विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो । यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको… Continue reading विश्वका प्रदूषित देशमध्ये नेपाल १० नम्बरमा

यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिएपछि विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ । विभागले बुधवार एक सूचना निकाल्दै अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर… Continue reading यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

मोरङ । स्थानीयको आक्रमणबाट एक जना महिला प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले मोरङको लेटाङमा लगाएको कर्फ्यू केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार लेटाङको चार किल्ला सिमानाभित्र भने अनिश्चितकालीन कर्फ्यू जारी रहने छ । मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राख्ने निर्णय गरेको हो… Continue reading मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

एमाले केन्द्रिय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रतिवेदनमाथि छलफल हुनेछन्।साथै सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्। चुनावी घोषणा पत्र तथा उम्मेदवार चयन… Continue reading एमाले केन्द्रिय कमिटी बैठक आजबाट

नेपालमा थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा थप ४४ जनामा कोरोना पुष्टी, ४८१ जना संक्रमण मुक्त

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि… Continue reading एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष… Continue reading उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने औपचारिक भ्रमण शुरु गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको तयारी पुरा भएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम… Continue reading चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

Photo source : Nimesh Regmi\Setopati

काठमाडौं । अघिल्लो वर्षायाममा बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अहिले तिव्र गतिमा भइरहेको छ । असार १ र साउन १७ गतेको बाढीपहिरोले मेलम्चीमा ठूलो क्षति गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै… Continue reading मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको बताएका छन् । जसले गर्दा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२… Continue reading पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

नेपालमा थप ४५ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या निरन्तर घट्दै आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४,७५२ नमुना परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ४५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना… Continue reading नेपालमा थप ४५ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओली बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो। अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको… Continue reading ‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देश दौडाहा जारी राखेका छन् । यसक्रममा उनी सोमबार पूर्वी नेपालका तीन जिल्लाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि मोरङ पुग्ने छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।… Continue reading प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

विराटनगर । स्थानीयको आक्रमणबाट महिला प्रहरीको निधन भएको स्थान मोरङको लेटाङमा आज बिहानैबाट स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को… Continue reading मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

विराटनगर । यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको पुष्टि स्थानीय संचारमाध्यमले गरेका छन् । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा… Continue reading मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

File

लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा… Continue reading युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

Photo : CGTN

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुन)को अवधिमा नेपाल आउन १ लाख २५ हजार ६५८ जना विदेशी नागरिकले भिसा लिएका छन् । यसमा नेपाली नागरिकता त्याग गरेका गैरआवासीय नेपालीको संख्या समेत समावेश छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २११ जना विदेशी नागरिकलाई भने निष्कासन गरेको छ । नेपालमा भिसा सकिएपछि पनि… Continue reading ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणका क्रममा नाैजनामा कोरोना पुष्टि भएको छ। आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय ८३ संक्रमित… Continue reading पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।… Continue reading देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ वायुसेवा कम्मनीहरुलाई तत्कालय बक्यौता नतिरे कालोसूचीमा राख्ने चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप… Continue reading यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

काठमाडौं । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ । आइतवार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ । त्यस्तै पूर्ण खोप प्राप्त नगरेका… Continue reading यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

काठमाडौं । नेपालमा सुख्खायाम शुरु भएपछि तापक्रम समेत निरन्तर बढिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेपछि देशभर मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको उच्चतम तापमान ३१‍.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार सबैभन्दा उच्च तापक्रम धरानमा ३६.७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ… Continue reading नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

नेपाल टेलिकमले इन्टरनेट डाटामा लाग्ने शूल्क घटाउने

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने तयारी गरेको छ । उपभोक्तालाई सस्तोमा डेटा दिन टेलिकमले अहिले विभिन्न अवसरमा दिइने अफरलाई स्थायी गर्ने जानकारी गराएको हो । अफरमा दिइने डेटा शुल्क १५ देखि २० प्रतिशतसम्म बढाउँदा मेन ब्यालेन्सबाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशतले घट्ने टेलिकमको भनाइ छ । होली, नयाँ वर्ष… Continue reading नेपाल टेलिकमले इन्टरनेट डाटामा लाग्ने शूल्क घटाउने

नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

काठमाडौं । नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले प्राप्त गरेका छन् । झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप बने । गतराति सम्पन्न ग्रान्ड फिनालेबाट दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि उचाल्न सफल भए । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त… Continue reading नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि नेपाल प्रहरीले आजबाट म्यादी प्रहरीको भर्ना खुलाएको छ । आइतबारबाट ११ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह मानिएको छ । ४० दिनका… Continue reading म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

निर्वाचन नजिकिएसँगै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको दौडाहा बढ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु आआफ्नो रणनीतिमा लागेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सार्वजनिक कार्यक्रममा बाक्लै उपस्थित हुन थालेका छन् । उनी पछिल्लो समय स्थानीय तहका प्रशासनिक भवनको उद्घाटनमा बढी सक्रिय देखिएका छन् । अघिल्लो साता नुवाकोटमा विभिन्न स्थानीय तहको भवन उद्घाटनमा पुगेका प्रधानमन्त्री देउवा शनिबार रामेछाप,… Continue reading निर्वाचन नजिकिएसँगै सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको दौडाहा बढ्यो

भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

काठमाडौं । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर शनिबार एक जनाको ज्यान गएको छ । उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर… Continue reading भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर करीव शून्यको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । थप… Continue reading चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

रामेछाप । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब-स्टेशनका रुपमा रहेको नयाँ खिम्ची सवस्टेशनको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०–१३२ के.भी. सबस्टेशन शनिबार उद्घाटन गरेका छन् । सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय… Continue reading नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ… Continue reading युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी