काठमाडौं । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपील जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष… Continue reading पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य-‘आपसी मतभेदलाई पन्छाउदै चुनावी तालमेल,आपसी सहकार्य निरन्तर’
Category: समाचार
आइतवार सार्वजनिक विदा
काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार भोली रामनवमी पर्व परेकाले मुलुकभरका सार्वजनिक बिदा दिने निर्णय भएको हो। जसअनुसार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा विदा हुने छ ।
राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई
काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । अर्थतन्त्रमा नकारात्म असर परिरहेका बेला सरकारले गभर्नर निलम्बर गरेको हो । तत्कालीन केपी ओली सरकारले २०७६ चैत्र २७ गते अधिकारीलाई गर्भनर नियुक्त गरेको थियो । कार्यकाल सकिनु अगावै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएको हो । सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन… Continue reading राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई
बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३३ रुपैयाँ… Continue reading बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)
ओलीको कटाक्ष-‘देशमा नयाँ अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि गोविन्द केसी सुतिहाल्छन्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्राध्यापक डाक्टर गोविन्द केसीका कारण देशमा नयाँ अस्पताल र मेडिकल कलेज खोल्न नसकिएको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पार्टीनिकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनमा बोल्दै ओलीले केसीप्रति कटाक्ष गरेका हुन्। ‘एकजना छन् नि! देशमा अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि धम्क्याउन थालिहाल्छन्। हस्पिटल खोल्ने रे! सुतिदिऊँ सुतिदिऊँ भन्छन्, सुत्न थालिजान्छन्’, उनले… Continue reading ओलीको कटाक्ष-‘देशमा नयाँ अस्पताल र मेडिकल कलेज खोल्न खोज्यो कि गोविन्द केसी सुतिहाल्छन्’
बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित
काठमाडौं । नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ । लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो । घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्। घिमिरेको प्यालनमा माओवादी… Continue reading बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित
राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले शुक्रवार घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ । योसँगै राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बनेको छ । सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर… Continue reading राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार
आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?
काठमाडौं । आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि आजबाट आचार संहिता लागु हुँदैछ आज मध्यरातिदेखि लागु हुने भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार आजबाट मतदानको दिनसम्म यो आचार संहिता कार्यान्वयन हुने छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा… Continue reading आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा ० गरी ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’
भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन
काठमाडौं, २४ चैत । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने भएको छ । ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ । यसका साथै कम्तीमा… Continue reading भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन
नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ
काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।… Continue reading नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ
गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी) र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिलेन्द्र प्रसाद बडूलाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दी र बडूलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले… Continue reading गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग
ललितपुरमा कारको ठक्करबाट एक बालकको मृत्यु
काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो। कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति
काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ… Continue reading भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति
ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ। उदयपुरको वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो। घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला… Continue reading ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक
स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलले रातको समयमा प्रचार प्रसार गर्न नपाउने गरि निर्देशन दिएको छ । मंगलबार दलहरुलाई ६० बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो बताएको हो । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म… Continue reading स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि
सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए
काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘म… Continue reading सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए
कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते
काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि आक्रमण हुँदा एक नेपाली सैनिक घाइते भएका छन्। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक नेपाली सैनिक घाइते भएको उल्लेख गरेको छ । नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेको थियो। मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कर्डन एन्ड सर्चुको कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको… Continue reading कंगोमा शान्ती स्थापनार्थ खटिएका नेपाली सेनाका एक जवान विद्रोहीको आक्रमणमा परि घाइते
हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?
काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न… Continue reading हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?
ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता
काठमाडौं, २२ चैत । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ। उदयपुरको वडा नम्बर(३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो। उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । वियरको बोतल र ढुंगा प्रहार गरेर… Continue reading ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता
नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी
सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो । गठबन्धनले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बनाएको छ । समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन… Continue reading सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गर्दा १ गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
काठमाडौं । पाँच दलीय गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो । चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति पत्रमा कांग्रेस चितवनका सभापति… Continue reading चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । गोलाप्रथाबाट पेशी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी… Continue reading तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा… Continue reading बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु
प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए । उनलाई बनारसमा उत्तर प्रदेश राज्यका… Continue reading प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए
ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइए भन्दै कटाक्ष गरेका हुन् । आफ्नाे सरकारले जारी गरेकाे चुच्चे नक्साबारे चासाे नदेखाएकाे उल्लेख… Continue reading ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?