पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

काठमाडौं । पोखरा महानगरपालिका आफुले पाउनु पर्ने अडानका बीच नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको विवादमा अड्किएको चुनावी तालमेलको निर्णय सल्ट्याउन मंगलबार समेत सत्तारुढ दलको बैठक बस्ने भएको छ । दलहरुबीच ६ वटा महानगरपालिकाको बाँडफाँटको विषयलाई लिएर छलफल जारी छ । जसमध्ये ५ वटा महानगरपालिकामा सहमति जुटिसकेको र पोखरा महानगरको प्रमुखमा मात्र विवाद सल्टाउन बाँकि… Continue reading पोखरामा अड्किएको तालमेलको विवाद आज टुंगिएला ?

आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको… Continue reading आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

काठमाडौं । सत्ता गठबन्धनबीच देशभरका ६ वटा महानगरपालिकामा तालमेलको टुंगो सोमबार लाग्ने बताइए पनि आज टुंगो लाग्न सकेन । सोमबार दिनभर भएका विभिन्न चरणका छलफलमा समेत सहमति जुटेको छैन । मंगलबार विहान साढे ११ बजे बैठक पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको नेताहरुले बताएका… Continue reading सत्ता गठबन्धनले सोमबार पनि लगाउन सकेन महानगरमा तालमेलको टुंगो

‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने… Continue reading ‘भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं’- प्रचण्ड

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

काठमाडौं । नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो सेवा ८ देशको १० गन्तव्यमा विस्तार गरेको छ । यही वैशाख ९ गतेदेखि साउदी अरबको रियाद उडान गर्ने भएसँगै विदेशी गन्तव्य संख्या १० पुगेको हो । निगमले यसअघि भारतका तीनसहित ७ देशका ९ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई,… Continue reading नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान

बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाईनालिस्टहरुलाई आइतवार सम्मान गरेको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक… Continue reading बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

कक्षा ११ को वार्षिक परीक्षा जेठ अन्तिममा

काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा जेठ तेस्रो साता गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परिक्षा यहि जेठ तेस्रो साताबाट सञ्चालन गर्न निर्देशन दिएको हो । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित सम्बन्धित विद्यालयमा… Continue reading कक्षा ११ को वार्षिक परीक्षा जेठ अन्तिममा

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाउने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।

क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ। क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा… Continue reading क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। आयोगले सात सय ५३ स्थानीय तहमध्ये ६ सय ७६ स्थानीइ तहमा निर्वाचन अधिकृतलाई पनि खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ।… Continue reading चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो । संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर के… Continue reading चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

सुनिता डंगोलको चुनावी घोषणापत्र-‘काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवाससम्म’

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले घोषणापत्र सार्वजनिक गरेकी छन्। शुक्रबार डंगोलले ८ खम्बे विकासको मोडलसहित ९ पुष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्। उक्त घोषणापत्रमा डंगोलले अल्पकालीनदेखि मध्यकालीन र दीर्घकालीन योजना उल्लेख गरेकी छन्। स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल… Continue reading सुनिता डंगोलको चुनावी घोषणापत्र-‘काठमाडौंलाई स्मार्ट सिटी बनाउनेदेखि सामुदायिक आवाससम्म’

काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमै फर्काएर कारबाही स्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने… Continue reading काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम… Continue reading अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

काठमाडौं । मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका चिकित्सक गोविन्द केसीले पुनस् सत्याग्रहको चेतावनी दिएका छन्। यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य र शिक्षाका मुद्दाले खासै प्राथमिकता पाउन… Continue reading सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गरेको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागेको हो । विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक… Continue reading संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफरिस गरेको हो । मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन्। त्यस्तै केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्वमन्त्री… Continue reading यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ । नेपाल स्काउटले बिहीवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्यो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा… Continue reading राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

काठमाडौ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । इसाको छैटौं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये… Continue reading नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा दुइ दलसँग एमालेले चुनावी गठबन्धनको लागि सहमति गरेको हो । एमाले पार्टी केन्द्रीय कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा तालमेल गर्ने सहमति भएको हो ।राप्रपा नेपालका… Continue reading परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो । यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो । आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए ।… Continue reading सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सत्तारुढ माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई तत्कालै हटाउन पनि अनुरोध गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत बुधबार सार्वजनिक गरिएको चुनावी पोस्टरमा घिसिङको तस्बिर पनि राखिएको छ । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री… Continue reading माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

विप्लवलाई ओलीको प्रस्ताव– ‘सूर्य चिह्नबाट चुनाव लड्नुस्, सत्ता गठबन्धनको मतियार नबन्नुस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले भने, ‘विप्लव जीले पार्टी दर्ता गर्नुभएन… Continue reading विप्लवलाई ओलीको प्रस्ताव– ‘सूर्य चिह्नबाट चुनाव लड्नुस्, सत्ता गठबन्धनको मतियार नबन्नुस्’

प्रचण्डको सर्कुलर, एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन केन्द्रीत ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् । सर्कुलरमा दाहाल प्रचण्डले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने, ‘केही स्थानमा तालमेल… Continue reading प्रचण्डको सर्कुलर, एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

‘चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’-प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् । निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब कुनैपनि बहानामा निर्वाचन नरोकिने र मिति सार्ने काम कोही कसैबाट हुन नहुनेमा जोड दिए। ‘तोकिएकै समयमा स्थानीय तहको… Continue reading ‘चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’-प्रमुख निर्वाचन आयुक्त

स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट सोमबार स्थगितको सूचीमा राखेको छ । अगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रटिमाथि अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएको थियो । तर सर्वोच्च अदालतले उक्त पेसी स्थगित गरेको हो ।… Continue reading स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेर्ने गरेको बताएका छन् । महासंघको ५६ औं वार्षिक साधरण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार सोल्टी होटलमा आयोजित कायक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरेको तर विकासको साझेदार मान्न नसकेको बताएका हुन्… Continue reading निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो ।… Continue reading जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं विवेकशील साझाबाट दुवै पदमा महिला उम्मेदवार, मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधर

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले बागमती प्रदेशकी पूर्व संयोजक समेत रहेकी बाँस्कोटालाई काठमाण्डको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी… Continue reading काठमाडौं विवेकशील साझाबाट दुवै पदमा महिला उम्मेदवार, मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधर