स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल नेकपा एमालेको उपमेयरमा लड्ने भएकी छिन् । उनलाई पार्टीले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ । जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । डंगोल पूर्व मिस नेवाः… Continue reading स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई एमालेले बनायो उपमेयरको उमेदवार

स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

File

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै… Continue reading स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती… Continue reading फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु

नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति… Continue reading नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की… Continue reading आगलागीमा परि जुम्लामा चार बालबालिकाको मृत्यु

सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन्… Continue reading सप्तरीमा मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि नेकपा माओवादी केन्द्रले वर्तमान मेयर रेणु दाहाललाई नै अगाडि सार्ने पक्कापक्की भएको छ । फेरि दोहोरिनका लागि उनले पदबाट राजीनामा दिएकी छिन् । यसअघि काठमाडौंमा बसेको पाँच दलको गठबन्धनको बैठकले भरतपुर महानगरपालिकामा प्रमुखको उम्मेदवार माओवादी केन्द्रबाट दिने निर्णय गरेको थियो । यहीअनुसार उनले शुक्रबार पदबाट राजीनामा दिएकी… Continue reading भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

काठमाडौं । जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोजकुमार साहसहित थुप्रै नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपालाई सघाउने निर्णयप्रति असन्तुष्ट उनीहरुले शुक्रबार सामूहिक रुपमै राजीनामा दिएका हुन् । सामूहिक राजीनामा दिनेमा नगरसभापति साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र… Continue reading जनकपुरमा कांग्रेसभित्र विद्रोह, नगर सभापतिसहित २५० कार्यकर्ताले पार्टी छाडे

एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास… Continue reading एमालेले चुनाव जिते ठूला सहरमा रेल चलाउने, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोणणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ ,’प्रत्येक… Continue reading एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क

ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको छ । छानबिन गर्न मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ ।… Continue reading ललितपुरमा भएको अक्सिजन सिलिण्डर विष्फोटको घटना छानविन गर्न समिति गठन

नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा सिमित साथिहरु र परिवारका सदस्यको उपस्थितिमा उनीहरुले बिबाह गरेका हुन् । विवाहपछि तस्वीरहरु स्वयमः नायिका अधिकारीले सार्वजनिक गरेकी छिन् । फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको… Continue reading नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी

डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

काठमाडौं । नेपालको तीन दिने भ्रमणका सिलसिलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं अवतरण गरेका छन् । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणका आएका हुन् । उनले बिहीबार नै मन्त्री खतिवडा र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा. गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री… Continue reading डब्लूएचओका प्रमुख गेब्रेयसस नेपालमा, के-के छन् कार्यक्रम ?

सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

काठमाडौं । सत्तारुढ गठबन्धनले देशका प्रमुख सहरमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलले सातवटै प्रदेशका मुख्य सहरमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् । गठबन्धनको चुनावी परिचालन तथा अनुगमन समितिको बिहीबार बिहान बसेको बैठकले विभिन्न सात सहरमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको… Continue reading सत्तारुढ गठबन्धनले प्रमुख सहरहरुमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम गर्ने भारतीय नागरिकको मृत्यु भएको… Continue reading ललितपुरमा अक्सिजन प्लाण्ट विस्फोट, दुई जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेकाले नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन आग्रह गरेको छ । भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोेरोनाको जोखिम बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्नू’

कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

प्रतिकात्मक तस्वीर

कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी… Continue reading कपिलवस्तुमा सेनाको गणभित्रै गोली लागेर महिला सैनिक जवानको मृत्यु

रियल म्याड्रिडले लालिगा उपाधी उचाल्ने करीव निश्चित

Ángel Martínez/Getty Images

काठमाडौं । रियल म्याड्रिडले जारी सिजनमा स्पेनिस ला लिगाको उपाधि उचाल्ने करीव निश्चित भएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरमा हरायो । अब शीर्ष स्थानमा उसले १७ अंकको अग्रता बनाएको छ। तालिकामा समान ३३ खेलबाट एट्लेटिको म्याड्रिडको मात्र ६१ अंक छ । ६० अंक रहेको बार्सिलोनाले दुई खेल कम खेलेको… Continue reading रियल म्याड्रिडले लालिगा उपाधी उचाल्ने करीव निश्चित

गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?

काठमाडौं । पाँच दलीय गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति भएको छ। लामो रस्साकस्सीपछि गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंगाएको हो। सहमति पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी… Continue reading गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ?

ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने

काठमाडौं । अब ठेक्कापट्टामा जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी (ठेकेदार) ले निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन्। ठेक्कापट्टासँग जोडिएबाहेकका स्थानीय तहमा निर्माण व्यवसायी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नबाट नरोक्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि ठेकेदारलेले पनि उम्मेदवार बन्ने बाटो खुलेको हो। न्यायाधीश नहकुल सुवेदीको सोमबार बसेको एकल इजलासले स्थानीय तह निर्वाचन ऐन, २०७३… Continue reading ठेक्कापट्टा जोडिएबाहेकका स्थानीय तहमा ठेकेदारले उम्मेदवार बन्न पाउने

सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?

काठमाडौं । सत्तारुढ गठबन्धनले बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागवण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ । दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । सहमति अनुसार नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी… Continue reading सत्तारुढ गठबन्धन: उपमहानगरपालिकामा मिल्यो भागबण्डा, कसलाई कहाँ ?

जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही… Continue reading जसपाको चुनावी घोषणापत्र: भ्रष्टाचार गरे तुरुन्तै कारबाही, महानगरमा नगररेल, पालिकामा चक्रपथ

राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक घोषणापत्रमार्फत राप्रपाले कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा दिने घोषणा गरेको छ । यस्तै स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ… Continue reading राप्रपाको चुनावी प्रतिबद्धता: स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता

मिस नेपाल २०२२ का लागि आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२२का लागि आवेदन खुला भएको छ । द हिडन ट्रेजरले आगामी नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी गराएको हो । प्रतियोगितामा भाग लिन सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिने भएको छ । यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७… Continue reading मिस नेपाल २०२२ का लागि आवेदन खुला

गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

File RSS

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखमा करीव करीव सहमति जुटाएका सत्तारुढ गठबन्धनबीच महानगरपालिकाको उपमेयरमा समेत भागवण्डा मिलेको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरमा उपमेयर दिने गरि भागवण्डा गरेको छ । सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट पाएको छ । पोखराको… Continue reading गठबन्धनमा महानगरपालिकाको उपमेयरमा कुन पाटीले कहाँ पाए सिट ?

७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

काठमाडौं । महानगरपालिकामा भागवण्डा टुंग्याएका सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकामा समेत करीव करीव टुंगो लगाएको छ । मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाका सन्दर्भमा अधिकांशमा सहमति जुटाएका छन् । जनकपुरमा भने नेपाली कांग्रेस र जनता समाजवादी दुबैले दावी गरेपछि विवाद कायमै छ । यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा… Continue reading ७ वटा उपमहानगरपालिका कांग्रेसले पायो, अन्य पार्टीलाई कति ?

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बैशाख १३ गते छलफलमा बोलाइएको सर्वोच्च प्रशासनले जनाएको… Continue reading गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको लागि महानगरपालिका भागबण्डामा सहमति जुटाएका छन् । बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको हो । सहमति अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र… Continue reading महानगरमा मिल्यो भागबण्डा: माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा

एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौ । सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। घाेषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ नारा तय गरिएकाे छ । एमालेसँग गरेको विद्रोह किन भयो… Continue reading एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल

काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ। बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो… Continue reading चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल