Category: समाचार

  • चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    चिरिबाबु लगातार दोस्रो कार्यकालका लागि बने ललितपुरको मेयर

    ललितपुर । चिरिबाबु महर्जन लगातार दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित बनेका छन् । नेपाली कांग्रेसका उनी गठबन्धनबाट उम्मेदवार बनेका थिए । महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए ।

    ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबाबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् ।

    मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए । ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । बज्राचार्य गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार थिए ।

    राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । जोशी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका थिए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।

  • घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

    घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

    काठमाडौं । सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ ।

    घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

    सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ।

    अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिएको हो।

  • यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन ।

    विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ गरेको हो । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

    अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका थिए ।

    दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

    अधिकारीले आफुले भनेको नमाने कलेजबाट निष्कासन गर्ने धम्की समेत दिने गरेको बिद्यार्थीहरुको आरोप छ । माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।

  • वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

    वीरगन्जमा पनि एमालेको ठूलो हार, महानगरमा सिंह विजयी

    वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा एमालेले ठूलो हारा बेहोरेको छ । यस महागरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा एमाले छिरेका सरावगीलाई जनताले भने विश्वास गरेनन् । कुल ३२ वडा रहेको वीरगन्जमा राजेशमानले ४६ हजार २१५ मत पाए । विजयले मात्र २३ हजार ६७१ मत ल्याउन सके ।

    एक लाख २४ हजार ६४७ मतदाता रहेकोको यो महानगरमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो बनेका थिए । यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका हुन् ।

    राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले ९५६८ मतमात्रै पाए । वीरगञ्जमा ३२ वटा वडामध्ये १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

  • विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?

    विश्वभर मङ्कीपक्सको जोखिम, के भन्छ डब्लूएचओ ?

    काठमाडौं (बीबीसी)। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ। अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ। उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन्। अफ्रिकाको मध्य अनि पश्चिमी क्षेत्रका ग्रामीण भेगमा यो भाइरस सामान्य रूपमा पाइन्छ।

    ‘यो नियन्त्रण गर्न सकिने अवस्था हो, हामीले मानवबाट मानवमा हुने सङ्क्रमणलाई रोक्न चाहेका हौँ,’ डब्ल्यूएचओकी भान कर्कोभाले सोमवार एउटा पत्रकार सम्मेलनमा भनिन्। अफ्रिकाबाहिर हाल १६ देशमा यो भाइरस फेला परेको पाइएको छ।


    पछिल्लो ५० वर्षमा अफ्रिकाबाहिर फैलिएको यो सबैभन्दा ठूलो स्तरको प्रकोप भए पनि मङ्कीपक्स सहजै मानिसहरूमा नसर्ने हुँदा यसको जोखिम कोरोनाभाइरस महामारीसँग तुलना गर्न नसकिने विज्ञहरूको भनाइ छ। डब्ल्यूएचओले अफ्रिकाबाहिर मङ्कीपक्स प्रकोप लक्षित ठूलो स्तरको खोप कार्यक्रम आवश्यक पर्ने आफूहरूको विश्वास नरहेको जनाएको छ। समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डब्ल्यूएच‌ओका एक वरिष्ठ अधिकारीले प्रकोप नियन्त्रण गर्ने प्रारम्भिक उपायहरूमा कनट्याक्ट ट्रेसिङ, एकान्तवास र सुरक्षित यौन व्यवहार रहेको उल्लेख गरे।

    अमेरिकाले आफूसँग बिफर र मङ्कीपक्सविरुद्ध प्रयोग गर्नका लागि स्वीकृति प्राप्त सानो परिमाणमा खोप उपलब्ध रहेको र त्यो सङ्क्रमित मानिसहरूसँग नजिकको सम्पर्कमा पुगेकाहरूलाई उपलब्ध गराउने तयारी गरिएको जनाएको छ। सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्। एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ। त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्।

    डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ। सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ। फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।

    यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन। तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ। त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ। ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन् ।

  • आज नीति तथा कार्यक्रम आउने, राष्ट्रपति संसद भवन जाने

    आज नीति तथा कार्यक्रम आउने, राष्ट्रपति संसद भवन जाने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट साँझ ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सरकारले कृषि, स्वदेशी उद्योग र आत्मनिर्भर अर्थतन्त्रलाई प्रांथमिकता दिने गरी नीति तथा कार्यक्रम बनाएको छ ।

    सोही अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो । १५ जेठमा सरकारको बजेट सार्वजनिक हुन्छ । आज सार्वजनिक हुने नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने गर्छ । अर्थमन्त्र िजनार्दन शर्मा अहिले धमाधम बजेट लेखनको काममा जुटिरहेका छन् ।

  • रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

    रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

    चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । मंगलबार बिहान रेनुले ५२ हजार ३० मत पाइन । एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनु र विजयबीचको मत अन्तर १२ हजार ४४९ छ । मतगणनाको परिणाम सार्वजनिक भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाउन शुरु गरेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढेको छ ।

    भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

    उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५२ हजार ८०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ५२ हजार ८०३ मत पाएकी छन् । भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।

  • बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति

    बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    शनिबार पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

    आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि अदालतमा म्याद थपको लागि माग गरिएको प्रहरीले जनाएको छ।

  • बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

    बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

    काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–बनारस (वाराणसी) गन्तव्यमा पुनःसिधा उडान सुरु गरेको छ ।बुद्धले आज (सोमबार)देखि काठमाडौंबाट भारतको चर्चित तीर्थस्थल वनारसमा पुनः सिधा उडान सुरु गरेको हो ।

    बुद्धले धार्मिक पर्यटकलाई लक्षित गर्दै पुनः सिधा उडान सुरु गरेको हो । उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो ।

    यस रुटमा अब सातामा दुई दिन सोमबार र शुक्रबार नियमति उडान हुने बुद्धले जनाएको छ ।

    धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

    बुद्ध एयरले आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

  • काठमाडौं महानगर: बालेनको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

    काठमाडौं महानगर: बालेनको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ४६ हजार ४७६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

    नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २६ हजार ८६१ मतसहित तेस्रो स्थानमा छन् ।

  • अब २७ स्थानीय तहको मात्र नतिजा आउन बाँकी

    अब २७ स्थानीय तहको मात्र नतिजा आउन बाँकी

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा एकै पटक ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । सोमबार बिहानसम्म ७२६ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा २७ स्थानीय तहमा भने मतगणनोका काम जारी छ । यसमा दुई उपमहानगरपालिका र पाँच महानगरपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । कुल २७ मध्ये २ वटामा मतगणना सुरू नै भएको छैन।

    अहिलेसम्म प्राप्त तथ्यांक अनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारि पहिलो स्थानमा छ । दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्र छ। प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १, १ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।

    गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आइसकेको छैन ।

  • महानगरमा एमालेले मेयर जित्ने सम्भावना कम

    महानगरमा एमालेले मेयर जित्ने सम्भावना कम

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम आउने क्रम जारी रहँदा ५ महानगरपालिकामा भने गणना जारी छ । एक महानगरपालिकाको नतिजा आइसकेको छ । ७५३ रहेको पालिकामा हालसम्म ७२६ पालिकाको अन्तिम नतिजा आएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकामा कांग्रेस विजयी भएको छ । बाँकी ५ महानगरपालिकामा समेत मत गणनाका हिसावले एमालेले जित्ने सम्भावना करीव अन्त्य जस्तै भएको छ ।

    ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । ११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।

    काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट बालेन शाहले ४३ हजार ८५० मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहको २५ हजार ९४४ र एमालेका केशव स्थापितको २५ हजार ०५९ मत आएको छ । यहाँ उपमेयर भने नेकपा एमालेले जित्ने निश्चित भएको छ । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जन ३५ हजार ७०३ मत सहित अगाडी छन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मतसहित पच्छ्याइरहेका छन् ।

    भरतपुर महानगरपालिकामा माओवादीकी रेनु दाहाल ४३ हजार ४८४ मतसहित अगाडी छिन् । एमालेका विजय सुवेदी ३३ हजार ६१२ मतसहित दोस्रो स्थानमा छन् । वीरगन्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह ३८ हजार ४३७ मतसहित अगाडी छन् । उनलाई एमालेका विजयकुमार सरावगीले मात्र १९ हजार ६७९ मतसहित पच्छ्याएका छन् । पोखरा महानगरपालिकामा समाजवादीका धनराज आचार्य ४७ हजार ९९२ मतसहित अग्रतामा छन् । उनलाई एमालेका कृष्णबहादुर थापाले ४४ हजार १३९ मतका साथ पच्छ्याएका छन् ।

  • काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै

    काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै


    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्।

    १ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्।

    पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै अगाडि बढेकी छन्। अद्यावधिक मतपरिणामअनुसार सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्।

    सिंहलाई बालेनले १७ हजार ४२४ मतले पछि पारेका छन्।

    यस्तै स्थापितले २३ हजार २४ मत ल्याएका छन्। स्थापित र सिंहबीचको मतान्तर ८३१ छ।

  • नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी

    नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टी

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार ६९६ पीसीआर तथा ५३० एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ जना पुगेको छ ।आइतबार १३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४१ जना सक्रिय संक्रमित रहेका छन्।

  • धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

    धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

    काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।

    राईले २० हजार ८२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

    उपप्रमखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे ।

  • भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै,कसले कति मत पाए ?

    भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै,कसले कति मत पाए ?

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

    अहिलेसम्म ९४ हजार २३२ मतगणना भएकोमा रेनुले ३७ हजार २७ मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८ हजार ९६८ मत ल्याएका छन्।दाहाल र सुवेदीबीचको मतान्तर ८ हजार ५९ छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन्।

    उपमेयरतर्फ पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९ हजार १२९ मत ल्याएका छन्। एमाले–राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२ हजार ९११ मत ल्याएकी छन्।

  • काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता

    काठमाडौं महानगरमा ८७ हजार मत गणना हुन बाँकी, बालेनको ४० हजार मतसहित फराकिलो अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    हालसम्म १ लाख १२ हजार १२७ मत गणना सकिएको छ । जारी मतगणना अनुसार महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० ले ४० हजार मत कटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ४० हजार ३ मत पाएका छन्।

    नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा आएकी छन् । आइतबार दिउँसोसम्म सिंहले २२ हजार ७४९ मत पाएकी छन् भने स्थापितले २२ हजार ९५ मत सहित पछ्याइरहेका छन् । सिंहको बालेनसँगको मतान्तर भने १७ हजार २५४ रहेको छ ।

    महानगरमा अब ८७ हजार मत गणना हुन बाँकी छ । महानगरको वडा नम्बर ९, १०, ११, १२ र २३, २४, २५ र २६ को मतगणना जारी छ।

  • काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

    काठमाडौं महानगर : केशव स्थापित तेस्रोमा झर्दा बालेनको मत ४० हजार नजिक

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको ४० हजार नजिक पुगेको छ । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयएकी छिन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । आइतबार बिहानसम्मको तथ्यांक अनुसार सिर्जनाले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

    सिर्जना र केशवको मत अन्तर ५०१ छ । स्वतन्त्र उम्मेदवार बालेन साह र सिंहबीचको मत अन्तर भने १६ हजार ९३४ छ । अझै करीव ९० हजार मत गन्न बाँकी छ ।

  • देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने

    देशका विभिन्न स्थानमा जारी वर्षा तीन दिनसम्म रहने

    काठमाडौं । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । सामान्य देखि मध्यम सम्मको चट्याङसहित बर्षा हुने महाशाखाले विज्ञप्ती निकाल्दै जनाएको हो । देशको बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रही बढी वर्षा हुने जनाएको छ ।

    आइतबार, सोमबार र मंगलबार पहाडी भू–भाग र देशका अधिकांस स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने छ। महाशाखाले बर्षासँगै आउने बाढी र हावाहुरीले क्षति पुर्याउने जनाउदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

    धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए । हमालले ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

    २०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् । उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।

    रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् । १९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ । वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

  • भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

    भरतपुरमा रेनुको अग्रता ७ हजार भन्दा माथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना भएको छ । यस क्रममा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता ७ हजार कटाएकी छिन्. । आइतबार बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० पाएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाए ।

    भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् ।

  • इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी

    इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी

    इटहरी । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई हराउँदै मेयर बनेका हुन् उनले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो बनेका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।

    उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए । राप्रपाकी वविताकुमारी चौधरीले ४७१९ मत ल्याएकी छिन् ।

  • मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

    मकवानपुरमा मिनि ट्रक दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीले गरेको छ । गाडी सडकमा पल्टिएको थियो । यात्रु भने पुलमुनि सिमखोलामा खसेका थिए । दुर्घटनापछि उपचारका लागि पठाएकामध्ये ३ जनाको हेटौंडामा र एकको काठमाडौंमा मृत्यु भएको हो । मृतकको पहिचान भइसकेको छैन ।

  • भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

    भरतपुरमा रेनुको अग्रता ६५०० भन्दा माथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता ६ हजार ५ सय भन्दा माथि पु¥याएकी छिन् । शनिबार साँझसम्म ७९ हजार ९१० मत गनि सक्दा रेनुले ३१ हजार १२२ मत पाइन् । नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १० हजार ९७८ मत आएको छ ।

    जगन्नाथले अपेक्षा भन्दा राम्रो मत पाएका छन् । उनले एमालेको भोट काट्दा रेनुलाई फाइदा भएको छ । उपमेयरमा नेपाली कांग्रेसका म्मेदवार चित्रसेन अधिकारी १४ हजार ४२७ मतसहित अगाडी छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।

  • बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

    बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

    काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको थियो । अपरान्ह पक्राउ गरिएको हो ।

    पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका दौरान घटना भएको युवतीको आरोप छ । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको युवतीले सामाजिक संजालमार्फत बताएकी छिन् । पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

  • विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

    विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

    बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याए । बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धनको बलमा २५ वर्षपछि बुटबलमा कांग्रेसल आफ्नो झण्डा फहराउन सफल भयो । बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ ।

    स्वतन्त्र, गठबन्धनबाट रुख चिन्हमा चुनाव लडेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् । २०७४ को चुनावमा प्रमुख, उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । २०५४ देखि यहाँ एमाले हारेको थिएन । यो एमालेका प्रभावशाली नेता विष्णु पौडेलको क्षेत्र समेत हो ।

  • गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

    गठबन्धनको बलमा हेटौडामा भत्कियो एमालेको ३० वर्ष पुरानो गढ

    हेटौडा । सत्तारुढ गठबन्धनको बलमा हेटौंडा उपमहानगरपालिकामा एमालेको ३० वर्ष पुरानो गढ भत्किएको छ । हेटौडाको मेयरमा एकीकृत समाजवादीकी मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनिया विजयी भएसँगै एमालेको गढ भत्किएको हो ।लामाले एमालेका अनन्त पौडेल र बाँनियाले एमालेकै सुमित्रा काफ्लेलाई पराजित गरे । लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर बनेकी थिइन् ।

    पार्टी विभाजन पछि उनी समाजवादीमा आएकी हुन् । लामालाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट साथ थियो । मेयरमा लामाले २३ हजार ७५ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका पौडेलले २० हजार ९ सय ८ मत पाए । उपमेयरमा बाँनियाले ३२ हजार ५ सय ९३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत पाइन् ।

    हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो । हेटौडामा २०४९ सालदेखि एमालेले विजय हाँसिल गर्दै आएको थियो । २०७४ मा भएको निर्वाचनमा हेटौंडाको मेयर, उपमेयरसहित १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा एमालेले मात्र ९ वडाध्यक्ष मात्र जित्न सक्यो । अघिल्लो निर्वाचनमा ५ वटा वडाध्यक्ष जितेको कांग्रेसले ८ वडामा जित निकाल्यो । एकीकृत समाजवादी र माओवादी केन्द्रले एक, एक वडामा जिते ।

  • उपमहानगरपालिका : ५ वटामा नतिजा सार्वजनिक, ६ वटामा कसको अग्रता ?

    उपमहानगरपालिका : ५ वटामा नतिजा सार्वजनिक, ६ वटामा कसको अग्रता ?

    काठमाडौं । ११ वटा उपमहानगरपालिकामध्ये ५ वटा नगरपालिकाको नतिजा आएको छ । हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भएको छ । हेटौँडाको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका छन् ।

    बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेस अगाडी छिन् ।

  • ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

    ६८३ स्थानीय तहमा आयो नतिजा, कुन पार्टीको कति जित ?

    काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको छ ।

    राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् । मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिएको आंकडा छ । उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।

  • काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

    काठमाडौंमा स्थापित र सिंहबीच दोस्रो स्थानमा प्रतिस्पर्धा, बालेन धेरै अगाडी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा दोस्रो स्थानमा भने केशव स्थापित र सिर्जना सिंहबीचको अन्तर कमभएको छ । बालेनले अहिलेसम्म ३३ हजार २६० मत पाइसकेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १५ हजार ५६८ मत अगाडी छन् । स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएकी छिन् । केशव र सिर्जनाको मतान्तर ११३ मा घटेको छ ।