काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । हुमागाईं यसअघि नेपाल टेलिभिजनको महाप्रवन्धकमा पनि खुला प्रतियोगिताबाट प्रवेश गरेका थिए । उनी अहिले ईमेज च्यानल प्रालिको कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका छन् । अध्यक्षका… Continue reading विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
Category: समाचार
राष्ट्रपतिद्वारा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्। उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ। मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो।… Continue reading राष्ट्रपतिद्वारा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन
रुरु जलविद्युत परियोजनाको प्रिमियम मूल्यमा आइपीओ खुल्यो
काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) प्रिमियम मूल्यमा बिक्री खुल्ला भएको छ । यसमा कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ ल्याएको हो । यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३… Continue reading रुरु जलविद्युत परियोजनाको प्रिमियम मूल्यमा आइपीओ खुल्यो
पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट
काठमाडौं । नेपालमा बसन्त ऋतुमा पर्वतारोहणमा जाने पर्यटक तथा नेपालीको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक पर्वतारोहण हुन लागेको हो । पर्यटन विभागका अनुसार बिहीबार साँझसम्म २० समूहका १ सय ५१ जनाले हिमाल आरोहण अनुमति लिएका छन् । अहिलेसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल… Continue reading पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट
बुढानिलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/७८ मा १४ वटा मुद्दाहरूको न्याय निरूपण गरकाे छ
अमृता के सी ( रोनी )काठमाडौँ, चैत २०/बूढानीलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा मुद्दाहरू उपर न्याय निरूपण गरकाे छ । यी १४ मुद्दाहरू मध्य ८ लाइ मिलापत्रबाट छिनाेफानाे गरिएकाे छ भने ६ वटा मुद्दाहरूलाइ सम्बन्धित वडा कार्यालय र जिल्ला अदालतमा पठाइएकाे छ । नगरपालिकामा दर्ता हुन आएका मुद्दाहरूमा गैर कानुनी निर्माण,मानाचामल,… Continue reading बुढानिलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/७८ मा १४ वटा मुद्दाहरूको न्याय निरूपण गरकाे छ
कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको हो । टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८… Continue reading कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु
नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।… Continue reading नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज
एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ। प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको हो । गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो… Continue reading एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश
घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित
काठमाडौं । नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार… Continue reading घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित
फ्रान्समा एक महिने लकडाउन घोषणा
पेरिस । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा भएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशव्यापी लकडाउन घोषणा गरेका छन् । यो एक महिना कायम रहने भएको छ । कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिएको उनको भनाई छ । म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरे । लकडाउन… Continue reading फ्रान्समा एक महिने लकडाउन घोषणा
संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली… Continue reading संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका मध्ये काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जना रहेका छन् । भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको… Continue reading नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज
संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकार संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेलमा लागेको आरोप लगाएका हुन् । उनले सरकार निर्वाचन गराउन भन्दा पनि संविधान सिध्याउन उद्दत देखिएको बताएका छन् । ‘नेता गुरुङले ताजा जनादेशको… Continue reading संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ
भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी
काठमाडौं । मंगलबार साँझबाट हराइरहेका सात जना किशोरी सम्पर्कमा आएका छन् । उनीहरुलाई भारतबाट उद्धार गरिएको हो । मंगलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिकारकिशोरी अपहरणमा परेको अनुमान थियो। भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति… Continue reading भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी
महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता
महोत्तरी । महोत्तरीमा मंगलबार घरबाट घाँस काट्न निस्किएका ७ जना किशोरी वेपत्ता भएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका ७ जना किशोरी एकै पटक वेपत्ता भएका छन् । उनीहरूको उमेर १० वर्षदेखि १८ वर्षको बीचमा रहेको छ । परिवारलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार वेपत्ता हुनेमा ११ वर्षीया… Continue reading महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता
बढ्यो प्रचण्डको दौडधुप, देउवा र बाबुरामलाई भेटे
काठमाडौं । नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन प्रस्ताव दर्ता गर्न सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजबाट दौडधुप बढाएका छन् । उनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएर फाइनल लडाईको तयारी गरिरहेका प्रचण्डले त्यसमा स्पष्ट निर्णय लिन… Continue reading बढ्यो प्रचण्डको दौडधुप, देउवा र बाबुरामलाई भेटे
‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्। रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, छटपटी लाग्ला तर साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’ सरकारले वृद्धवृद्धालाई हेर्न थालेको सुन्दा… Continue reading ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’
नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३१४० जनाको पीसीआर परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु
कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने
काठमाडौं । कोरोना भाइरसका संक्रमित १० दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षण भएका संक्रमित अस्पताल र नभएका बिरामी घरमा अनिवार्य आइसोलेसनमा बस्नु पर्नेछ । भारतमा अहिले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले यस्तो सर्कुलर जारी गरेको हो । सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या… Continue reading कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने
ललितपुरमा बर्डफ्लू पुष्टी
ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।… Continue reading ललितपुरमा बर्डफ्लू पुष्टी
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन सम्पन्न
अमृता के सी ( रोनी )काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर लायन सञ्जय खेतान प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको महाधिवेशनको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।उक्त कार्यक्रममा जी… Continue reading लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन सम्पन्न
नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३ हजार एक सय २२ जना गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ जना ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार… Continue reading नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख… Continue reading ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन
भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने हुनेछ । केही दिनदेखि… Continue reading भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय
भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ । भ्याक्सिनको औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल… Continue reading भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा
बागलुङ । होली खेल्ने क्रममा बागलुङमा वेपत्ता भएको भनिएका युवा सम्पर्कमा आएका छन् । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार हिंसात्मक झडप भएको थियो । त्यस क्रममा १० जना भन्दा बढी युवा हराएका थिए । स्थानीय संचारमाध्यमहरुका अनुसार हराएका सबै युवा आइतबार राती सम्पर्कमा आएका छन् । आइतबार बल्देधुरीमा… Continue reading बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा
आज तराईमा खेलिँदैछ होली
जनकपुर । आज तराई भेगमा फागु (होली) को उत्सव मनाइदैछ । आइतबार पहाड र हिमालमा मनाइएको होली सोमबार भने तराई तथा मधेसका जिल्लामा मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार पहाडी र हिमाली भेगमा बिदा थियो । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा… Continue reading आज तराईमा खेलिँदैछ होली
होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता
बागलुङ । होली खेल्ने क्रममा बागलुङमा हिंसात्मक झडप भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा दुई जनाको मृत्यु भएको पुष्टी प्रहरीले गरेको छ । अझै १० जना हराएका कारण हताहती बढ्न सक्ने आंशका गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप भएको नेपालको राष्ट्रिय समाचार… Continue reading होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता
२१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कुल २१ सय १ जनामा कोरोना परीक्षण भएको थियो । ९५ जनाले भने संक्रमणलाई जित्न सफल भएका छन् । २४ घण्टाको अवधिमा मृत्यु भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको… Continue reading २१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी
झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका, सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरणपछि भएको हत्याको अभियोगमा थप तीन जना पक्राउ परेका छन् । करीव एक महिनादेखि वेपत्ता झा दम्पत्तिको गत बिहीबार मात्र शव फेला परेको थियो । खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले स्थानीय तारादेवी… Continue reading झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ