काठमाडौं । नेपाल र गणतन्त्र सेसेल्सबीच श्रम सम्झौता हुने भएको छ । सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।… Continue reading नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने
Category: समाचार
खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
काठमाडौं । नयाँ खिम्ती सवस्टेशनको आज उद्घाटन हुने भएको छ । यसका लागि प्रधानमन्त्री देउवा दोलखा जाने कार्यक्रम रहेको छ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुन लागेको हो । यसबाट तामाकोशीको जलविद्युत आपूर्तिमा ठूलो सहयोग पुग्ने छ । सबस्टेसनमार्फत ४५६ मेगावाटको… Continue reading खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन… Continue reading अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि
नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ९१४ जनामा गरिएको परिक्षण मध्य ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको अनुसार २ हजार ५९२ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनामा एन्टिजन परिक्षण गर्दा ३९ जनामा संक्रमण… Continue reading नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त
पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले शुक्रवार ५ दिनको समय थप गरेको हो । फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि सुरुमा सात दिन र दोस्रोपटक १२ दिन गरी… Continue reading पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १०… Continue reading निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन
ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा
काठमाडौं । तत्कालीन ओली सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको हेर्दा हेर्दैमा राखिएको छ । संवैधानिक इजलासले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेपनि हेर्दा हेर्दैमा राखेको हो । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद… Continue reading ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा
किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?
काठमाडौं । अमेरिकी सेनाको जहाज राजधानीमा अवतरण आएको छ । अमेरिकी कुटनीतिज्ञलाई लिएर शुक्रबार बिहान अमेरिकी एयर फोर्सको बिमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।
रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल । रुन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको प्रहरीले बताएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा बिहीबार बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल ४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको… Continue reading रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?
काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन… Continue reading पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?
निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो। आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको… Continue reading निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने
नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिएको ४,७४७ नमुना परीक्षण गरिएकामा थप २७ जना संक्रमित थपिएका हुन् । आज थपिएका २७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १०७ जना कोरोना संक्रमित भएका छन् । साथै आज थपिएका २२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त… Continue reading नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त
तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?
काठमाडौं । फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर होली मनाइन्छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । नेपालमा विजयको प्रतीकको रुपमा… Continue reading तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?
‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने संकेत दिएका छन् । प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गर्दै चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका हुन् । प्रचण्डले भने, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त… Continue reading ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’
चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु
चितवन । चितवनमा दलदले पोखरीमा डुबेर एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत थिए… Continue reading चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु
होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका नेपाली संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने उल्लेख गरेकी छिन्. । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीको रहेको छ । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा बुधबार शुभकामना सन्देश दिंदै राष्ट्रपति… Continue reading होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?
काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य आजै रातीबाट लागु हुने गरि बढाएको हो । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ… Continue reading पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?
नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने खारेज गर्ने फैसला गरेको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो । तत्कालीन केपी ओली नेतृत्वले सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर… Continue reading नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति… Continue reading होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई
मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन
काठमाडौं । कतिपय नटबोल्ट खुकुलो भएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान उद्घाटन गरेका छन् । चुनावको छेको पारेर डेढ वर्षदेखि प्रयोग भइरहेको माइतीघर (पुरातत्व विभागअघि) को आकाशे पुलको उद्घाटन गरेका हुन् । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएका थिए… Continue reading मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन
भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको… Continue reading भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत
म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने
काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीमा चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले मंगलबार एक सूचना जारी गरि भर्ना खुलेको जानकारी गराएको हो । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने छ । म्यादी… Continue reading म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने
हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । वैशाखदेखि बजेट अधिवेशन सुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
नेपालमा थप ८३ जनामा कोरोना पुष्टी, दैनिक हुने मृत्यु संख्या शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८८४ परीक्षण गरिएको छ। जसमध्ये ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ। विगत २४ घन्टामा १ लाख ३ हजार ५३८ जनामा कोरोना संक्रमणविरूद्धको खोप लगाइएको… Continue reading नेपालमा थप ८३ जनामा कोरोना पुष्टी, दैनिक हुने मृत्यु संख्या शून्य
‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले स्थानीय चुनावमा ७० प्रतिशत जित्ने दाबी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । हामी एक्लै लड्न सक्छौ, एमालेलाई… Continue reading ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’
साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम
काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा… Continue reading साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम
राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं
बर्दिया। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकमा जाने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गरे । नदिए सडकबाट विकल्प खोज्ने उनको चेतावनी छ । राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उनको भनाई… Continue reading राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं
एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस
काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको… Continue reading एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस
नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ। हालसम्म नेपालमा कोरानाका… Continue reading नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त
कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । ईपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट ९ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र २… Continue reading कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने