काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ । तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ ।… Continue reading काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क… Continue reading नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

काठमाडौंमा वर्षकै चिसो दिन मापन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार अहिले देशका… Continue reading काठमाडौंमा वर्षकै चिसो दिन मापन

छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ । आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ । उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो । एन्फाले चारै जना खेलाडीको कारवाही… Continue reading ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो । सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए । उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री… Continue reading समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

गुगल फाईल फोटो

प्रभात भट्टराई/अमेरिका अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी… Continue reading छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो । साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्‍याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् । अन्य तीनलाई २४ वर्ष… Continue reading पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो । बैठकमा… Continue reading अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

२१ किलो चरेश बरामद

काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो । चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ । नेपालमा पछिल्ला दिनमा अवैध… Continue reading २१ किलो चरेश बरामद

वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ । यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ । २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी… Continue reading वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ । पन्तलाई ठक्कर… Continue reading विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ । तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ । आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर… Continue reading कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो । प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान… Continue reading विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

बुटवल “सडक मानव” मुक्त सहर घोषित

बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ । शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त… Continue reading बुटवल “सडक मानव” मुक्त सहर घोषित

आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ । पूर्वसभामुख कृष्णबहादुर… Continue reading आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ । मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् ।… Continue reading सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

उच्च अदालतले समेत मानेन महरालाई छाड्न

काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश… Continue reading उच्च अदालतले समेत मानेन महरालाई छाड्न

तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् । त्यसकारण एक्कासी चिसो… Continue reading तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि डाकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। आन्तरिक विवादमा फसेको कांग्रेसको कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता अनुपस्थित भएपछि बैठक स्थागित भएको हो । विवाद समाधानको प्रयास भने जारी रहेको नेताहरुले जानकारी दिएका छन् । शीर्ष नेताहरु नै आन्तरिक छलफलमा जुटेका… Continue reading पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ,… Continue reading एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि फिर्ता गर्न अदालतको आदेश आवश्यक नरहेको बताएका छन् । महाकाली नदी पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको भन्दै त्यसका लागि सर्वोच्चको आदेश लिइरहनु नपर्ने उल्लेख गरेका हुन् । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेको जवाफ उनले सर्वोच्चलाई दिएका छन् ।… Continue reading सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो । सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् ।… Continue reading नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ । १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो । दूर्घटनामा १९ जनाले ज्यान… Continue reading अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस सिजनकै चिसो दिन मापन भएको छ । न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएसँगै यो दिन अहिलेसम्मकै चिसो दिन बनेको हो । काठमाडौंमा झै चिसो बढ्ने क्रम जारी रहेको छ । मौसक राम्ररी खुलिसकेको छैन । आकासमा बादल यथावत छ । तर, तापक्रममा भने निरन्तर घटी आइरहेको छ ।… Continue reading काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् । भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए । तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम… Continue reading भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । उनले आफूमाथि लागेको संविधानको अवहेलना… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला