काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना निद्रामा देख्नुको कुनै औचित्य नहुने बताएका छन् । आफ्नो दल र सरकारले देखेका सपना ब्यूझेकै अवस्थामा देखेको भन्दै उनले यी सपना केवल सपना मात्र सिमित नहुने बताएका हुन । संविधान दिवसको अवसर पारेर मूल समारोह समितिद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलले… Continue reading सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री
Category: समाचार
आज संविधान दिवस, धुमधामले मनाइदै
काठमाडौं । ४ वर्ष अगाडी संविधानसभाबाट जारी भएको संविधानको उत्सवमा आज चौथौ संविधान दिवस मनाइदैछ । सरकारले यस दिनको अवसर पारी सार्वजनिक बिदा दिएको छ । सम्पूर्ण सरकारी कार्यालयहरुले बिहानै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका छन् । नेपालको झण्डा बोकेर विविध कार्यक्रममा कर्मचारीलाई सरिक बनाउने योजना सरकारको छ । घरघरमा दिपावली गर्न र… Continue reading आज संविधान दिवस, धुमधामले मनाइदै
किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
किर्तिपुर एउटा ब्यक्ति सामान्य रुपमा आयो । सर्वसाधारणकै लाईनमा बसेर सामान्य स्वास्थ्य जाँच गरायो । स्वास्थकर्मीले अनुमति दिएपछि बेडमा पल्टियो र रक्तदानको लागि आफ्नो हात सुम्पियो । वरिपरीका व्यक्तिहरुले पछि रगत झिकिसक्दा पो थाहाँ पाए कि उहाँ त कीर्तिपुर नगरपालिकाकै मेयर हुनुहुँदो रहेछ । एक नर्सले कीर्तिपुर नगरपालिकाका मेयरलाई उदृत गर्दै भनें; ‘कति सरल !… Continue reading किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो । अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक… Continue reading संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व्यवस्थापिका संसदमा संबोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो दुई बजे सम्बोधनका लागि प्रधानमन्त्री संसद भवन जाने कार्यक्रम रहेको छ । लामो समय बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री बुधबारदेखि भने सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । संघीय संसदको चालू बजेट अधिवेशन बिहीबार अन्त्य हुने संसद सचिवालयले… Continue reading संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट
काठमाडौं । नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी अग्रिम बुकिंग खुलाएको छ । १ असोजबाट लागु हुने गरी अग्रिम बुकिंग खुला गरेको नेपाल एयरलाइन्सले जनाएको हो । निगमको केन्द्य्रिय कार्यालयस्थित काउन्टरबाट टिकट बुक गर्न सकिने निगममो उल्लेख गरेको छ । निगमसँग आन्तरिक उडानमा ९ वटा जहाज रहेको भएपनि तीन वटा मात्र उड्ने गर्छन् । ती जहाजबाट… Continue reading नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट
संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत
काठमाडौं । संघीय संसद भवनको बुधबार शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गर्दैछन् । सिंहदरबारस्थित पुतली बगैचामा करीव ८ अर्ब रुपैयाँ लागतमा यो भवन बन्न लागेको हो । सहरी विकास मन्त्रालयका अनुसार भवनको पूर्वतयारीको काम सकिएको छ । अब निर्माणले गति लिने छ । सरकारले पुनः एकपटक सरकारी भवनलाई सिंहदरबार भित्रै… Continue reading संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत
भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले पञ्जालाई चुनावचिन्ह रोजेको छ । उक्त पार्टीले पञ्जालाई चुनाव चिन्ह तय गरी निर्वाचनमा आयोगमा मंगलबार दर्ता गरेको हो । आयोगले यस विषयमा निर्णय लिन भने बाँकि रहेको छ । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीको एकताबाट नयाँ पार्टीको जन्म भएको थियो… Continue reading भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’
गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ । त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ । सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी… Continue reading गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए
काठमाडौं । मौसम प्रतिकूल बनेर जहाज उड्न नपाएपछि सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् । वायुसेवा संचालक संघ नेपाल (आयोन)का प्रवक्ता योगराज कँडेल शर्माका अनुसार मंगलबार पर्यटक लिएर लुक्लाबाट काठमाडौं उडेका हेलिकोप्टरसमेत काठमाडौंको मौसम प्रतिकुल बनेपछि बाटोमै अलपत्र परेका छन् । मंगलबार बिहानै लुक्लाको मौसम केही खुलेपछि ११ हेलिकोप्टरले काठमाडौंका लागि… Continue reading लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए
अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि
अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ । त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका… Continue reading अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि
संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी
काठमाडौं । २ असोजमा देशभरका सरकारी अस्पतालमा निःशूल्क ओपीडी सेवा उपलब्ध हुने भएको छ । ३ असोजमा भव्यताका साथ संविधान दिवस मनाउने तयारी सरकारको छ । सोही क्रममा अस्पतालहरुमा एक दिनका लागि ओपीडी निःशूल्क गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण हुने जानकारी… Continue reading संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी
५ महिनामा विपद्ले लियो २७१ को ज्यान
काठमाडौं । प्राकृतिक विपत्तिमा परी ५ महिनाको अवधिमा २ सय ७१ जना मानिसले ज्यान गुमाउन बाध्य भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख २०७६ यता प्राकृतिक विपत्तका कारण ति मानिसको ज्यान गएको हो । यसबीचमा ६ सय ४६ जना मानिस घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बाढी पहिरोले नेपालीको ज्यान लिएको… Continue reading ५ महिनामा विपद्ले लियो २७१ को ज्यान
शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न
न्यूयोर्क/अमेरिका शेर्पा किदुगको २३ औं खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड शेर्पा एसोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसै अन्तरगत दुई साता अघि ग्रीष्मकालीन खेलकूद प्रतियोगिता सम्पन्न भएको हो । बिभिन्न खेलमा भएको प्रतियोगितामा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात पारेको थियो । भने तमु समाज न्युयोर्क दोश्रो भएको थियो… Continue reading शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न
शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई
न्यूयोर्क/अमेरिका शेर्पा किदुगको आयोजनामा ज्याक्सन हाइट वरपर सरसफाई गरिएको छ । नेपालीे लगायत दक्षिण एसियाली मुलकका आप्रवासीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट वरपरका सडक असाध्यै फोहोर भएकाले गत वर्षदेखि किदुगले सरसफाई कार्यक्रम गर्दै आएको हो । गत शनिबार गरिएको सरसफाई कार्यक्रममा क्विन्स बोरोका डिस्ट्रिक २५ का काउन्सिलम्यान ड्यानियल ड्रोम, क्विन्सबोरोका काउन्सिलमेम्बर कोष्टा कन्स्ट्यानटिनिडिस र न्यूयोर्क… Continue reading शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई
भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?
काठमाडौं । भदौं पहिलो साता सिल्क एयरको जहाज चढेर त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने क्रममा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई असामान्य व्यवहार देखाएको भन्दै पाइलटले जहाजबाट पठाए । उक्त दिन भट्ट र उनका एक सहयोगीले मात्र जहाजमा असामान्य व्यवहार देखाएका थिए, दुबैजनालाई जहाज बाहिर निकालियो र प्लेन उड्यो । शनिबार एक भीड नेपालगन्ज विमानस्थलमा… Continue reading भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?
दिल्लीमा दोहोरिने भो जोर बिजोर
भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा… Continue reading दिल्लीमा दोहोरिने भो जोर बिजोर
म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग
भदौ २९, काठमाडौं म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवाखोला नजिक अज्ञात समुहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो । देश निर्माणमा… Continue reading म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग
दशैंको मुखमै फेरी शुरु भयो वर्षा
काठमाडौं । नेपालको अधिकांश भूभागमा वर्षा शुरु भएको छ । यसपटक छिटो दशैं परेका कारण वर्षातले बाटो अझै बढी नराम्रोसँग प्रभावित हुने देखिएको छ । बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा केही देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । अहिले… Continue reading दशैंको मुखमै फेरी शुरु भयो वर्षा
नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा अभद्र व्यवहार भएको छ । जहाजमा ढिला आएको भन्दै केही व्यक्तिले उनीमाथि गालिगलौज गर्दै भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाएका छन् । उनीहरुको दावि मन्त्रीले १ घण्टा विमान कुराएको रहेको छ । यूट्यूवमा आफू राजवादी भएको भन्दै चर्चा कमाएका ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराई… Continue reading नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान
तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही
काठमाडौं । नेपाल तरुण दलको विवाद छताछुल्ल भएको छ । शनिबार अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई कारवाही गरेको विज्ञप्ती सार्वजनिक गरेसँगै तरुण दल भित्रको विवाद सतहमा आएको हो । दुबै नेताले शनिबार एकले अर्कालाई पदबाट बर्खास्त गरेको वक्तव्य सार्वजनिक गरेका छन् । अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी… Continue reading तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही
आजबाट सोह्र श्राद्ध शुरु
काठमाडौं । शनिबारबाट हिन्दु धर्मावलम्बीहरुले पितृको सेवामा सोह्र श्राद्ध मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र श्राद्ध गरिन्छ । शनिबार पहिलो दिन प्रतिपदा तिथिमा पर्ने श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने पञ्चांक निर्णायक समितिले जानकारी दिएको छ । सोहीकारण शनिबार बाटै सोह्रश्राद्धको काम प्रारम्भ… Continue reading आजबाट सोह्र श्राद्ध शुरु
संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै
न्युयोर्क अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ । उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय जनालाई देशभर आयोजित हुने ३१६ सपथ कार्यक्रम स्थलबाट नागरिकता बितरण गरिन लागिएको हो । … Continue reading संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै
बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’
न्यूयोर्क/अमेरिका प्रतिष्ठित ब्यवसायी तथा साहित्यकार बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ अन्तरगत १९ औं श्रृंखला न्यूयोर्कमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको कार्यक्रममा गत बुधबार साँझ चौधरीले आफ्ना काब्यकृति बाचन गरेर सुनाएका थिए । कार्यक्रममा नेपाली, नेवारी, तामाङ, हिन्दी, अंग्रेजी, बंगाली, मैथिली, भोजपुरी, मारवाडी भाषामा लेखिएकोे कबिता संग्रह ‘बसन्त’ को… Continue reading बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’
गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो
काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ । बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई… Continue reading गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो
आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा
काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ । उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ । सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ… Continue reading आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा
फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो
काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ । यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो । नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको… Continue reading फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो
कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण
काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा नेकपा कार्यक्रताले आक्रमण गरेका छन् । बाँकेको सीतापुरमा प्रतिपक्षी नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ । घटनामा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको बताइएको छ । अन्य कार्यक्रतासमेत घाइते भएका छन् । नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पारेर देशव्यापी… Continue reading कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण
जोशीले गरे १ करोड सहयोग
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघलाई १ करोड सहयोग गरेका छन् । संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका हुन् । उनको सो आह्वान सँगैं क्षेत्रीय संयोजक जोशीले सहयोग गरेका हुन् । उनी आउँदो सम्मेलनमा सचिव पदका आंकाक्षी समेत… Continue reading जोशीले गरे १ करोड सहयोग
त्रिदेशिय ट्राभल शो नेपालमा
काठमाडौं । नेपाल इण्डिया चाइना एक्स्पो (नाइस) नेपालमा आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । भारत, चीन र नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागितामा हुने यस शोले भ्रमण वर्ष सफल बनाउन ठूलो भूमिका खेल्ने पाटा नेपाल च्याप्टरले… Continue reading त्रिदेशिय ट्राभल शो नेपालमा