काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो। मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी शनिबार नै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।… Continue reading मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम
Category: समाचार
युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले… Continue reading युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो
पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको… Continue reading पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो
नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग
काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ । लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग… Continue reading नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग
कुन प्रदेशमा कति मतदान केन्द्र ?
काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार… Continue reading कुन प्रदेशमा कति मतदान केन्द्र ?
स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३
काठमार्डौं । आगामी स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गाएको हो । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड… Continue reading स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३
नेपालमा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ गरी २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य
सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ११ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएको छन् । दुर्घटनामा परेर मृत्यु… Continue reading सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते
नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ। भेटको क्रममा ओलीले नेपालसँगका नाका खुलाउन वाङ यीसँग आग्रह गरेका छन् । ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए । भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ… Continue reading नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह
एक्सनएड नेपालको १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न
काठमाडौं । एक्सनएड नेपालले आफ्नो १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार भएको कार्यक्रममा एक्सनएड नेपालले सन् २०२१ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुति र छलफल गरेको थियो। नीति तथा कार्यक्रम प्रमुख सरोज पोखरेलले उपलब्धिहरु प्रस्तुत र संस्थाका प्रशासन तथा वित्त प्रमुख कुमार जंग ठकुरीले सन् २०२१ मा भएको… Continue reading एक्सनएड नेपालको १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न
सानेपामा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु
काठमाडौं । ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गतराती सवा १ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको… Continue reading सानेपामा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु
आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने
काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा… Continue reading आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने
स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता… Continue reading स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल परियोजना नेपाललाई हस्तान्तरण गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै उनले सो विमानस्थल हस्तान्तरण गरेका हुन् । शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको थियो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भए । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको… Continue reading पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो
चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्। विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी… Continue reading चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?
मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन
काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिन मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएका छन् । प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै… Continue reading मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन
चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत… Continue reading चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग
काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोना खोप काठमाडौं ल्याइएको छ। नेपालस्थित अमेरिकी राजदूत बेरीले ट्वीटमा जनाए अनुसार शुक्रबार अपरान्ह उक्त संख्याको फाइजर खोप ल्याइएको हो। अमेरिकाले ३१ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराइसकेको छ। त्यसैगरी विश्वका ११० देशमा कूल ५० करोड डोज खोप अमेरिकाले… Continue reading अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग
चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ । केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् । विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो… Continue reading चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित
नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए
यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ। नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर… Continue reading यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका
चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै
काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा… Continue reading चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै
स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ । केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएको छ । अहिले दलहरू निर्वाचन केन्द्रित तयारीमा होमिएका छन् ।
नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २… Continue reading नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त
नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन
काठमाडौं । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ ।… Continue reading नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन
स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । बिहीबार कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटीकाे दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र… Continue reading स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य
मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु
विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो । लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो । आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप… Continue reading मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु
चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका… Continue reading चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?
काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा… Continue reading पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?
नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त