Category: समाचार

  • काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता, राप्रपाका रविन्द्र मिश्र पछिपछि

    काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता, राप्रपाका रविन्द्र मिश्र पछिपछि

    काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

    काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ।

    अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ५२६ मत ल्याएका छन्।

  • सप्तरी-२ मा जनमत पार्टीका सिके राउतको अग्रता, जसपाका उपेन्द्र यादव तेस्रोमा

    सप्तरी-२ मा जनमत पार्टीका सिके राउतको अग्रता, जसपाका उपेन्द्र यादव तेस्रोमा

    काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

    यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

    १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् ।

    यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

  • काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता, कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा

    काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता, कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा

    काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् ।

    जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ।

    एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।

    यस्तै कांग्रेसले झापा–३, भक्तपुर–२ र मुस्ताङमा अग्रता लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ।

    काठमाडौं–१ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता लिएका छन् । कांग्रेसका प्रकाशमान सिंह तेस्रोमा रहेका छन् । ताजा मतगणना अनुसार यो समाचार तयार पर्दा राप्रपा उम्मेदवार रविन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ र नेपाली कांग्रेसका प्रकाशमान सिंहले १८३ मत लयाएका छन् ।

  • देशैभरी मतगणना शुरु, प्रारम्भिक नतिजामा रवि लामिछानेको पार्टी आक्रामक रुपमा अगाडी

    देशैभरी मतगणना शुरु, प्रारम्भिक नतिजामा रवि लामिछानेको पार्टी आक्रामक रुपमा अगाडी

    काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै शुरु भएको छ ।

    देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ ।

    साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

    कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घण्टी आक्रमक रुपमा देखिएको छ ।

    कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नेकपा एमाले र सत्ताधारी गठवन्धनलाई पछि पादै सुरुवाती अग्रता लिएका छन् । 

    कुल ५४१ मत गणना हुँदा स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का माधव कंडेल १६२ मतका साथ अगाडि छन् । त्यस्तै, एमाले (सूर्य चुनाव चिन्ह)की विद्या भट्टराईको १२२ र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बरालले ११ मत पाएका छन् । 

  • बाला चतुर्दशी मेला: महादीप दान गर्नेसँग शुल्क नलिन पशुपति क्षेत्र विकास कोषको आग्रह

    बाला चतुर्दशी मेला: महादीप दान गर्नेसँग शुल्क नलिन पशुपति क्षेत्र विकास कोषको आग्रह

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। 

    कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।

    पशुपति क्षेत्रमा सोमबार बेलुकी र मंगलबार बिहान लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ । 

    पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो। यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको कोषले जनाएको छ। 
     
    पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो। 

  • मतदानका क्रममा भएको विवादलाई लिएर बाजुरामा एक विद्यार्थी नेताको विभत्स हत्या

    मतदानका क्रममा भएको विवादलाई लिएर बाजुरामा एक विद्यार्थी नेताको विभत्स हत्या

    काठमाडौं । बाजुरामा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ। 

    आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन ऐडीको हत्या गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए। 

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    उनकाअनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर ऐडीमाथि आक्रमण गरिएको हो। ऐडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।

    आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र ऐडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।

  • काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना

    काठमाडौंका सबै क्षेत्रको मतगणना आजैबाट, यी १० स्थानमा हुँदैछ गणना

    काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि शुरु गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटै क्षेत्रको मतगणना रातिबाट शुरु हुन लागेको हो ।

    मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना हुने आयोगले जनाएको छ ।

    काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।

    काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको जनाइएको छ ।

  • सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

    सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ ।

    आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।

    आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयाेगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयाेगसँग पूर्वसहमति लिनुपर्ने जनाएकाे छ । 

    आयोगले लेखेको छ ‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्ने र बेलुका ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।’

  • मतदातामा देखिएन उत्साह, मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन

    मतदातामा देखिएन उत्साह, मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन

    काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।

    यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाका संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भिड देखिएको छैन ।

    निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ । 

    जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ । उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ ।

    केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

  • ‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनहरुको तुलनामा घट्ने संभावना’

    ‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनहरुको तुलनामा घट्ने संभावना’

    काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ। 

    केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिएपनि धेरैजसो ठाउँमा अवस्था सामान्य रहेको आयोगले जनाएको छ। करिब ५० ठाउँमा मतदान विवादका कारण प्रभावित भएको थियो। तीमध्ये ३० बढी स्थानमा पुनः सुचारु भइसकेको आयोगले जनाएको छ।

    आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहानैदेखि अघिल्ला निर्वाचनहरुको तुलनामा कम मत खसिरहेको बताएका छन्। ‘पहिलेभन्दा यो पटक कम मत खसिरहेको छ,’ उनले भने, ‘यही गतिमा मतदान भइरहे मत प्रतिशत घट्ने संभावना छ, तर अहिले नै कति खस्छ भन्ने यकिन गर्न सकिँदैन,’

  • काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ गगन थापा

    काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

    मैतिदेवी मतदान केन्द्रबाट मतदान गरेसँगै संचारकर्मीसँग कुराकानी गर्दै थापाले उक्त कुरा बताएका हुन् ।

    संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।

    ‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु। म सांसद भएर गएको भोलिपल्टदेखि संसदीय दलको निर्वाचनको तयारी गर्नेछु,’ उनले भने, ‘संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो। त्यसका लागि मलाई निर्वाचन क्षेत्रको मतदाताले पुर्याउनुहुनेछ।’

    थापा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनले अहिले शानदार ढंगबाट जित्नेमा विश्वस्त रहेको बताए।

  • सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान

    सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान

    काठमाडौं । तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्।

    सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।

    दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसालेका थिए।

  • आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

    आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् ।

    चितवन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रविको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाएनन् ।

    उनले प्रदेशसभाको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

  • आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द

    आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द

    काठमाडौं । आज आम निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म आउन पाउने भएका छन् । नेपाल आउने यात्रुले समेत टिकटकै आधारमा विमानस्थलबाट होटेल तथा घरसम्म यात्रा गर्न सक्ने छन् । अन्य यात्रुका लागि भने सबै प्रकारका यातायातका साधन चलाउन पाउने छैनन् । आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान जारी छ । यस क्रममा आन्तरिक उडान समेत बन्द भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुनेछ । आइतवार तारा एअरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एअरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउन चार्टर्ड उडान गर्दैछ । हेलिकप्टरमा पनि केही उद्धार उडान हुँदैछन् । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुनेछ ।

  • आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

    आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

    काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ ।

    प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ । चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।

  • यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

    मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको हो । माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । तर, उनी गोरखामा उम्मेदवार छन् ।

  • शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?

    शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?

    काठमाडौं । आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । यसका लागि मतदान गर्न शीर्ष नेतासहित आम मतदाता समेत निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । देउवा डडेलधुरामै छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नेछन् ।

    विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् । लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् ।

    जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

    कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

  • प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्

    प्रमुख निर्वाचन आयुक्तको निर्देशन : उम्मेदवारप्रति झुकाव नराखी काम गर्नोस्

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन्।

    शनिबार प्रमुख निर्वाचन आयुक्त थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका कर्मचारीहरुलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका हुन्। 

    ‘मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय हो। यो जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्नोस्,’ उनले निर्देशन भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नोस्।’

  • सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    काठमाडौं । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । काठमाडौंमा दुई पांग्रे सवारी साधन बढी असुरक्षित बन्दै गए पनि सरकारले सार्वजनिक यातायात सुधारमा कुनै ध्यान दिन नसक्दा मानिसहरुले अकालमा ज्यान गुमाएका छन् ।

  • देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना

    देशभर ३ लाख सुरक्षाकर्मी परिचालन, बढीमा ३० मिनेटमा मतदान केन्द्रमा पुग्छ सेना

    काठमाडौं । निर्वाचनलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन गृह मन्त्रालयले दुई लाख ९८ हजार ५७९ सुरक्षा जनशक्ति परिचालन गरेको जानकारी गराएको छ । तीमध्ये एक लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, नेपाल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी निर्वाचनमा खटिएका छन् । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको छ ।

    नेपाली सेनाका हेलिकोप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तैनाथी अवस्थामा रहेको निजी क्षेत्रका हेलिकोप्टरलाई परिचालन गर्न तयारी हालतमा राखिएको छ । निर्वाचनमा साना हतियारको प्रयोग गर्ने र बम राखेर त्रास फैलाउन सक्ने भएकाले नेपाली सेनाले ९०३ स्थानमा बम डिस्पोजल टोलीलाई परिचालन गरेको छ । आवश्यकताअनुसार नेपाली सेनाको काठमाडौँमा रहेको बम डिस्पोजल टोलीसमेत परिचालन हुने सक्नेछ ।

    नेपाली सेनासँग एक हजार ५० वटा बम डिस्पोजल टोली छन् । सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक पर्ने हातहतियार, सञ्चार सेट प्रदान गरिएको छ । निर्वाचनको सूचना सही समयमै लिन नेपाली सेनाले उपलब्ध गराएका ४० थान स्याटेलाइट फोन प्रयोग गरिएको छ । सम्पर्क हुन नसक्ने तथा संवेदनशील ठाउँमा सो फोनको प्रयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।

    निर्वाचनको समयमा साना हातहतियारको दुरुपयोग गरी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत प्राप्त वैध १८५४ थान तथा १७१ थान अवैध हतियार सङ्कलन भएको छ ।

  • ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

    काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

    मतदानलाई असर पार्ने, निर्वाचनमा खटिएका कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरा सह्य नहुने बताउँदै सचिव सिंहले निर्वाचन बिथोल्ने व्यक्ति समूहलाई कानुनी दायरामा ल्याइने दाबी गरे। उनले निर्वाचन बिथोल्ने कतिपय व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिएको र निर्वाचनविरोधी गतिविधि गर्नेको गृह मन्त्रालयले सूक्ष्म रूपमा हेरिरहेको बताए ।

  • पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण

    पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण

    काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पु¥याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो ।

    टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए । ‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

  • सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि मधुमेह र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगिसकेको छ ।

  • निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना

    निर्वाचन आयोगले दिपक मनाङेलाई तोक्यो २५ हजार जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले दीपक मनाङेलाई २५ हजार जरिवाना तोकेको छ। आचारसंहिता विपरीत हुने गरी निर्वाचन खर्च गरेको सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई जरिवाना तोकेको विज्ञप्तिमा उल्लेख छ। मनाङेले ३३ लाखभन्दा बढी खर्च गर्न नमिल्ने जनाएता पनि ३० लाख रुपैयाँमा चुनाव जित्ने अभिव्यक्ति दिएको आयोगको भनाइ छ।

    ‘३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ,’ उनले यस्तो अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति आयोगले सामाजिक सञ्जालमा देखेपछि स्पष्टीकरण मागेको थियो। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नभएपछि मनाङेलाई आयोगले जरिवाना तोकेको हो।

  • काठमाडौंमा बहालमा बस्दा सम्झौता अनिवार्य

    काठमाडौंमा बहालमा बस्दा सम्झौता अनिवार्य

    काठमाडौं । काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर विधायन समितिमा पठाउने निर्णय गरेको हो ।

    बैठकमा महानगरका निर्देशक एवं विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले कार्यविधि प्रस्तुत गरेका थिए । मस्यौदा कार्यविधिमा ६ वटा परिच्छेद र एउटा अनुसूची छ ।

    मस्यौदामा महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा बहाल वा लिजमा लिँदा दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ । यसरी गरिएको सम्झौताको एक एक प्रति लिने दिनेले राख्ने र एक प्रति वडा कार्यालयमा बुझाउनुपर्छ ।

    सम्झौतामा लिनेदिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बर जस्ता विवरण उल्लेख गर्नु पर्नेछ ।

    यस्तै भाडा रकम वृद्धि कति र कसरी हुने, विजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषय उल्लेख हुनु पर्नेछ । सम्झौतामा बहाल कर सम्बन्धी विषय उल्लेख गरिएन भने कर बुझाउने दायित्व बहालमा दिने पक्षको हुनेछ ।

    वहालमा दिनेले आफूले दिएको स्थान निर्वाध उपयोग गर्न दिने, पानी, बिजुली र शौचालय अनिवार्य उपलब्ध गराउने, सुरक्षा, सुव्यवस्था र आत्मसम्माजनक व्यवहार गर्ने जस्ता प्रबन्ध मिलाउनु पर्नेछ । त्यसैगरी लिनेले समयमा बहाल रकम भुक्तानी गर्ने, आफ्नै ठानेर सुरक्षा र संरक्षण गर्ने, अरुलाई अशान्ति र हैरानी हुने काम नगर्ने जस्ता दायित्व निर्वाह गर्नुपर्नेछ ।

    कार्यविधि लागू हुनुअघि वहालमा लिने दिनेले व्यवस्था लागू भएको ९० दिनभित्र कार्यविधिबमोजिम सम्झौता गरेर लिने दिने वा बुझाउने गर्नुपर्नेछ ।

    सम्झौतामा गणीतीय भुल भए १५ दिनभित्र सच्याउन सकिनेछ ।

    गैरनाफामुलक संघ संस्था वा सरकारी तथा पर्ती जग्गामा रहने पनि वहाल करदाता हुनेछन् । तर बहाल कर तिरेकै आधारमा त्यस्ता ठाउँका स्वामित्व भने प्राप्त हुनेछैन ।

    वहाल रकममा महानगरको आर्थिक ऐनमा भएअनुसार समयमा बुझाउनेलाई प्रोत्साहन र नबुझाउनेलाई जरिवाना हुनेछ ।

  • १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

    १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले नक्कली मतपत्र र स्वस्तिक छापसहित र्दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।

    बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारलाई चेकजाँच गर्दा नक्कली मतपत्र भेटिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार उक्त कारबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र २ लाख ७२ हजार नगद बरामद भएको थियो ।

    उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

  • उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

    काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

    हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद्हरुको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।

    आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    अमेरिकी सभामुख पेलोसीले किन दिइन् राजिनामा ?

    काठमाडौं । तल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत प्राप्त गरेको छ । यससँगै नयाँ पुस्तामा व्यवस्थापिकाको नेतृत्व सुम्पने भन्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्सका अनुसार उनले नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पने बताएकी हुन् । ‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु। नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन्।

    उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’ पेलोसीले भनिन् । ८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन्। सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसीनै थिइन् ।

  • प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भए लगत्तैदेखि मतगणना थालिनेछ । तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना छ ।

    मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको थपलियाले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।

  • आजबाट पूर्ण रुपमा मौन अवधि लागु

    आजबाट पूर्ण रुपमा मौन अवधि लागु

    काठमाडौं । नेपालमा दुई दिन पछि हुने संसदीय निर्वाचनका लागि मौन अवधि लागु भएको छ । गत राती १२ बजेबाट यस्तो अवधि लागु भएको हो । अब राजनीतिक दलहरुले कुनै पनि माध्यमबाट चुनावको प्रचार प्रसार तथा भोट माग्न पाउने छैनन् । भोज भतेर तथा त्यस प्रकारका प्रलोभनमा पार्ने गतिविधि समेत गर्न पाइन्न ।

    यस्तो गतिविधि गरेको पाइएमा कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । अब मतदान केन्द्र आसपासबाट दलहरुले राजनीतिक प्रचारका सामग्री हटाउनु पर्छ । सञ्चारमाध्यमले समेत विज्ञापन राख्न पाउने छैनन् । नेपालमा ४ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।