सञ्जु पौडेल१५ मंसिर, काठमाडौं । विश्वव्यापीकरण तीव्र गतिमा बढिरहेको समयमा मानिसको एक देशबाट अर्को देशमा हुने आवतजावत, रोजगारीका लागि विदेश जाने, उच्च शिक्षा र बसोवासका लागि देशसँगको दूरी बढ्दै गएको छ । नेपालमा मात्र होइन संसारका विभिन्न देशका नागरिक पनि लाखौं संख्यामा आफ्नो मातृभूमिबाट टाढा बसेर पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा जन्मभूमिसँग जोडिएका छन्… Continue reading पाउलान् त विदेशमा रहेका नेपाली नागरिकले मताधिकार ? यस्तो छ– विश्वव्यापी अभ्यास र इतिहास
Category: समाचार
नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ, १५ मङ्सिरः नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ ।… Continue reading नेपालले श्रीलङ्कालाई २ लाख डलर सहयोग गर्दै बाढीको क्षतिप्रति दुःख व्यक्त
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
काठमाडौँ, १५ मङ्सिर । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान… Continue reading घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
काठमाडौँ, १५ मङ्सिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको… Continue reading एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ, १५ मङ्सिरः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन… Continue reading एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
राससकाठमाडौँ, १५ मङ्सिरः प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।… Continue reading प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल
गण्डकी, १४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने,… Continue reading सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल
एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित
काठमाडौँ, १५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन… Continue reading एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित
डिजेल-मट्टितेलको मूल्य घट्यो
काठमाडौँ, १४ मङ्सिरः नेपाल आयल निगमले डिजेल\मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल-मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल-मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।… Continue reading डिजेल-मट्टितेलको मूल्य घट्यो
ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ
काठमाडौँ, १४ मङ्सिरः काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला… Continue reading ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ
कुलमान र बालेनबीच भेट
१४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । मन्त्री घिसिङले आज भेटवार्ताको पुष्टी गर्दै भनेका छन्, देश बनाउने अभियानमा हामीसँगै छौँ।’ पछिल्लो समय नयाँ दलहरुबीच आगामी चुनावका लागि सहकार्यको चर्चा चलिरहेको समयमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिअले पार्टीहरुबीच तीव्र ध्रुविकरण जारी… Continue reading कुलमान र बालेनबीच भेट
गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री
काठमाडौँ, १४ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताएकी छिन् । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न… Continue reading गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री
गैरआवासीय नेपाली संघको बृहत् एकता घोषणा
१४ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई कमिटीबीच एकता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा आइतबार अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएको हो। एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने, महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने, निर्वाचन र मोनिटरिङ समिति बन्ने लगायतका सहमति भएको छ। त्यसमा १३… Continue reading गैरआवासीय नेपाली संघको बृहत् एकता घोषणा
बनेपा-हेटौँडा बस सञ्चालन, आवागमन सहज
काभ्रेपलाञ्चोक, १४ मङ्सिरः काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ । जिल्लावासीको मागलाई ध्यानमा राखी काभ्रे–पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेको हो । बनेपा–हेटौँडा… Continue reading बनेपा-हेटौँडा बस सञ्चालन, आवागमन सहज
गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
वासिङ्टन, १४ मङ्सिर रासस–एपी) । ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकेका छन् । यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको… Continue reading गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
आज देशका अधिकांश भागमा आंशिक बदली
काठमाडौँ, १४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
काठमाडौँ, १४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स ९युएई०को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी,… Continue reading उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव
तानसेन, १४ मङ्सिरः तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ । नेवारी परम्पराअनुसार… Continue reading नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न… Continue reading रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
देशभैरी बढे आगलागी घटना
काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो । कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यसदिन झापा… Continue reading देशभैरी बढे आगलागी घटना
एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै
काठमाडौँ, १४ मङ्सिरः त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने… Continue reading एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै
श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा
कोलम्बो, १४ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । यसैबीच… Continue reading श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा
क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह
मेलबर्न, १४ मङ्सिर (रासस–एपी) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन् । अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता बनेका छन् ।दिउँसो द… Continue reading क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह
इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
जकार्ता, १४ मङ्सिर (रासस–क्यूएनए) । इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसहरूको खोजी जारी रहेको जनाइएको छ । बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्क उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।… Continue reading इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
जीवित छन् इमरान खान
नयाँदिल्ली, १३ मङ्सिर (रासस–एएनआई) । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उनी जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गरेका छन् । उनका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ । पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर… Continue reading जीवित छन् इमरान खान
अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा
काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गरको हो । यस जितमा विनोद भण्डारी… Continue reading अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा
ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु
मङ्गलबारे, १३ मङ्सिरः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।… Continue reading ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु
गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
काठमाडौँ, १३ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेका छन् । आज उनले भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिए । अवलोकनका क्रममा गृहमन्त्री अर्यालले… Continue reading गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
पोखरामा दाइँ महोत्सव सम्पन्न
राष्ट्रिय समाचार समिति (रासस)गण्डकी, १३ मङ्सिरः ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ आज पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको छ । स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा दाइँ महोत्सव गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष… Continue reading पोखरामा दाइँ महोत्सव सम्पन्न
वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान
काठमाडौँ, १३ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो ।… Continue reading वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान