Category: समाचार

  • ‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी

    ‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई कमजोर नसोच्न आग्रह गरेका छन् ।

    गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको भएपछि उनलाइृ कमजोर नठान्न आग्रह गरेका हुन् ।

    ‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि भन्ने डर लागिरहेको थियो। कसले जित्छ हार्छु भन्ने ठूलो होइन। जनताबाट चुनिएका जनप्रतिनिधिबाट शासित हुनुपाउनुपर्छ’ उनले भने।

    केसीले काठमाडौँ महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने जिकिर उनले गरेका हुन्।

    ‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो।

    उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। ‘अरु पार्टीसँग विक्यो भनेर अनर्गल प्रचार गरिएको छ । गणतन्त्र, धर्म निरपेक्षता सिद्धिने र हिजोका उपलब्धी सिद्धिने भएपछि हाम्रै पार्टीले प्रतिगमनका विरुद्धमा गठबन्धन गर्नुपर्छ भनेर आवाज उठाएको हो,’ उनले भने।

    नेता केसीले मेयरमा सिर्जना सिंहले विजयी प्राप्त गरेर काठमाडौं महानगरलाई सुशासन कायम गर्ने विश्वास व्यक्त गरे।

  • ‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह

    ‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह

    काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्।

    गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन्।

    सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।

    ‘पार्टीले मलाई काठमाडौँको मेयरका लागि अघि सारेको छ। यो हामी महिलाको जित भएको छ। सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ।’

    उनले काठमाडौँको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैँ सक्रिय रहने प्रतिवद्धता पनि जनाइन्। सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने पनि बताइन्।

    आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ ।

    काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

    ‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ। घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन्। सिर्जनाले महानगरका ३२ वटै वडामा कोशेलीघर स्थापना गर्ने पनि बताइन्।

  • सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

    सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ।

    न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो।

    मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो।

    जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए।

    नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको केही व्यक्तिको ज्यान लिएको आरोप लागेको छ।

    आलम नक्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुद्ध ३२ वर्ष कैदको माग गरिएको छ। मुद्दाको अन्तिम फैसला बाँकी नै रहेको छ । फैसला नहुन्जेल उनी कारागारमै रहने निश्चित भएको छ।

  • वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

    वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।

    प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

    प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।

    नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ ।

    इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

    भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ ।

    देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

    नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।

  • मंगलबार मध्य रातदेखि  निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस

    मंगलबार मध्य रातदेखि निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिबाटै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई गरेको सिफारिस अनुसार वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म सीमा नाका गराई आवतजावत रोक्नु पर्ने उल्लेख छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको हो । आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ । आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले उल्लेख गरेको छ ।

  • कांग्रेसको काठमाडौंमा चुनावी सभा आज

    कांग्रेसको काठमाडौंमा चुनावी सभा आज

    काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित गरि चुनावी सभा आयोजना गर्दैछ । दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।
    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    काठमाडौं महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने तालिका तोकेको थियो । सोही अनुसार आज काठमाडौंमा सभा गर्न लागिएको हो । यसअघि बिहीबार भरतपुरमा गठबन्धनले सभा आयोजना गरेको थियो ।

  • निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

    निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने

    काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनु पर्ने छैन ।

    शारीरिक अपाङ्गता भएका व्यक्तिले मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउनेछन् । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ। अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

    अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछन्। मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु पर्ने छैन ।

  • स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने

    स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम शुक्रबार सम्पन्न हुने भएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम पुरा भइसकेको छ । मतपत्र शुक्रबारसम्म सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।

    त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

  • केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् ।

    स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा अभिव्यक्ति दिएको विषय सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो । यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो ।

    १५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए । निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

  • ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

    ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

    भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ‘गठबन्धन आवश्यक भएकाले रेणुलाई भोट हाल्न बखेडा ननिकाल्न आग्रह गरेका हुन् ।

    देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।

    देउवाले भने, ‘हाम्रो साथीहरूले पनि पालो पाइहाल्नुहुन्छ नि। पहिला राम्रो काम गर्नुस् न। यस्तो राम्रो काम गर्ने मान्छेलाई समर्थन नगर्दा जनताले के भन्लान्। राम्रो काम गर्नेको विरोध गर्न मिल्दैन। यहाँको साथीहरूले त्यो बुझ्नुपर्यो नि।’

    देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरे ।

    अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि।

  • प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

    प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडा भोट हाल्न गाह्रो मानेको देखियो।

    गठबन्धनलाई १०र१५ बर्ष लाने शेरबहादुरजीसँग सहमति भएको थियो। तर मैले सहज देखिनँ।

    स्थानीय तहको चुनावमा वामपन्थी मिल्दा चुनावमा भोट हाल्ने यही पो ठीक होकि भनेर देउवाजी यहीँ हुनुहुन्छ। मैले भनेर गएको हो। भोट ट्रान्सफर गर्न चितवनका जनतालाई गाह्रो भयो।’

    त्यस्तै हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

    ‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो ।

    त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने

  • प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सिंहलाई काम गर्न बाटो खुला

    प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सिंहलाई काम गर्न बाटो खुला

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।

    पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए। उक्त रिटको पहिलो दिनमै सरकारी पक्ष हस्तक्षेप बहसका लागि पुगेपछि दोहोरो सुनुवाइ भएको हो।

    वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नवनियुक्त आइजिपी सिंहलाई काम गर्न कुनै बाधा नपर्ने भएको छ।

  • ‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल

    ‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले हाम्रो प्रतिद्वन्द्वी भनेर बुझ्न आग्रह गरेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् ।

    ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

    निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

    उनले तालमेल प्रति असन्तुष्ट समूह आफ्नो तर्कको सामना गर्न तयार नभएको पनि बताए। ‘तर्कलाई तर्कको रुपमा सामना गर्न तयार हुनुहुन्न जस्तो लाग्यो,’ बिहीबार बिहान विद्रोही उम्मेदवार जगन्नाथ पौडेलसँग भएको भेटबारे जानकारी दिँदै उनले भने, ‘भावनामा असन्तुष्टि व्यक्त गरेर उत्रेको जस्तो लाग्यो।’

  • निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा

    निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । निर्वाचनमा जाने वा बाहिर बसेर संघर्ष गर्ने भन्ने विवादका बीच अन्ततः पार्टी नै विभाजन भएको हो । १४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई कारवाही गरि निकालेका थिए । बदलामा विद्रोही समूहले बुधबार विप्लव नै पार्टीबाटै निकालेको घोषणा गरेका छन् । चितवनको पर्सामा आयोजित राष्ट्रिय भेलाबाट विप्लवलाई पार्टीबाटै र खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

    विद्रोही समूहले बास्तोलालाई पार्टीको संयोजक तोकेसँगै यो पार्टी विभाजन भएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भने छैन । चैत दोस्रो साता चलेको केन्द्रीय समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अल्पमतमा परेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो । विप्लवले १४ वैशाखमा निकालेको विज्ञप्तिमा नेता वलीमाथि आर्थिक हिनामिनाको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै बास्तोलाले विप्लव नै पैसामा फसेको आरोप लगाएका छन् ।

    विप्लवले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्दै शान्तीपूर्ण राजनीतिमा आएको बताएका थिए । तत्कालीन एकीकृत नेकपा माओवादी ‘संसदीय भासमा फसेको’ आरोप लगाउँदै २०६९ मंसिरमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । यसबेला विप्लव मुख्य भूमिकामा थिए । उनी वैद्यसँग पनि फुटेर ८ मंसिर २०७१ मा उनले आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरेका थिए । उनले २०७३ फागुनमा आठौं महाधिवेशनबाट पार्टीको नाम फेरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे र आफूलाई महासचिव बनाएका थिए ।

  • विश्व बैंकले नेपाललाई दियो  १८ अर्ब भन्दा बढी ऋण

    विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण

    काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

    कोभिड महामारी, जलवायु परिवर्तनजस्ता जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणका आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्‍याउने अर्थ सचिव मरासिनीले बताए । यो रकमले पुँजी, बिमा र प्रकोप जोखिम लगायत सम्बद्ध वित्तीय बजारहरु खोल्न र नविनतम सेवाहरुलाई प्रवर्द्धन गर्न मद्दत गर्ने मरासिनीले बताए । निजी क्षेत्रलाई सहयोग पुर्‍याउने गरी वित्तीय कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

  • दोलखामा भूकम्पको धक्का

    दोलखामा भूकम्पको धक्का

    दोलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्पको महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । १२ वैशाख २०७२ को ठूलो भूकम्पयता हजारौं साना परकम्पहरुको महशुस हुने गरेको छ ।

  • भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

    भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

    भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको डुबानमा परेका छन् । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार चितवन आइसकेका छन् ।

    आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । कांग्रेसका बागि उम्मेदवार जगन्नाथ पौडेलले मेयर पदको प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट विजय सुवेदी उठेका छन् ।

  • बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो ।

    विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको टोली खटिएको थियो । तर, सर्चबाट कुनै पनि वस्तु फेला नपरेपछि विमानस्थल सूचारु गरिएको हो । ठाकुरका अनुसार टेलिफोनमा टर्मिनल भित्र ८ वटा बम राखिएको भन्दै खबर आएको थियो ।

  • विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

    विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

    काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किएका थिए ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनका ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई ७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका ११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।

  • मतदान स्थलमा कोरोना खोप पनि पाइने

    मतदान स्थलमा कोरोना खोप पनि पाइने

    काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन भनेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जानु पर्ने भएको छ ।

    यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेकालाई लक्षित गरि यस्तो व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको मन्त्रालयको भनाई छ । कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । यद्दपी अहिले पनि दैनिक २० हजारको हाराहारीमा खोप वितरण भइरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन् ।

  • जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

    जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।

    दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको बताइएको छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।

  • पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

    पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

    चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

    पालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ ।

  • उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

    उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

    चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

    विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एकीकृत रुपमा नामावली सार्वजनिक गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

    जसमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा ५५ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् । यस्तै ३० जनाले उपमेयर पदमा उम्मेदवारी दिएको आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।

  • भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

    भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनले आगामी बिहीबार संयुक्त चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा गठबन्धनका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचनमा होमिएकी छिन् । उनको मुख्य टक्कर एमाले उम्मेदवारसँग भएपनि कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि गठबन्धन दवावमा आएको छ । यहाँ नेपाली कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।

    चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने भएका छन् । कांग्रेस नेतासमेत रहेका सत्तागठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्ने बताइएको छ । उनीहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने भएका छन् ।

  • काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

    काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र बनारसबीच आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले उडानको उडानको मिति सार्वजनिक गरेको हो । काठमाडौं(बनारस(काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टूर प्याकेज बिक्री गर्छ ।

  • नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

    नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ८६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । संक्रिय संक्रमितको संख्या २१७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

    स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ ।

    आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

    मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाए ।

    शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

    शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । र्‍याप भन्दैमा मनपरी गर्न नपाइने तर्क गर्दै स्थापितले बालेनको र्‍याप गीतले महिलामाथि हिंसा गरेको आरोप लगाए ।

    मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, ‘र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ ? उनको (बालेनको) र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ ।’

    स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।

  • भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

    भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

    काठमाडौं । अभिनेता भुवन केसी र अत्रिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।

    यसअघि नेकपा एमालेमा रहेका केसी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए ।

    त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएका थिए ।

    यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

  • चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

    चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए।


    बाढी पसेको खबरपछि अपराह्न ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको छ । सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएको छ । त्यो घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

  • आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

    काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

    खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो। यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ ।