Category: समाचार

  • देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता

    देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता

    काठमाडौं । स्थानीय तह निर्वाचन भएको स्थानीय तहमा अधिकांश स्थानमा मतगणना जारी रहेको छ । सबै महानगरपालिका र उपमहानगरपालिकासहित देशभर मतगणना जारी रहँदा ठूला दलले अपेक्षित अग्रता लिएका छन् । अहिलेसम्म १५ स्थानीय तह जितेको कांग्रेस अग्रस्थानमा रहेको छ । एमाले र माओवादी केन्द्रले समान १२÷१२ स्थानमा जितेका छन् । एकिकृत समाजवादीले २ स्थानीय तहमा जित्दा अन्य दलले भने जितेका छैनन् ।

    यस पटक देशभर स्वतन्त्र उम्मेदवारले भने ठूला दललाई टक्कर दिएको देखिएको छ । काठमाडौंमा बालेन शाहले एमालेका उम्मेदवारविरुद्ध दोब्बरको अग्रता बनाइसकेका छन् । धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरपालिकामा समेत स्वतन्त्र उम्मेवारको अग्रता रहेको छ । देशभर मतगणनाको काम भने निकै सुस्त भइरहेको छ ।

    निर्वाचन आयोगले जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने बताएको थियो। सकेसम्म बढी मतगणना टोली गठन गर्दै छिटो गणना सक्न सघाउन आयोगले आइतवार दिउँसो एक विज्ञप्तिमार्फत् आग्रह गरेको छ। सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक उचालेर विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्नेू जस्ता काम भएको आयोगले जनाएकोछ ।

    आयोगले राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई व्यवस्थित र अनुशासित रहन आग्रहु गर्दै तोकिएकै समयभित्र गणना सक्न सघाउन आग्रह गरेको छ। शुक्रवार १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो। तीमध्ये सप्तरी, कालीकोट र बझाङका केही केन्द्रहरूमा आइतवार मतदान भइरहेको आयोगले जनाएको छ। नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो ।

  • भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति

    भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति

    काठमाडौं । सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।

    उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुनः सुरु भएको हो । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो ।

    भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो ।

    मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

    मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मत गणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् ।

    यस्तै, विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।

  • विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

    विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

    एमाले प्रतिनिधिहरुले मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको निर्णय विरुद्ध आरोप लगाएका छन् । उनले कहिले सदर कहिले बदर भनेमने आरोप लगाएका हुन् ।

    पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

    ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

    यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

  • भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

    भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ ।

    आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १८ सय ९५ मत प्राप्त गरेका छन् ।

    उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३ य ३३ मत प्राप्त गरेकी छन् ।

  • एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

    एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

    काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

    स्याङ्जाको वालिङ नगरपालिका– १ को वडा सदस्य उठेका उनी ४ सय ६७ मतले पराजित भएका हुन्। पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए। उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन्।

    वडामा कुल १८३४ मत खसेको थियो। नेपाली कांग्रेसबाट जितेका अर्यालले ११ सय १२ मत ल्याउँदा पराजित पौडेलले ६ सय ४५ मतमात्र ल्याए। वालिङको १ र २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।

    वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण उम्मेदबार रहेका छन्। उनीहरुले ११ सय १३ र ७ सय ५९ मत पाएका छन्।

  • काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?

    काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्।

    अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।

    पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ६०१ मत पाएका छन्।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत पाएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छन्।

    उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले २ हजार मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्।

    वडा नम्बर १ मा बालेन ५ सय ५० मतसहित पहिलो स्थानमा छन्। ३ सय ५० मतसहित नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र २ सय ७३ मतसहित नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।

  • भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले

    भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत अन्तर बढेको छ । आइतबार बिहानसम्म कुल २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन्  ।

  • निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो

    निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता अझ बढेको छ । उनले  १५७५ मत प्राप्त गरेका छन् ।

    चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

  • महानगरमा बालेनको अग्रता कायमै

    काठमाडौं । अपडेट : २:३० बजे

    काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ ।बिहान २:३० बजेको पछील्लो परिणामका अनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १२५४ मत प्राप्त गरी पहिलो नम्बरमा छन् भने नेकपा एमालेका केशब स्थापितले ८७८ मत प्राप्त गरेका छन् ।  त्यसैगरी नेपाली काँग्रेसकी सिर्जना सिंहको मत ७ सय १९ छ ।  

    अपडेट : ८४० बजे

    काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ ।

    अपडेट : ६:५५  बजे…..

    निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन साहले ४०२ मत ल्याएका छन् । उनलाई केश स्थापितले ३१९ मतसहित पच्छ्याइरहेका छन् । गठबन्धनकी सिर्जना सिंहको २०२ मत ल्याएको निर्वाचन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ । राप्रपाले ५३ भोट ल्याएको छ । उपमेयरमा सुनिता डंगोलले ५२० मत ल्याउँदा समाजवादीका उम्मेदवारले मात्र ११० ल्याएका छन् । कार्यालयले पहिलो आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो ।

    अपडेट ४ बजे….

    काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवारलाई पुनः गठबन्धनले उछिनेको छ । स्वतन्त्र उम्मेदवार बालेन साह भने २ सय मतले अगाडी छन् । पछिल्लो तथ्यांक अनुसार साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत ल्याएकी छिन् ।

    एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेको तथ्यांक छ । काठमाडौं महानगरको वडा नम्बर १, २, ३ र ३२ को मतगणना चलिरहेको छ ।

  • बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

    बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’

    काठमाडौं । अपडेट : ८४० बजे
    काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ ।

    अपडेट : ६ः५५ बजे…..
    निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन साहले ४०२ मत ल्याएका छन् । उनलाई केश स्थापितले ३१९ मतसहित पच्छ्याइरहेका छन् । गठबन्धनकी सिर्जना सिंहको २०२ मत ल्याएको निर्वाचन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ । राप्रपाले ५३ भोट ल्याएको छ । उपमेयरमा सुनिता डंगोलले ५२० मत ल्याउँदा समाजवादीका उम्मेदवारले मात्र ११० ल्याएका छन् । कार्यालयले पहिलो आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो ।

    अपडेट ४ बजे….

    काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवारलाई पुनः गठबन्धनले उछिनेको छ । स्वतन्त्र उम्मेदवार बालेन साह भने २ सय मतले अगाडी छन् । पछिल्लो तथ्यांक अनुसार साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत ल्याएकी छिन् ।

    एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेको तथ्यांक छ । काठमाडौं महानगरको वडा नम्बर १, २, ३ र ३२ को मतगणना चलिरहेको छ ।

  • ललितपुरमा बढ्दैछ चिरिबाबुको अग्रता

    ललितपुरमा बढ्दैछ चिरिबाबुको अग्रता

    ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायम छ । दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्। नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले मात्र ४७ मत पाएका छन्। उपमेयरमा नेकपा (एमाले)का मन्जली शाक्य बज्राचार्यले ६४ मत पाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले मात्र २० मत पाएका छन्।

  • प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित

    प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित

    डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । यहाँ देउवाले मतदान गरेका थिए । वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भए । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मात्र मत ल्याउन सके ।

  • पोखरा महानगरमा थालियो मतगणना

    पोखरा महानगरमा थालियो मतगणना

    पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो ।

    तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो । मतगणना सहिदचोकस्थित जिल्ला समन्वय समितिको दुई र नगर विकास समितको एक सभाहलमा भइरहेको छ।

  • भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै

    भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर देखिएको छ । कांग्रेसका बागी उम्मेदवारका कारण उनीमाथि दवाव भने छ । यस क्षेत्रमा अहिले रेणु दाहालले अग्रता लिएकी छिन् । उनले १०३ मत पाउँदा एमालेका विजय सुवेदीले ६८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवारको पक्षमा १९ मत पर्दा १३ मत बदर भएको छ ।

  • कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

    कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

    डोल्पा । स्थानीय तह प्रमुखमा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ।

    माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याइन् । यस क्षेत्रमा कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए। माओवादी एक्लै चुनाव लडेको हो ।

  • सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै

    सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार बालेनले २१३ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस र एमालेले पच्छ्याइरहेका छन् । शरुवातमा बालेनसँग प्रतिस्पर्धामा गइरहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई अहिले एमालेका केशव स्थापितले उछिनेका छन् ।

    पछिल्लो मतगणना अनुसार स्थापितले १५९ भोट ल्याएका छन् । सिंहको १४८ मत आएको छ । काठमाडौंमा वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना जारी छ । ३२ नं वडा बालेको पकड भएको वडा हो । उनी यसै वडाका बासिन्दा हुन् ।

  • पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

    पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

    मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भए । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतसहित निर्वाचित भए ।

    एमालेले चामे गाउँपालिकाको अध्यक्ष जित्यो । यहाँ लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भए । ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भए । चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भए । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ विजयी भए । ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ र नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भए ।

  • हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता

    हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता

    हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एसले प्रारम्भिक अग्रता लिएको छ । हेटौडामा ६५० मत गन्दा नेकपाल एसकी मिना लामो पक्षमा १९८ मत आएको छ । एमालेका अनन्त पौडेलले १९० र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत पाएका छन् । यो यसअघि एमालेले जितेको क्षेत्र हो ।

  • भरतपुरमा बदर मतको  मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

    भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

    भरतपुर । चितवनको भरतपुरमा पहिलो १२ मत गन्दा ४ मत बदर भएको पाइएको छ । यहाँ कांग्रेसका बागी उम्मेदवार उठेका छन् । जसले गर्दा गबन्धनकी उम्मेदवार रेणु दाहाल मारमा पर्ने देखिएको छ । महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा ३ मत परेको छ । चार मत बदर भएको पाइएको छ ।

  • काठमाडौंमा बालेन र सिर्जनाबीच टक्कर, बालेनको अग्रता

    काठमाडौंमा बालेन र सिर्जनाबीच टक्कर, बालेनको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र गठबन्धनकी उम्मेदवार सिर्जना सिंहबीच टक्कर हुने देखिएको छ । महानगरको वडा नं १ र ३२ को गणना भइरहेको छ । शूरुवाती ७५ मत गन्दा बालेनले २२ मत पाएका छन् । उनलाई सिर्जनाले १८ मतका साथ पच्छ्याइरहेकी छिन् ।

    केशव स्थापितले मात्र १३ मत पाएका छन् । काठमाडौंमा एउटा मतपत्र गन्न २० मिनेट भन्दा लामो समय लागेपछि नतिजा समेत ढिला आउने भएको छ । काठमाडौं धेरै मतदाता भएको महानगर हो ।

  • काठमाडौं र विराटनगर महानगरपालिकाको मतगणना शुरु

    काठमाडौं र विराटनगर महानगरपालिकाको मतगणना शुरु

    काठमाडौं । प्रतिक्षित काठमाडौं महानगरपालिका र विराटनगर महानगरपालिकाको मतगणना करीव एकै समयमा शुरु भएको छ । काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा शुरु भएको हो । पहिलो चरणमा वडा नं १ र ३२ का बाकस खोलिएको छ । यहाँ केशव स्थापित, बालेन शाह र सिर्जना सिंहबीच कडा टक्कर हुने देखिएको छ ।

  • ललितपुर महानगरमा ११ बजेपछि मतगणना, काठमाडौंमा अझै अन्यौल

    ललितपुर महानगरमा ११ बजेपछि मतगणना, काठमाडौंमा अझै अन्यौल

    काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट शुरु हुने भएको छ । सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । उता, काठमाडौं महानगरपालिकाको मतगणनाको समय भने अझै अन्यौलमा छ । यसअघि बिहान ८ बजेबाट गर्ने भनिएको मतगणना स्वतन्त्र उम्मेदवारहरुको प्रतिनिधि कति जना राख्ने भन्ने विषयमा विवाद हुँदा रोकिएको छ ।

    भरतपुरमा समेत अझै गणना शुरु भइसकेको छैन । बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट कांग्रेसले अग्रता लिएको छ । सुर्खेतको वीरेन्द्रनगर उपमहानगरपालिकामा ११ बजेटबाट मात्र शुरु हुने छ ।

  • अपडेट : कांग्रेस ७६, एमाले ४५ र माओवादी केन्द्रलाई २६ स्थानमा अग्रता

    अपडेट : कांग्रेस ७६, एमाले ४५ र माओवादी केन्द्रलाई २६ स्थानमा अग्रता

    काठमाडौं । देशभर स्थानीय निर्वाचनपछि मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले सीटमा अग्रता लिएको छ । एमालेले पच्छ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । अन्य दलअरुको भने अझै उपस्थिति देखिएको छैन । एकिकृत समाजवादीले ३ स्थानमा अग्रत लिएको छ ।

    यसअघि स्वतन्त्र विजेतासहित एमालेले अहिलेसम्म ३ स्थानीय तहमा विजयी हाँसिल गरि पहिलो स्थानमा छ । समाजवादीले दुई स्थानमा विजयी हाँसिल गरि दोस्रो स्थानमा छ । कांग्रेसले एक स्थानीय तहमा खाता खोलेको छ । अन्य पार्टीले भने अझै स्थानीय तहको प्रमुखमा खाता खोलिसकेका छैनन् ।

  • बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा एमाले विजयी

    बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा एमाले विजयी

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् ।उनले ८४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याएका छन् ।

  • मनाङबाट कांग्रेसले खोल्यो खाता

    मनाङबाट कांग्रेसले खोल्यो खाता

    काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १ सय ५८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्व स्वतन्त्र कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भए । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो ।

    नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मत ल्याएर विजयी भए । वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार लाक्पा छेवाङ लामा विजयी भए । वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार कर्मा ग्याङ्जे लामा र वडा नं. ५ मा सोनाम तेजे लामा निर्विरोध भए ।

  • मुस्ताङबाट एमालेको विजयी शुरुवात

    मुस्ताङबाट एमालेको विजयी शुरुवात

    काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्टले ६ सय ८९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।

    उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत पाइन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । अन्य वडाको नतिजा आउन बाँकि छ ।

    उता, मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । ३ सय २० मत ल्याएका उनले २७९ मत ल्याएका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् ।

    प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । वडाअध्यक्षमा वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भए । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर विजयी भए । वडा नम्बर ५ मा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०÷३० भोट ल्याएका छन् ।

  • स्थानीय तह निर्वाचन : काङ्ग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

    स्थानीय तह निर्वाचन : काङ्ग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना  विभिन्न स्थानमा जारी छ । कतै भने अझै सुरु भइसकेको छैन ।  देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको हो ।

    शनिबार बिहान ७ बजेसम्मको अपडेट अनुसार देशभर कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ ।
    दोस्रोमा स्थानमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।

    एकीकृत समाजवादी, जसपा र अन्यले २-२ स्थानीय तहमा अग्रता लिएको देखिएको छ ।

  • ललितपुर महानगरको मतगणना शनिबारबाट, काठमाडौंमा मध्यरातिबाट

    ललितपुर महानगरको मतगणना शनिबारबाट, काठमाडौंमा मध्यरातिबाट

    काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ । शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ । त्यसपछि मतगणना शुरु हुने छ ।

    सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति भएमा काठमाडौं महानगरपालिकामा भने मतगणना आजै रातिबाट हुनेछ । तर, सवा १० बजेसम्म बैठक बसेको छैन । सबै मतपेटिका आएपछि सर्वदलीय तथा सर्वपक्षीय बैठक पछि मात्र मतगणना हुने छ ।

  • काठमाडौंमा आधा मात्र मत खस्यो, देशभर कति ?

    काठमाडौंमा आधा मात्र मत खस्यो, देशभर कति ?

    काठमाडौं । मुलुकको सबैभन्दा ठूलो (जनसंंख्याका आधारमा) काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्र भोट खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएका कारण मुलुकभर त्यसको असर देखिएको छ । देशभर ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

    धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जाने उनले बताए । उनका अनुसार काठमाडौं महानगरपालिकाको शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै पनि प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको मतदातमा उत्साह भने नदेखिएको हो ।

  • ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

    ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं, तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

    त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’