Category: समाचार

  • रेनुको अग्रता ५ हजारमाथि

    रेनुको अग्रता ५ हजारमाथि

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५ हजार कटाएकी छिन् । गणना भएको कुल ६९६१२ मत मध्ये ठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी हुन् । सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

    उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

  • महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

    महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

    एमाले उम्मेदवार कार्कीले २५ हजार ६८० मत ल्याइन् । उनले जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई हराएकी हुन् । यादवको १४ हजार २१९ मत आयो । राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् । महानगरपालिकामध्ये नतिजा आउने विराटनगर पहिलो बनेको छ ।

  • चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

    चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु

    चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ 

    भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का  प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

    यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए । चितवनमा हुरिले ठुलो भौतिक क्षती समेत गरेको छ । विस्तृत विवरण आउने क्रममा छ ।

  • सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

    सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

    काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ
    प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
    एक मोडलले ८ वर्ष अगाडि आफुलाइ यौन हिंसा गरेको भन्दै घटना सार्वजनिक गरेकी छिन् । सो घटनाको हदम्याद नाघेका कारण अनुसन्धान हुन नसक्ने कानुनी प्रावधानका बीच सरकारमाथी भने घटनाको अनुसन्धान गर्न दवाव बढेको छ ।

  • काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

    काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७,१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।

    त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४,५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।

    त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६,८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात्र पाएका छन् ।

  • सभामुखको निर्देशन-‘आठ वर्षअघि बलात्कारमा परेकी युवतीको घटनाको अनुसन्धान गर्नू’

    सभामुखको निर्देशन-‘आठ वर्षअघि बलात्कारमा परेकी युवतीको घटनाको अनुसन्धान गर्नू’

    काठमाडौं । आठ वर्षअघि बलात्कारमा परेको कुरा भिडियोमार्फत बाहिर ल्याएपछि उक्त घटनाका आरोपीमाथि छानबिन गर्ने विषय संसदमा उठेको छ।

    शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।

    सांसद थापाको माग लगत्तै सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाई राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसा सम्बन्धि विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु।’

  • महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?

    महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?


    काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले २८ हजार ८८२ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ३१२ मत ल्याएका छन् ।

    भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले २१ हजार ४९२ मत ल्याएकी छिन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजय सुवेदीले १८ हजार २७० मत ल्याएका छन् ।

    वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले राजेशमान सिंहले २२ हजार ५९६ मत ल्याएका हुन्छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजयकुमार सरावगीले ११ हजार ७८५ मत ल्याएका छन् ।

    ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।

    दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर ९ हजार १६२ रहेको छ ।

    यस्तै, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेकपा एस) का धनराज आचार्यले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् । आचार्य र थापाको मतान्तर ३ हजार २७० रहेको छ ।

    विराटनगर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उमेद्वार (नेपाली कांग्रेस) नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।

    उनले अहिलेसम्म २५ हजार ३१२ र एमाले उम्मेदवार सागर थापाले १८ हजार ८३५ मत प्राप्त गरेका छन् । कोइराला र थापाको मतान्तर ६ हजार ४७७ रहेको छ ।

  • एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित

    एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ ।

    दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

    एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए ।

    पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

    चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस–माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए ।

  • नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् । मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।

  • नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

    नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

    काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगको भनाई छ ।

    संविधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि निर्वाचन आयोगको भनाई छ ।

    निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।

  • ६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?

    ६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?

    काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहानसम्म ६ सय १९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २ सय नगरपालिका र ४ सय १९ गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

    अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।

    एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।

    नेकपा माओवादी केन्द्रले २० नगरपालिकाको मेयर र ९२ गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ । जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ ।

    जसपाले १३ वटामा उपाध्यक्ष र २ सय २८ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ३९ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।

  • रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि

    रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाउँदा अग्रता ३ हजार भन्दा माथि पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएको छ । जसमा रेनुले २०४९२ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार पौडेलले एमालेको मत काट्दा रेनुलाई फाइदा पुगेको विश्लेषण गरिएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्।

  • धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

    धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् ।

    यहाँ मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएकी छिन् । एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

  • चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद

    चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद

    काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।
    बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी गराएका छन् ।

    बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतीपूर्ण रहेको बताए । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतीपूर्ण रहेकाले यसमा सहजता दिन सहयोग पुर्‍याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनु भएको पोखरेलले बताए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे भने मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिए ।

  • सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने

    सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने

    काठमाडौं । सरकारले सातामा दुई दिन बिदा घोषणा गरेसँगै अब सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरिने र सोही आधारमा मात्र गाडी चलाउन पाइने भएको छ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

  • काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?

    काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् ।

    यता, नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छन् ।

    नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् । हाल वडा नं। ६, ७, ८, २७, २९, ३१ र ३२ को मतगणना भइरहेको छ ।

    उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ। सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २ हजार ४४८, कलमले ७३७३, हलोले ५१६८ मत ल्याएको छ।

  • ५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?

    ५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगका अनुुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तह प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ ।

    यस्तै, नेकपा एमालेले १६१ स्थानीय तह प्रमुख जितेको छ । एमालेले १०९ गाउँपालिका अध्यक्ष जित्दा ५२ नगरपालिका प्रमुख जितेको छ । माओवादी केन्द्रले ८९ गाउँपालिका अध्यक्ष र १६ नगरपालिका प्रमुखसहित १०५ स्थानीय तह जितेको छ ।

    यस्तै, जनता समाजवादी पार्टी नेपाल १४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ एकीकृत समाजवादीले ६ वटा मेयरमा जित हासिल गरेको छ ।

    अन्यतर्फ २० गाउँपालिका र १४ नगरपालिका प्रमुखमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

  • गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित

    गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

    सत्ता गठबन्धनबाट मेयर बनेमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटा ८ हजार ३५१ मत पाए।

    उपमेयरमा कांग्रेसका विष्णुमणी नेपालले ११ हजार ३०५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाइन्।

  • ५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा

    ५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नेपाली कांग्रेस २ सय ४२ पालिका जितेर पहिलो स्थानमा छ ।

    कांग्रेसले ८१ नगरपालिकाको मेयर र एक सय ६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र एक सय ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २७ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ९२ वटा वडाध्यक्ष पद जितेको छ । एमाले दोस्रो स्थानमा छ ।

    एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय ३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४९ वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १ सय १ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५८ वटा जितेको छ । एमालेले एक हजार ७ सय १५ वटा वडाध्यक्ष जितेको छ ।

    नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय १९ वटा वडाध्यक्ष पद जितेको छ ।

    नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

  • निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने

    निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने

    काठमाडौं । स्थानीय तह निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने भएको छ । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको बताएको छ ।

    निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल विज्ञप्ति जारी गरि दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्ता कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको उल्लेख छ । मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीबाट भएका गल्तीले चुनावका क्रममा विवाद र धाँधली उत्पन्न भएर मतदान तथा मतगणना स्थगित र चुनाव प्रभावित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

  • टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

    टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

    कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराए ।

    थारूले ९६४२ मत पाए । रावलको ६६४२ मत आयो । थारू यसअघि टीकापुर ७ मा वडाध्यक्ष थिए । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका खडक साहले जिते । साहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराए ।

  • ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

    ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार

    ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१ वर्षीय नरसिंहले ५४३ मत पाए । उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याए ।

    रविनमान नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । नरसिंह स्वतन्त्र रुपमा चुनाव लड्दा पुतली चुनाव चिह्न पाएका थिए । नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० मा उनले निरन्तर नेतृत्व गरेका थिए ।

  • बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित

    बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित

    गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्रले जित निकालेको छ । जनता समाजवादी, एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित निकालेको हो । मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।

    निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भए । उनले ४९९७ मत पाए । एमालेका हरि भट्टले ९४१ मत ल्याए । उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भइन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाइन् । गठबन्धनबाट एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मत ल्याएकी छिन् ।

  • रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार

    रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार

    काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहन सफल दुई महागरपालिका काठमाडौं र भरतपुरमा मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत पार गरेका छन् । पछिल्लो परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि छन् ।

    स्थापितले नौ हजार ६ सय ३८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले आठ हजार ६ सय १७ मत पाएको देखिएको छ । उता भरतपुरमा रेनु दाहालले २३३८ मतको अन्तर पुर्याएकी छिन् । कुल ३२ हजार ८९४ मत गन्दा उनको सो अन्तर भएको हो । रेनुले १२ हजार २१२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ९ हजार ८७४ भोट पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् ।

  • माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी

    माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह विजयी भएका हुन्।

    साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।

    गौरको मेयरमा जसपाबाट पूर्वउपमेयर किरण ठाकुर, नेपाली कांग्रेसबाट मोहनकुमार यादव उम्मेदवार थिए।

    यसैगरी, उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साह विजयी भएकी छन्।

  • भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै

    भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।

    पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छिन् ।

    अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।

    स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।

    चितवनको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

  • काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?

    काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

    काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् ।

    ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६०७ मत पाएका छन् ।

    स्थापितभन्दा बालेनले ८ हजार ४० मत बढी ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७६७ मत ल्याएकी छन् । बालेनले सिंहको भन्दा ८ हजार ८८० मत बढी ल्याएका छन् ।

  • पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस र एमालेको गठबन्धन पराजित गर्दै माओवादी विजयी

    पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस र एमालेको गठबन्धन पराजित गर्दै माओवादी विजयी

    काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा विजयी भएका हुन् ।

    नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।

    यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।

  • २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

    २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता

    भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् ।

    यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका छन् । स्वतन्त्र तथा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६६६८ मत पाएकी छिन् ।

  • चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    काठमाडौं । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहानसम्म चार सय स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ९१ नगरपालिका र तीन सय ९ गाउँपालिकामा अन्तिम नतिजा आइसकेको छ । सार्वजनिक भएको नतिजा अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेस छ । सो पार्टीले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिका प्रमुख पद हात पारेको छ ।

    कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ८८ वटा वडाध्यक्ष पद जितेको आयोगको तथ्यांक छ । एमाले दोस्रो स्थानमा छ । नेकपा एमालेले २६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी ११४ वटा पालिका प्रमुख पद जितेको छ।

    एमालेले ३० वटा नगरपालिकाको उपमेयर र ८५ वटा पालिकाको उपाध्यक्ष गरी ११५ वटा पालिकामा उपप्रमुखरउपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ७३ वटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६९ वटा गाउँपालिका गरी ७८ वटा पालिकाको प्रमुख पद जितेको छ ।

    माओवादीले १४ वटा नगरपालिकाको उपमेयर, ७२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८६ ठाउँमा जितेको छ । माओवादीले सात सय ९५ वटा वडाध्यक्ष पदमा जित निकालेको छ। नेकपा एकीकृत समाजवादीले एक नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

    जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले दुई वटा पालिका जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई वटा पालिका र अन्य दल तथा स्वतन्त्रले ७ वटा पालिकामा प्रमुखमा जित निकालेका छन् ।