नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टीमले मलेसियासँग २ खेलको सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा यी दुई टोली पनि प्रतिस्पर्धा गर्नेछन् । त्यस अगाडी नै दुई देशबीच सिरिज हुने भएको हो । छनोट चरणको तयारीकै क्रममा सिरिज खेल्न लागिएको बताइएको छ । यी दुई मुलुकबीच… Continue reading नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने

ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यक परे ओली सरकार ढाल्न सक्ने तागत रहेको बताएका छन् । शुक्रबार कांग्रेस निकट स्थानीय तहका कर्मचारीको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै विपक्षी दलका नेतासमेत रहेका देउवाले उक्त चेतावनी दिएका हुन् । खासगरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले देखाइरहेका गतिविधिप्रति उनको आक्रोस थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि… Continue reading ओली सरकार ढाल्न सक्ने तागत छ : देउवा

नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

काठमाडौं । नेपाल एयरलाइन्सका सबै जहाजको इन्जिनियरिङ कार्य अब नेपाली प्राविधिक बाट हुने भएको छ । वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’देखि वाई १२, एमए ६० सम्मका सबै जहाजको मर्मतसमेत निगमकै इन्जिनियरबाट हुने भएको निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले  नेवानिलाई ‘पार्ट १४५’ को स्वीकृति दिएको छ… Continue reading नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब नेपालीबाटै

नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक श्रम तथा रोजगार सम्मेलन आयोजना हुने भएको छ । सरकारले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको छ । मुलुकभित्र स्वस्थ श्रम सम्बन्ध बनाएर स्वदेशमै रोजगारीका सम्भावना खोज्ने उद्देश्यले पहिलो पटक यस्तो सम्मलेन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । असार १५… Continue reading नेपालमा श्रम तथा रोजगार सम्मेलन हुँदै

न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली

न्युयोर्क न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या… Continue reading न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली

जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्क जान उडेको एयर इण्डियाको जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण गरिएको छ । उक्त जहाज बेलायतको लण्डनमा आकस्म्कि अवतरण गरिएको हो । एआई१९१ विमान उत्तर पश्चिमी लण्डनको स्टेनस्डेड विमानस्थलमा बिहीबार अवतरण गराइएको थिया । जहाज अवतरण गराई हरेक यात्रुको एक एक गरी सुरक्षा जाँच गरिएको थियो । तर, बमको पुष्टी भने हुने… Continue reading जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण

भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

भारत सरकारले दुई मुख्य गुप्तचर निकाय ‘रअ’ र ‘आइबी’मा नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार सरकारले ‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल भर्खरै शुरु भएको सन्दर्भमा सरकारले गुप्तचर निकायका प्रमुख परिवर्तन गरेको हो । रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुखका… Continue reading भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

भारतीय नागरिकको नेपाली नागरिकता खारेज

काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो । असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् । भारतीय… Continue reading भारतीय नागरिकको नेपाली नागरिकता खारेज

आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट सार्वजनिक गरेको छ । बिहीबार दिउँसो साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । परिक्षा नियन्त्रण कार्यालयका अनुसार २०७५ को एसईईमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या १७ हजार ५ सय… Continue reading आयो एसईई रिजल्ट, करिष्मा मानन्धर र शान्ता चौधरीको नतिजा के भयो ?

एसईई परिक्षाको रिजल्ट आज

काठमाडौं । एसईई परीक्षाको रिजल्ट बिहीबार प्रकाशित हुने भएको छ । नतिजा सार्वजनिक गर्न परिक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक बिहीबार दिउसो बस्दैछ । कार्यलयको बोर्ड बैठक बसेर निर्णय गरे लगत्तै नतिजा सार्वजनिक गर्ने गरिन्छ । अघिल्ला वर्षहरुको तुलनामा यस पटक एसइइ नतिजा ढिला प्रकाशन हुने भएको हो । सामान्यतया असार पहिलो साता नजिता आइसक्ने गथ्र्यो… Continue reading एसईई परिक्षाको रिजल्ट आज

बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २९९ रोपनी जग्गा अनियमितता काण्डमा छानविन थालेको छ । यसैक्रममा अख्तियारले यस काण्डमा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयान दिन अख्तियार बोलाएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई अख्तियारले बयानका लागि बोलाएको हो । यस काण्डमा मुछिएका सबै सात दिन भित्र अख्तियार पुगी बयान दिनु पर्ने… Continue reading बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

मिले प्रकाश सपूत र शम्भू राई

काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो । बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् । सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको… Continue reading मिले प्रकाश सपूत र शम्भू राई

विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदाहरुलाई यूनेस्कोले खतराको सूचिमा राख्ने प्रस्ताव गरेको छ । युनेस्कोअन्तर्गत, वल्र्ड हेरिटेज कमिटिको ४३ औं सेसन आगामी साताबाट अजरबैजानको बाकुमा शुरु हुँदैछ । उक्त सेसनमा लैजाने एजेण्डामध्ये एक एजेण्डा नेपालको काठमाडौंलाई खतराको सूचिमा राख्नु पनि हो । किनकी यूनेस्कोले नेपाललाई लामो समयदेखि सम्पदा संरक्षणमा गम्भीर बन्न चेतावनी दिइरहेको थियो… Continue reading विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटना छानविन आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा समक्ष प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार दूर्घटनाको मूख्य कारण खराब मौसम मानिएको छ । १५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको… Continue reading पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दूर्घटनाको प्रतिवेदन बुझाइयो

इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो प्यासिफिकका विषयमा धेरै चिन्ता नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिन्ता लिन नहुनेमा जोड दिएका हुन् । अमेरिकी परराष्ट्र नीति इण्डो प्यासिफिक भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि हामीले हाम्रो फाइदाका बारेमा सोच्नुपर्नेमा जोड दिँदै उनले हामीले अरुको… Continue reading इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन

काठमाडौं । देशका विभिन्न स्थानमा घटेका दूर्घटनामा परी मंगलबार ८ जनाले ज्यान गुमाएका छन् । रुपन्देही र दाङमा चट्याङमा परी ६ जनाको मृत्यु भएको छ । रौटहटमा सडक दूर्घटनामा परी २ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना वडा नंंमा ६२ वर्षिय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं मा ६० वर्षिय नन्दराम अर्याल र गैडहवा… Continue reading चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन

आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले तोकेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने सीमा मंगलबारबाट सकिएको छ । ऐनको प्रावधान अनुसार संघले १५ जेठमा बजेट ल्याइसक्नु पर्छ । प्रदेशले १ असार र स्थानीय सरकारहरुले १० असारभित्र बजेट आफ्नो व्यवस्थापिकामा प्रस्तुत गरिसक्नु पर्ने प्रावधान रहेको छ । सोहीबमोजिम ६ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले… Continue reading आयो स्थानीय तहको बजेट, सबै तहको बजेट ल्याउने सीमा सकियो

डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित

विश्वन्युज संवाददाता नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा आईतबार विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पाँच कार्यपत्र प्रस्तुत भएको भेलामा संसारभरबाट झण्डै ३ सय भन्दा धेरै प्रतिनिधि पर्यवेक्षक सहभागि भएका थिए । शुक्रबार, शनिबार र आइतबार भएको भेलामा आरोप–प्रत्यारोपको शृङ्खला नै चलेको भेलामा सहभागी नेताहरुले बताएका छन्… Continue reading डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित

प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संकट उन्मुख देखिएको छ । सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीले सरकार संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोधमा पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएपछि ओली संकटमा परेका हुन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति… Continue reading प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव

शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

न्यूयोर्क/अमेरिका शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा किदुग अमेरिका गल्फ प्रतियोगिता गत शनिबार सम्पन्न गरेको छ । खेल प्रतियोगिता न्युयोर्कको ब्रुकलिनस्थित मरीन गल्फ कोर्षमा सम्पन्न भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले १२ वर्षदेखि आयोजना गर्दै आएको हो । नेपाल, भुटान,… Continue reading शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

न्यूयोर्क/अमेरिका न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको… Continue reading गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

२४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

काठमाडौं । नेपालको राजधानी काठमाडौं क्रमशः रात्रीकालिन समयमा पनि सक्रिय हुने क्रममा छ । सरकारले रात्रिकालिन बस संचालनको तयारी गरिरहेको समयमा अब महानगरपालिकाले मुख्यमुख्य चोकमा ठूलो क्षमताका बत्ति जडान गर्दैछ । हाइमास्ट भनिने यस्ता बत्तिले एक साथ धेरै क्षेत्रमा उज्यालो छर्न सक्ने क्षमता राख्छन् । काठमाडौंका मूख्य सडक र चोकमा अहिले सानो क्षमताका बत्ति जडान… Continue reading २४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

विप्लवका छोराले चलाए स्वास्थ शिविर

कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ । यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरको नेतृत्व चन्दका छोरा प्रकाशले गरेका थिए । चन्दका छोरा प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक… Continue reading विप्लवका छोराले चलाए स्वास्थ शिविर

२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो । जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् । सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ… Continue reading २४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

काठमाडौं । तुलनात्मक रुपमा कमजोर मानिएको कतार विरुद्ध जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले परािजत गर्यो । पहिलो खेलमा कोलम्बियाँसँग हारेको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो । त्यसकारण कतारसँगको खेल अघिल्लो चरण पुग्न उसकालाई लागि फाइनल सरह थियो… Continue reading कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

तस्बिर श्रोत : बिजय थापा / ईनेप्लिज

डि सि भर्जिनिया अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा… Continue reading डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

न्युह्याम्पसायर एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा  ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्‍यु भएको छ भने ३ जना  घाईते भएका छन्  । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई… Continue reading गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से

काठमाडौं । टिकापुर काण्डमा कैद भोगिरहेका नेता रेशम चौधरी बिरामी भएर अस्पताल भर्ना भएका छन् । विर अस्पतालमा भर्ना भएका उनको खुट्टामा सरकारले नेल लगाएको छ । उक्त नेल १४ किलोको रहेको बताइएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै सरकारको व्यापक आलोचना भइरहेको छ । यसैबीच, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै… Continue reading रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से

कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असार २२ मा केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ । बैठकमा पार्टीले गत महिना सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताइएको छ । यसबाहेक, बजेट सहित समसामयीक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको उल्लेख गरेको छ । बैठकमा नियमावली… Continue reading कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा

दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक

काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ । योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अब बन्ने… Continue reading दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक