म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

REUTERS\BBC

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जारी आन्दोलनका दौरान सैन्य शासकको हर्कतको कडा निन्दा गरेको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले सेनाले गरेको नरसंहारको भने निन्दा गरेको हो । म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले… Continue reading म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

मह जोडीले पाए महामुर्खको उपाधि

जनकपुर । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले महामुर्खको उपाधि पाएका छन् । मिथिला नाट्य परिषद्ले हरेक वर्ष होली पर्वमा यो उपाधि दिने गर्छ । यो वर्षको महामुर्खको उपाधि महजोडीलाई दिइएको हो । आइतबार जानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उपाधि प्रदान गरियो । परिषद्ले यो वर्षको मुर्ख शिरोमणीको उपाधि… Continue reading मह जोडीले पाए महामुर्खको उपाधि

काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

Photo : spotlightnepal

काठमाडौं । आजबाट काठमाडौँ उपत्काका घरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । पहिलो चरणमा उपत्यकाका सीमित ठाउँमा भएपनि परीक्षणका रुपमा पानी पठाउन लागिएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । यसअघि रहेका पोखरीमा पानी भरेर सोही पोखरीमार्फत पानी वितरण गर्न… Continue reading काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको… Continue reading कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ। हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण… Continue reading कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज अन्त्येष्टि भएको छ । मस्तिष्कघातका कारण उनको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए । अन्त्येष्टिपूर्व नेता जोशीको शव श्रद्धाञ्जली दिन निवास याख्याटोल र… Continue reading कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । यसै खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । पहिलो खेल जितिसकेका कारण बंगलादेश आज हारेको अवस्थामा पनि फाइनल पुग्ने छ । नेपाल र कीर्गिस्तानबीच बराबरी नतिजा आएका कारण आज नेपाल दुई गोलभन्दा बढी अन्तरमा पराजित… Continue reading थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

नेता जोशीको निधनपछि आज कांग्रेसको आकस्मिक कार्यसमिति बैठक

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीको निधनपछि आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको हो । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएको थियो । कांग्रेसले राति नै बैठकबारे सूचना सर्कुलर गरेको थियो । नेता जोशीको… Continue reading नेता जोशीको निधनपछि आज कांग्रेसको आकस्मिक कार्यसमिति बैठक

रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार दुखदः निधन भएको छ । मस्तिष्कघात भएका उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८ः२४ मा निधन भएको नर्भिक अस्पतालले पुष्टी गरेको छ । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको अस्पतालले जनाएको छ । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उउनको निधन भएको अस्पतालको… Continue reading रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

मर्निङवाकमा नजानु, घरबाहिर नबस्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । काठमाडौँमा वायु प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गर्दै सचेत रहन आह्वान समेत गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न भनेको छ । मर्निङवाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम समेत नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बालबालिका, दीर्घ रोगी… Continue reading मर्निङवाकमा नजानु, घरबाहिर नबस्नु : स्वास्थ्य मन्त्रालय

तुवाँलोले ढाक्यो काठमाडौं, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौंं उपत्यकाको आकाशमा वायु प्रदूषण ह्वात्तै बढेको छ । शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएका कारण आँखा पोल्ने समस्या समेत देखा परेको छ । देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने… Continue reading तुवाँलोले ढाक्यो काठमाडौं, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको… Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सार्वजनिक यातायातमा कडाइ, भौतिक दुरी र मास्क अनिवार्य

काठमाडौं । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ। सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । त्यस्तै बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने,… Continue reading सार्वजनिक यातायातमा कडाइ, भौतिक दुरी र मास्क अनिवार्य

प्रदेश–१ मन्त्रिपरिषद् : ४ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

काठमाडौं । प्रदेश १ मन्त्रिपरिषद्मा ४ मन्त्री र दूई राज्यमन्त्रीले सपथ लिएका छन् । सरकारका नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् । ग मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ र सामाजिक विकासमन्त्री उषाकला राईलाई नियुक्त गरेका छन् ।यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री र कृषि… Continue reading प्रदेश–१ मन्त्रिपरिषद् : ४ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

बुटवल । म्याग्दीको सदरमुकाम बेनीको पहिचान स्थापित गर्न सफल जनप्रिय गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार उनको ७५ वर्षको उमेरमा बुटवलमा बिहीबार निधन भएको हो । उनको जन्मथलो म्याग्दी भएपनि बसाइ सरी परिवार रुपन्देहीमा बस्दै… Continue reading ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा १०४ जना नयाँ कर्मचारी माग भएको छ । विभागले आज सूचना प्रकाशित गरी योग्य उमेदवारबाट भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको हो । विभागका अनुसार अनुसन्धान अधिकृतको न्यूनतम… Continue reading राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

काठमाडौं । नेकपा एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक आज बस्दैछन् । एमाले नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । अध्यक्ष ओली पक्षीय खेमाले भने आज संसदीय दलको बैठक बोलाएको छ । छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । यो बैठकमा उपत्यकामा उपलब्ध… Continue reading आज एमालेका दुई खेमाका छुट्टाछुट्टै बैठक

नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । नेपालमा लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् । बिहीबार नेपाली संचारमाध्यमहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भएपनि नेपालमा लकडाउन नहुने बताएका हुन् । उनले सरकारले लकडाउन र सीमा नाका बन्द गर्ने पक्षमा नरहेको बताएका छन् । तर, स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कुनै सम्झौता नगरिने उनको भनाई छ… Continue reading नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ । नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै… Continue reading भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

दैलेख । दैलेखमा तीन वर्षिय बालकको आफ्नै आमाले हत्या गरेकी छिन् । घाँटी थिचेर छोराको हत्यापछि आमाले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना दैलेख, डुंगेश्वर गाउँपालिका ३ को हो । स्थानीय २९ वर्षिय हिरा थापाले आत्महत्याको प्रयास गरेको प्रहरीले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर… Continue reading दैलेखमा बालकको हत्यापछि आमाले गरिन् आत्महत्याको प्रयास

ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

काठमाडौं । ओछ्यानबाटै बेपत्ता मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पत्ती गत फागुन १० गते राति वेपत्ता भएका थिए । यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई… Continue reading ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

अमृता के सी ( रोनी )काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गलैँचा (कार्पेट) बनाउने एक महिने तालिम सञ्चालन हुन गईरहेकाे छ। नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे उक्त तालिममा सहभागी हुन ईच्छुक वडा बासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनुपर्नेछ। स्थायी बसोबास भएका र ४० वर्ष भन्दा कम उमेर समुहको व्यक्तिले मात्र आवेदन… Continue reading बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दासढुंगामा ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना आज अपराह्न साढे ४ बजे भएको हो । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार ठोक्किएका हुन् । घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि… Continue reading चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ । कार्यालय थापाथली हाइटस्थित… Continue reading एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा

काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

File Photo

काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९… Continue reading काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना… Continue reading नेपालमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

फाइलफोटो

काठमाडौं । कोभिड-१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कोभिड १९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा निर्देशन दिएको हो। गृहमन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी खुमकान्त आचार्यले चैत ९ गतेकै मितिमा देशका सबै ७७ वटै जिल्ला प्रशासनलाई कोभिडको… Continue reading क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न ७७ जिल्लामा गृहको परिपत्र

नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

file

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ । नेपालमा… Continue reading नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

पक्राउ परेका राना

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका… Continue reading ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो

जिन्दगीमा कहिलेकाहीँ नसोचेको ब्रजपात आइपर्छ । मंगलबार यस्तै परिस्थितिको सामना गर्नु पर्यो बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चौबीस विगाहमा बसोबास गर्ने मन्जु यादवलाई । मंगलबार मन्जुको बसोबास गर्ने घर पूरै जलेर खरानी भयो भने अर्कोतर्फ घर बनाउन भनेर राखेको तीन लाख भारतीय रुपैयाँ पनि घरसँगै खरानी भयो । पैसा र घर जलेसँगै मन्जु… Continue reading आँखै अगाडि खरानि भए सपना: भताभुङ्ग भयो जिन्दगीको गोरेटो