्रमिक दिवस, विश्वभर मनाइदैं

बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

प्यूठान । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका(४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको… Continue reading बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

काठमाडौं । नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली मजदुरको पारिश्रमिक बढाउन त्यहाँको सरकारसँग आग्रह गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा… Continue reading कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण… Continue reading कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको खाताको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको हो । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दलले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने बताएका छन् ।… Continue reading उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार भन्दा बढी उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका रहेको थियो । आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा मनोनयन दर्ता गराएका उम्मेदवारको एकीकृत सूचीलाई आयोगले अझै अन्तिम रूप भने दिइसकेको छैन ।… Continue reading देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

आज उमेदवारले निर्वाचन चिन्ह पाउने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् । स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको… Continue reading आज उमेदवारले निर्वाचन चिन्ह पाउने

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

काठमाडौं । आज मातातीर्थ औसी, देशभर आमाको मुख हेर्ने दिनका रुपमा मनाइंदैछ । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिएको हो । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर… Continue reading आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

काठमाडौं । चितवनमा गठबन्धनलाई चूनौति दिँदै बागी उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट स्वतः निष्काशनमा परेका छन् । पार्टीले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निष्काशन गरेको हो । भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वतः निष्काशनमा परेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले… Continue reading भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

२३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ… Continue reading २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेफ साहलाई सद्भावना दूत नियुक्त गरेका हुन् । उनले खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई… Continue reading सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ। त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा… Continue reading नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त

कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

फाइलफोटो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ । नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको हो। कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, उनको प्रस्तावक… Continue reading कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही गर्ने गठबन्धनको चेतावनी

काठमाडौं । सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको हो । यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उमेदवारी फिर्ता लिने पनि आग्रह गरेको… Continue reading ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही गर्ने गठबन्धनको चेतावनी

लोसपाले चुनाव जिते जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी… Continue reading लोसपाले चुनाव जिते जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

सत्ता गठबन्धनका बागी उमेदवारले आजसम्म उमेदवारी फिर्ता नलिए कारवाही हुने

काठमाडौं । सत्तागठबन्धन भित्र बागी उमेदवार बनेका उमेदवारले उमेदवारी फिर्ता नलिए कारवाही हुने भएको छ । सत्ता गठबन्धनको बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह… Continue reading सत्ता गठबन्धनका बागी उमेदवारले आजसम्म उमेदवारी फिर्ता नलिए कारवाही हुने

मनोनयन फिर्ता लिने अन्तिम दिन आज, आजै अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । स्थानीय तहको ३० वैशाखमा तोकिएको निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्ने भएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने छ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते… Continue reading मनोनयन फिर्ता लिने अन्तिम दिन आज, आजै अन्तिम नामावली प्रकाशन हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

Photo : Gorakhapatra

काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण उडानमा… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भयो वाइडबडी जहाजको सफल अवतरण

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र/स्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ। आयोगले गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक बिदाका लागि मुख्य सचिवमार्फत सरकारलाई आग्रह गरिएको जानकारी दिए। निर्वाचनसँग सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० सम्म विद्यालयको उपयोग गर्नुपर्ने… Continue reading वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगकाे आग्रह

भरतपुरको बागी उम्मेदवार फिर्ता नलिने पौडेलको अडान, खाणको प्रयास असफल

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुरमा मेयरको उम्मेदवार बनेकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले बिहीबार उनलाई उनकै निवास पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले फिर्ता नलिने अडान दोहोर्‍याएका हुन् । गृहमन्त्री खाणसँगको भेटमा पौडेलले… Continue reading भरतपुरको बागी उम्मेदवार फिर्ता नलिने पौडेलको अडान, खाणको प्रयास असफल

नेपाली कांग्रेसकी नेता सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

काठमाडौं । सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन्। आसन्न स्थानीय तह चुनावका लागि बिहीवार एक कार्यक्रमकोबीच संकल्पपत्र सार्वजनिक गरेकी हुन् । संकल्पमा उनले काठमाडौंलाई झिलिमिली बनाउने, सीसीटीभी लगाउने र रातिसम्म काम गरेर दिदीबहिनीलाई ढुक्कसँग हिँड्ने शहर बनाउने समेत घोषणा गरेकी छिन् । यस्ता छन् संकल्प: १.… Continue reading नेपाली कांग्रेसकी नेता सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

३५ हजार प्रतिनिधि बन्न डेढ लाखको उमेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । बुधबार अबेर अपडेट तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन गर्न अझै बाँकी छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाेचनमा ३५ हजार २२१ पदका लागि… Continue reading ३५ हजार प्रतिनिधि बन्न डेढ लाखको उमेदवारी

म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का… Continue reading म्याग्दीमा मोटरमाइकल दुर्घटना, एक जनाको मृत्यु

चितवनको भरतपुरमा आगलागी, ६ घर जले

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा आगलागी हुँदा ६ वटा घर जलेका छन्् । रातीबाट लागेको आगो बिहीबार बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान २ बजेदेखि आगो निभाउन सुरु गरिएको थियो । चार वटा दमकलको सहयोगमा बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी… Continue reading चितवनको भरतपुरमा आगलागी, ६ घर जले

गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

तस्विर:रासस

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको बाइडबडी जहाज अवतरण गर्ने भएको छ । एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने भएका छन् । जहाज भैरहवामा दुई बसेर… Continue reading गौतमबुद्ध विमानस्थलमा बिहीबार २६० जना यात्रु बोकेर नेवानिको वाइडबडी जहाज अवतरण गर्दै

सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

काठमाडौं । सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको समय तालिका संसोधन गर्दै २३ वैशाखमा काठमाडौंमा दिनको १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै… Continue reading सत्ता गठबन्धनले २३ वैशाखमा काठमाडौंमा चुनावी सभा गर्ने

तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित परेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले तालमेलको निर्णय विपरित ६ महानगर र ११ उपमहानगरमा दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गराउने निर्णय गरेको हो । बैठकले केन्द्रबाट भागवण्डा भएका ६ महानगर र ११ उपमहानगरमा वडाको सिट बाँडफाँटका लागि… Continue reading तालमेल विपरित परेको ‘बागी’ उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि… Continue reading जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय