मधु शाही र सिर्जना राई–राससकाठमाडौँ, ९ चैतः प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको… Continue reading नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
Category: समाचार
लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
काठमाडौँ, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज… Continue reading लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने
योगेश आदी, न्युयोर्क नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ ।आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको… Continue reading न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
काठमाडौँ, ९ चैतः सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा… Continue reading नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
काठमाडौँ, ९ चैतः खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन,… Continue reading १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
साउन यता १७ गैंडा मरे
चितवन, ९ चैतः चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार… Continue reading साउन यता १७ गैंडा मरे
द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त
बेरुत, ९ चैत (रासस–सिन्ह्वा) । तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण… Continue reading द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त
व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ
भोजपुर, ९ चैतः यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् । तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका उनले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् । दैनिक रूपमा… Continue reading व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान
गण्डकी, ९ चैतः आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ। विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज,… Continue reading पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ, ९ चैतः विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन… Continue reading नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
काठमाडौँ, ९ चैतः ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम… Continue reading आज विश्व जल तथा मौसम दिवस मनाइँदै
कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन
इन्द्राकुमारी केसी–राससघोडाघोडी (कैलाली), ९ चैत । विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन् । वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वर्द्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन् । जसले गर्दा स्थानीयस्तरमा वन व्यवस्थापनबाट सृजना हुने रोजगारी गुम्नुका साथै… Continue reading कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर… Continue reading यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार
काठमाडौँ, ९ चैतः पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि… Continue reading ‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार
कैफियत देखिएपछि विभागद्वारा जरिवाना
काठमाडौँ, ९ चैतः नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो… Continue reading कैफियत देखिएपछि विभागद्वारा जरिवाना
सूर्यविनायक–धुलिखेल सडक : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
राजकुमार पराजुली/रासस काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग… Continue reading सूर्यविनायक–धुलिखेल सडक : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
तेहरान, ९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ । ट्रम्पले आफ्नो ट्रुथ… Continue reading होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
काठमाडौँ, ८ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब १३ करोड… Continue reading आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
निषेधित क्षेत्रको पदयात्रा बारे अध्यागमन विभागले ल्यायो यी नयाँ नियम
काठमाडौँ, ८ चैतः अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ । विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी… Continue reading निषेधित क्षेत्रको पदयात्रा बारे अध्यागमन विभागले ल्यायो यी नयाँ नियम
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
काठमाडौँ, ८ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका… Continue reading देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौँ, ८ चैतः मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो ।… Continue reading छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी ?
काठमाडौँ, ८ चैतः प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा… Continue reading प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी ?
ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने
काठमाडौंँ, ८ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिने भएका छन् । ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११ः १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा… Continue reading ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने
कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौँ, ८ चैतः नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ… Continue reading कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण
काठमाडौँ, ८ चैतः शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ । योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको… Continue reading वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण
पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, ८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आगोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए । प्रतिवदीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल… Continue reading पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
काभ्रेपलाञ्चोक, ८ चैत । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा… Continue reading सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो
तानसेन (पाल्पा), ८ चैत । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना… Continue reading पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
चन्द्रकला भण्डारी–राससझापा, ८ चैत । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका… Continue reading घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च
राससपाँचथर, ८ चैत । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् । स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै… Continue reading पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च