१६ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल… Continue reading प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
Category: समाचार
सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
१५ भदौ, सिरहा । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान… Continue reading सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी
१५ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी… Continue reading प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट
१५ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उनीहरुबीच अनौपचारिक कुराकानी भएको हो । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको… Continue reading प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट
प्रा डा केसीद्वारा सत्याग्रह सुरु
१५ भदौ, सुदूरपश्चिम । प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आज पत्रकार सम्मेलन गर्दै तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गरे । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्न गरेको… Continue reading प्रा डा केसीद्वारा सत्याग्रह सुरु
पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
१५ भदौ, मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका… Continue reading पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
पेट्रोलियम पदार्थको मूल्य घट्यो
१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरे । साथै उनीहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरे । सो… Continue reading कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व
रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार… Continue reading रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा
मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
१५ भदौ, बारा । यहाँ मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । आज दिउँसो जितपुरसिमरा उपमहानगरपालिका–२… Continue reading मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली
१५ भदौ, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्… Continue reading सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली
गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल
१५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । गौरापर्व, २०८२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि… Continue reading गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल
भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै
१५ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो… Continue reading भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै
देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह
१५ भदौ, काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ… Continue reading देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह
अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
रासस १५ भदौ, मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् । स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार… Continue reading अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत
एजेन्सी१५ भदौ, काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम… Continue reading भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत
लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
१४ भदौ, थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेको छन् । थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा आज यहाँ आइपुगेलगत्तै थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटवार्तामा… Continue reading लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
मौरिटानियामा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
एजेन्सी१४ भदौ, आप्रवासी बोकेको डुङ्गा मौरिटानियाको तटमा दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार एएफपीलाई जानकारी दिएका छन् ।आप्रवासीहरुले मङ्गलबार राति राजधानी नौआक्चोटबाट करिब ८० किलोमिटर उत्तरमा रहेको मौरिटानियाको तटमा दुर्घटना भएको कोस्टगार्डका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए । कोस्ट गार्डको एक गस्ती टोलीले १७ जनालाई उद्धार गर्न सफल भएको अधिकारीहरुले बताएका छन् ।… Continue reading मौरिटानियामा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ भेटवार्ता भएको छ । उनीहरुबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका हुन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको… Continue reading प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्… Continue reading प्रधानमन्त्री चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड
१४ भदौ, काठमाडौं । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ । प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भनिन्, “इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका… Continue reading इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड
रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने
१४ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने क्रेमलिनले शुक्रबार जनाएको छ। क्रेमलिनका सहयोगी युरी उशाकोभले एएफपीलगायत पत्रकारसँग कुरा गर्दै पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार चीनमा हुने क्षेत्रीय शिखर सम्मेलनका अवसरमा पनि भेटवार्ता गर्ने जानकारी दिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमा मस्कोलाई आक्रमण अन्त्य गर्न दबाब दिने… Continue reading रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने
विश्वभर बेपत्ता नागरिकको सङ्ख्या बढ्दै
एजेन्सी१४ भदौ, रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियमहरूप्रतिको घट्दो सम्मानका कारण यो वृद्धि भएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “सुडानदेखि युक्रेनसम्म, सिरियादेखि कोलम्बियासम्म यो प्रवृत्ति स्पष्ट… Continue reading विश्वभर बेपत्ता नागरिकको सङ्ख्या बढ्दै
यस्तो छ आजको मौसम पूर्वानुमान
१४ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
१४ भदौ, चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट छन् । आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द… Continue reading कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
स्वीमिङ पुलमा युवा मृत फेला
१४ भदौ, बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी… Continue reading स्वीमिङ पुलमा युवा मृत फेला
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
१४ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो… Continue reading यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
सुनको मूल्यमा नयाँ कीर्तिमान, २ लाख नाघ्यो
१४ भदौ, काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छ । त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ… Continue reading सुनको मूल्यमा नयाँ कीर्तिमान, २ लाख नाघ्यो
सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी
१३ भदौ, सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छिन् । जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरिन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई… Continue reading सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी
‘तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँ’
१३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ‘ग्रे लिस्ट’मा पर्नु मुलुकका लागि आर्थिक, वित्तीय र कूटनीतिक दृष्टिले हानिकारक भएको स्वीकार गर्दै… Continue reading ‘तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँ’